site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इरोम शर्मीला : वचनकी पक्का तर जिद्दीवाल
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
एक्काइसौं शताब्दी नलाग्दैदेखि उनको इच्छाविपरीत नाकबाट खाना खुवाएर बचाइएकी मणिपुरकी विख्यात अधिकारकर्मी इरोम चानु शर्मिलाले मंगलबार इम्फालको एउटा अदालतमा अनशन भंग गर्ने भएकी छन् । सशस्त्र फौजलाई दिइएको विशेषअधिकार अन्त्य गर्न सम्बन्धित ऐन खारेजीको माग गर्दै विगत १६ वर्षदेखि शर्मिला अनशनमा छिन् । उनको मागको सुनुवाइ नभएपछि राजनीतिक मञ्चबाटै ऐन खारेजीको प्रयास गर्न उनी राजनीतिमा संलग्न हुन अनशन त्याग गर्ने मानसिकतामा पुगेकी दी टाइम्स अफ इन्डियाले सोमबार साँझ जनाएको छ । 
 
इरोम चानु शर्मिलाका बारेमा बीबीसी हिन्दीमा बन्दनाले लेखेकी आलेखमा उनको व्यक्तित्वको राम्रो चित्रण गरिएको छ ।
भारतको मणिपुर भन्ने जिल्लामा दिउँसो जतिखेर पनि तपाइँ कसैसित पहिलो पटक भेट्नुहुन्छ । सुरुमै तँपाई कस्तो हुनुहुन्छ, भनेर सोध्नुहुन्न र ?
मणिपुरको राजधानी इंफालको बीचतिरकोे एउटा अस्पताल शर्मिला एक दशकभन्दा पनि बढी समयदेखि राखिएकी छन् । यो अस्पताल नै अहिले उनको घरजस्तो बनेकोे छ । शर्मिलाको आफ्नै घर भने अस्पतालबाट एक किलोमिटर पर छ । त्यहाँ उनकी आमा, भाइ र अरु आफन्त बस्छन् । तर गएको १६ वर्षदेखि भोक हड्तालमा रहेकी शर्मिलाले यसबीच अस्पताल र घरको बीचको एक किलोमिटरको दूरी पार गर्ने प्रयास गरिनन् । 
प्रत्येक १५ दिनमा शर्मिलालाई इंफाल को जवाहरलाल नेहरु इन्स्टिच्युटको मेडिकल साइन्सबाट अदालत लगिन्छ । उनलाई अस्पतालबाट अदालत लैजाने गाडी उनकै घर अगाडिको सडकबाट जान्छ । शर्मिलाकी आमा र अन्य परिवार आउनेजाउने बाटो पनि त्यही नै हो । 
विगत १६ वर्षदेखि अस्पतालको चौघेरामा जीवनलाई सीमित बनाएकी शर्मिलाले कुनै खानेकुराको स्वाद पनि चाखेकी छैनन् । कतिसम्म भने झुक्किएर पनि ओठमा नपरोस् भनेर दाँत पनि कपासले पुछ्ने गरेकी छिन् र ऐनासमेत हेर्दिनन् । 
उनको जीवन पहिले भने यस्तो थिएन । 
शर्मिला मणिपुरको सामान्य परिवारमा जन्मिएकी सामान्य युवती थिइन् । विद्यालयको पढाइमा मन नजाने कारणले उनले १२ कक्षासम्मको मात्र अध्ययन गरिन् । शर्मिला सानैदेखि कविता लेख्न मन पराउँथिन् र कहिले काहीँ स्थानीय अखबारमा लेख्ने पनि गर्थिन् । 
त्यसै समयमा उनी मानव अधिकारसम्बन्धी एउटा संगठनमा जोडिइन् । शर्मिलाको जीवन यसरी सामान्य किसिमले चलिरहेको थियो । मानव अधिकारवादी कार्यकर्ता बब्लु लाइटांगबमले शर्मिलालाई आमरण अनशनमा बस्नुभन्दा पहिलेदेखि नै चिन्थे ।  “उनी भोलेन्टियरको रूपमा देशका विभिन्न ठाउँमा हुने मानव अधिकार संगठनको बैठकमा आउँथिन् र चुपचाप बसिरहन्थिन्,” बब्लुले भने,  “एकजना  पत्रकारले एक दिन मसँग सोधेका थिए । यी युवती कुनै बाहिरी मुलुकको एजेन्ट त होइन नि ? शर्मिला हरेक बैठकमा उपस्थित हुन्थिन् ।”
त्यसपछि २ नोभेम्बर २००० मा एउटा घटना भयो जसले शर्मिलाको जीवन सँधैका बदलिदियो । 
भारतको पूर्व उत्तर राज्यमा पत्रकारिता गरिरहेका किशलय भट्टचार्य पनि शर्मिलालाई सम्झँदै भन्छन्– मणिपुरमा पहिलेदेखि नै सशस्त्र बल विशेषाधिकार अधिनियम लागेको थियो । त्यसै समय सन् २००० मा इम्फालको नजिकै मालोम भन्ने गाउँमा सैनिकहरूको गोलीलागेर १० जना नागरिक मारिएका थिए । मर्नेहरूमा कोही पनि शर्मिलाका आफन्त त थिएनन् तर उनले आफ्नो मनमनै फैसला गरिन् र कसैलाई केही पनि भनिनन् । आमाको नजिक गइन् र भनिन्, आमा म एउटा महत्वपूर्ण काममा जाँदैछु । मलाई आशीर्वाद दिनुहोस् । त्यसपछि उनी आमरण अनशनमा बसिन् ।
भट्टचार्य भन्छन्– त्यतिखेर मालोम गाउँका कोही पनि शर्मिला आमरण अनशनमा बसुन् भन्ने चाहँदैन थिए । उनीहरूलाई यही कारणले राज्यको कोपभाजन होइने पो हो कि भनेर उनीहरू डराएका थिए ।  शर्मिलाले सशस्त्र फौजसम्बन्धी कानुन नहटाउन्जेल आमरण अनशन नतोड्ने फैसला गरेकी त परिवारजनले समेत पछिमात्र थाहा पाए । आमरण अनसनका बस्दा उनी २८ बर्षकी थिइन् । जतिखेर न कुनै खास मिडिया थियो न त जनसमर्थन थियो, उनका पक्षमा । अनशन बसेको तीन चार वर्षपछि मात्र मानिसहरूले शर्मिलाका बारेमा चासो राख्न थाले ।
आमरण अनशन लामो हुँदै गएपछि प्रहरीले आत्महत्याको प्रयास गरेको आरोपमा उनलाई पटकपटक हिरासतमा लियो । त्यसपछि उनको हरेक १५ दिनमा अस्पतालको वार्डबाट अदालतको चक्कर लगाउने क्रम सुरु भयो । हरेक पटक न्यायाधीशको एउटै प्रश्न हुन्छ के तपाईँ अनशन तोड्नुहुन्न ?  र, शर्मिलाको पनि एउटै उत्तर हुनेगथ्र्याे – तोड्दिन । यसरी नै बितेका थिए यी १६ वर्ष । 
उनको रिहाइ र गिरफ्तारीका बीचमा थोरै मानिसलाई मात्र उनीसँग भेट्न दिइन्थ्यो । शर्मिलालाई भेट्नेमध्येकी एक जना उनकै बारेमा पुस्तक लेख्ने दिप्ति प्रिया मेहरोत्राले धेरैपटक शर्मिलासँग भेट गर्ने मौका पाइन । मेहरोत्रा भन्छिन्, “म उनलाई भेट्न एकपटक इम्फाल गएको थिएँ । उनले मलाई भनिन् मणिपुरको भाजी खानुभएको छ ? एक दिन म आफ्नै हातले बनाएर खुवाउँछु । मलाई पकाउन मन पर्छ । 
वर्षाैदेखि केही नचाखेको मान्छे स्वादको कुरा गर्ने ! 
पत्रकार चित्रा शर्मिलाको व्यक्तित्वको वर्णनमा भन्छिन् – नरम मुटु तर बोलीको पक्का भएकी महिला । हो कहिले काहीँ अली अली जिद्दी लाग्छ ।
यसैगरी किशलय भट्टचार्य शर्मिलालाई भेट्न जाँदा शर्मिलाले हरेक पटक उनलाई एउटै कुरा भन्ने गर्थिन् । “म मान्छेको सामू भगवान बन्न चाहेकी होइन । म सामान्य जीवन जिउन चाहन्छु, सामान्य खाना खान चाहन्छु, माया गर्न र माया पाउन चाहन्छु ।” 
यो १६ वर्षमा शर्मिलाले दुनियाबाट, मान्छेबाट एक प्रकारको सम्बन्ध तोडिन्, त्यहीं अर्कोतिर उनको जीवनमा अरु कसैले माया पनि दियो ।
जसरी इरोम शर्मिलाले अचानक एक दिन सबै छोडेर आमरण अनशनमा बस्ने निर्णय गरिन् । त्यसैगरी पछिल्लो महिना शर्मिलाले सबैलाई अचम्मित पार्दै अदालतको अगाडि सबैलाई उनले भनिन् कि उनी अब आमरण अनसन तोडेर राजनीतिमा जाँदैछिन् र विवाह पनि गर्दै छिन् । 
मणिपुरमा शर्मिलाले गरेको यो निर्णयको विरोध पनि भइरहेको छ । 
यति लामो आमरण अनशन तोड्ने फैसला मात्रे हैन, अरु कयौँ कुराहरु शर्मिलाको मनमा पनि होला । 
हामीले सुनेका छौं कि उनलाई कविता लेख्ने ठूलो सोख छ  । बितेको १६ बर्षमा धेरै कल्पनाहरू, भावनहरूलाई शर्मिलाले कवितामा उतारेकी छिन् । 
इम्फलमा साँझ जतिखेर म अस्पतालमा शर्मिलाको कोठाको केही पर उभिरहेको थिएँ । धेरै बेर सम्म सोचिरहें कि १६ बर्षमा उनले लेखेकी यही कविताहरुमा सायद उनको जीवनमा जोडिएका अनेकौं प्रश्नका उत्तरहरू पनि होलान्........ र १६ बर्षका नभनिएका र नसुनीएका कुराहरू पनि । 
बन्दना/बीबीसी हिन्दीबाट अनुदित  
 
 
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २५, २०७३  ११:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC