site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बार्सिलोनाको पोस्टमा बायर्नको ८ गोल 
Sarbottam CementSarbottam Cement

एजेन्सी । जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिख यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा स्पेनिस क्लब बार्सिलोनालाई ८-२ गोलको फराकिलो अन्तरले पराजित गर्दै बायर्न च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो ।

पोर्चुगलको लिस्बनस्थित स्टाडिओ डा लुजमा भएको खेलमा बायर्नलाई जित दिलाउन थोमस मुलर र फिलिप्पे काउटिन्होले दुई/दुई गोल गरे । त्यस्तै इभान पेरिसिक, सर्जे नाब्री, जोसुआ किमिच र रोबर्ट लेवान्डोवस्किले एक/एक गोल गरे । बार्सिलोनाका लागि लुइस सुआरेजले एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

खेलको चौथो मिनेटमा नै बायर्नले अग्रता लिएको थियो । रोबर्ट लेवन्डोवस्किको पासमा मुलरले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेट नबित्दै डेभिड अल्बाले आत्मघाती गोल गरेपछि खेल १-१ को बराबरीमा आएको थियो ।

२१ औं मिनेटमा पेरिसिकले गोल गर्दै बायर्नलाई पुनः अग्रता दिलाए । उनले नाब्रीको पासमा गोल गर्दै २-१ को अग्रता दिलाए । २७ औं मिनेटमा नाब्रीले गोल गर्दै बायर्नलाई ३-१ गोलले अगाडि बढाए । ३१ औं मिनेटमा मुलरले व्यक्तिगत दोस्रो गोल गरे । उनले जोसुआ किमिचको क्रसमा गोल गर्दै बायर्नलाई पहिलो हाफमा ४-१ गोलको अग्रता दिलाए ।

Global Ime bank

खेलको ५७ औं मिनेटमा जोर्डी अल्बाको पासमा सुआरेजले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर ६३ औं मिनेटमा अल्फोन्सोको क्रसमा किमिचले गोल गर्दै बायर्नलाई ५-२ गोलले अगाडि बढाए ।

७५ औं मिनेटमा मौदान प्रवेश गरेका काउटिन्होले दुई गोल र एक असिस्ट गरेका थिए । ८२ औं मिनेटमा लेवान्डोवस्किको गोलमा असिस्ट गरेका थिए । त्यस्तै ८५ औं र ८९ औं मिनेटमा व्यक्तिगत दुई गोल गर्दै बायर्नलाई ८-२ गोलको फराकिलो जित दिलाएका थिए ।

अब बायर्नले सेमिफाइनलमा प्रीमियर लिग क्लब म्यानचेस्टेर सिटी र फ्रेन्च क्लब लियोनबीचको विजेतासँग खेल्ने छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ३१, २०७७  ०६:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC