site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
निधिले कांग्रेस सभापतिमा उमेदवारीको तयारी गरेकै हुन् ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका विश्वासपात्र हुन् उपसभापति विमलेन्द्र निधि । अघिल्लो साता उनै विश्वासपात्र निधि देउवा निवास बूढानिलकण्ठ पुगेर आफू आगामी महाधिवेशनमा सभापति पदका लागि उमेदवारी दिने तयारीमा रहेको बताएपछि देउवा झस्किए ।

देउवालाई मात्रै होइन निधिले कांग्रेस नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायतका नेताहरुलाई आगामी महाधिवेशनमा आफूलाई सहयोग गर्न आग्रह गरेका छन् ।

तर निधिले आफूले गरेको आग्रह सार्वजनिक गरिसकेका छैनन् । उनले आफू सहमतिमा सभापति चयनका लागि दौडधुपमा रहेको बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सभापति देउवाका विश्वासपात्र निधिले उनलाई निवासमै भेटेर र वरिष्ठ नेता पौडेललाई टेलिफोन गरेर आशन्न महाधिवेशनमा आफूलाई सभापति पदमा सघाउन आग्रह गरेपछि कांग्रेसको आन्तरिक राजनीति एकाएक गर्माएको हो ।

आगामी फागुन ७ गतेका लागि निर्धारित महाधिवेशनलाई केन्द्रित गरेर संस्थापनइतरका नेताहरुले सभापति देउवाविरुद्ध गरेको मोर्चाबन्दीका कारण गर्माएको कांग्रेस राजनीति उपसभापति निधिको सभापतिमा उठ्ने आन्तरिक तयारीले थप चर्चामा आएको छ ।

Global Ime bank

गत शुक्रबार सभापति देउवासँग बूढानीलकण्ठमा भएको भेटमा उपसभापति निधिले १४ औं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन आवश्यकता देखिएको भन्दै आफूलाई सघाउन आग्रह गरेका थिए । जवाफमा सभापति देउवाले उनलाई १४ औं महाधिवेशनमा आफूलाई सघाउन र १५ औं महाधिवेशनका लागि सभापति पदको तयारी गर्न सुझाएका थिए ।

उपसभापति निधिले देउवाकै सहयोगमा आफू आशन्न महाधिवेशनमा सभापति पदको उमेदवारीको तयारीमा लागेको भन्दै देउवालाई जसरी पनि सघाउन आग्रह गरेका थिए ।  उनले १३ औं महाधिवेशनमा आफूलाई दिएको ‘वचन’ पनि भेटमा स्मरण गराएको कुरा सार्वजनिक भएको थियो ।

यद्यपि, निधिले केही सञ्चार माध्यमहरुसँगको कुराकानीमा आफूले पार्टीको आगामी नेतृत्व चयनका लागि सहमतिको प्रयास गरेको प्रतिक्रिया दिएका छन् । कांग्रेसलाई बलियो शक्तिका रूपमा अगाडि बढाउने सोच बनाएर आगामी नेतृत्व सहमतिमा चयन हुनुपर्ने उनले आशय व्यक्त गरिरहेका छन् ।
अहिलेको नेतृत्व र सम्भावित नेतृत्वका बीचबाट जसका नाममा सहमति भए पनि आफूलाई कुनै आपत्ति नहुने उपसभापति निधिको भनाइ देखिएको छ । 

सहमतिबाट नेतृत्व चयन गर्न सके कांग्रेसमाथि जनताको विश्वास बढ्ने भएकाले सहमतिबाट नेतृत्व चयनका लागि सबैले तयारी गर्नुपर्ने पक्षमा उनी देखिएका छन् ।

निधिले उमेदवारी दिए कांग्रेसमा उथलपुथल

उपसभापति निधिले आगामी महाधिवेशनमा सभापति पदमा उमेदवारी दिने विषयमा औपचारिक घोषणा भने गरेका छैनन् । पछिल्लो केही महिनादेखि गरेको तयारी हेर्दा उनी आगामी फागुन ७ मा हुने भनिएको महाधिवेशनमा उमेदवारी दिने मनस्थितिमा रहेका कांग्रेसभित्रै अड्कलहरु लगाउन थालिएको छ ।

“निधिजीको उठ्नैका लागि तयारी जस्तो देखिएको छ । उहाँले केही समय अघिबाटै निरन्तर भेटहरु गर्नुभएको छ । भेट्ने सबैलाई उठ्छु, सहयोग गर्नुस् भन्नुभएकै छ,” एक केन्द्रीय सदस्यले भने ।  निधिले गरेको तयारी र ती केन्द्रीय सदस्यले गरेको दाबी झैँ उनले आशन्न महाधिवेशनमा सभापति पदका लागि उमेदवारी दिए कांग्रेसमा संस्थापन समूह कमजोर हुने देखिन्छ ।

उनले संस्थापन क्याम्पमा विद्रोह गरेर सभापति पदमा उमेदवारी दिए वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा रहेको समूह पनि फुट्ने इतर समूहकै नेताहरुको बुझाइ छ । 

निधिले उमेदवारी दिए उनलाई कमजोर उमेदवारका रुपमा आंकलन गरेर पौडेल समूहका आकांक्षीहरु पनि चुनावी मैदानमा होमिने सम्भावना रहने संस्थापन इतर समूहमा रहेका एक केन्द्रीय सदस्यको भनाइ छ ।

“निधि उठ्नुभएन भने देउवाको शक्ति यथावत रहन्छ, उहाँ उठ्नुभयो भने उथलपुथल हुन्छ । निधिले विद्रोह गरे पौडेल समूह पनि फुट्छ,” पहिलो चरणको चुनावमा दोस्रो भएर दोस्रो चरणको निर्वाचनमा देउवासँग प्रतिष्पर्धाका लागि पौडेल समूहका आकांक्षीहरुले योजना बनाउने ती नेताको भनाइ छ । उनले भने, “पहिलो चरणको चुनावबाट दोस्रो हुन धेरै आकांक्षी मैदानमा आउँछन् ।”  

उपसभापति निधिले सभापति पदको उमेदवारीका लागि आप्mनो क्याम्पमा विद्रोह नगरे इतर समूहमा मिलेरै अगाडि बढ्ने कसरत हुने उनको बुझाइ छ । 

“फुटेनन् भने यता मिल्ने कसरत हुन्छ, मिल्नका लागि पनि आकांक्षीहरुमा दबाब बढ्छ । फुटे मिल्ने कसरत हुँदैन । आफू–आफू लड्छन्,” संस्थापन इतर केन्द्रीय सदस्यले भने ।

संस्थापनइतर समूहमा वरिष्ठ नेता पौडेलसँगै महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, डा. शेखर कोइरालालगायतका नेताहरुले सभापति पदको उमेदवारका रुपमा आकांक्षा राख्दै आएका छन् ।

उनीहरु आशन्न महाधिवेशनमा जसरी पनि सभापति देउवालाई पराजित गर्नुपर्ने भन्दै आन्तरिक रणनीतिमा छन् । सभापति देउवाबाट पार्टी सञ्चालन नहुने निष्कर्ष निकालेर संस्थापनइतर समूह १४ औं महाधिवेशनमा उनीविरुद्ध घेराबन्दी गर्ने दाउमा लागेको छ ।

सोही रणनीतिअनुसार वरिष्ठ नेता पौडेलको समूहमा सभापति पदका झण्डै एक दर्जन आकांक्षी भए पनि कसैले पनि सार्वजनिक रुपमा उमेदवारका रुपमा दाबी गरेका छैनन् । 

पौडेलनिकट स्रोतका अनुसार उनीहरुका बीचमा अहिलेनै कसैले पनि सभापतिका लागि एक्लाएक्लै उमेदवारी घोषणा नगर्ने आन्तरिक सहमति बनेको छ ।

संस्थापनइतर समूहमा रहेका केन्द्रीय सदस्य प्रकाशमान सिंहले आफूहरु देउवाविरुद्ध प्रभावशाली टिम बनाउनका लागि आन्तरिक गृहकार्यमा लागेका बताएका छन् । “हाम्रो चाहना भनेको दुई जनामात्रै हुनुपर्छ भन्ने हो । हाम्रो वर्कआउट पनि शेरबहादुर देउवाविरुद्ध एउटा इफेक्टिभ टिम बनाउन पर्छ भनेर भइरहेको छ,” उनले केही समयअघि बाह्रखरीसँगको अन्तवार्तामा भनेका थिए ।

सिंहले वर्तमान सभापति देउवाबाट अगामी दिन पार्टी सञ्चालन नहुने निष्कर्षमा पुगेका सवै नेताहरु एक ठाउँमा उभिएर आगामी महाधिवेशनमा होमिनुपर्नेमा पनि जोड दिए ।  १३ औं महाधिवेशनबाट कांग्रेसमा तेस्रो समूहका रुपमा उपाएका नेता कृष्णप्रसाद सिटौला पनि सभापति देउवाबाट पार्टी चल्न नसक्ने भन्दै उनीविरुद्ध सवै एक ठाउँमा उभिनुपर्ने पक्षमा देखिएका नेता सिंहको भनाइ छ ।

“शेरबहादुरजीबाट अब यो पार्टी चल्दैन भन्ने जो–जो साथीहरु हुनुहुन्छ हामी सवै एक ठाउँमा बस्नुपर्छ,” उनले भने, “सिटौलाजीले पनि शेरबहादुरजीबाट पार्टी चल्दैन भनिसक्नुभएको छ । हामी एक ठाउँमै बसिराख्छौं ।”

वरिष्ठ नेता पौडेलले पनि साउन १५ गते आफूनिकटका एक दर्जन बढी नेताहरु साथमा राखेर पत्रकार सम्मेलनमार्फत् सभापति देउवाविरुद्ध इतर समूह मोर्चाबन्दीमा लागेको सन्देश दिएका थिए ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा आप्mनो समूहका सभापतिका आकांक्षीहरुलाई दायाँबायाँ राखेर उनले आफूहरु महाधिवेशनसम्म एक भएर जाने दाबीसमेत गरेका थिए ।

पत्रकार सम्मेलनमा नेता पौडेलले भनेका थिए, “महाधिवेशनसम्म हामी एक भएर जान्छौं । पत्रकार सम्मेलननै गरेर उमेदवारी घोषणा गर्छौं । महाधिवेशनपछि नेपाली कांग्रेसमा कुनै गुट हुँदैन । १४ औं महाधिवेशनले पार्टीमा गुटको अन्त्य गर्छ ।” 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १, २०७७  १५:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC