site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
५० प्रतिशत कम फल्यो जुम्ली स्याउ
Ghorahi CementGhorahi Cement

जुम्ला । गत वर्ष १२ हजार मेट्रिक टन स्याउ फलेको जुम्लामा यस वर्ष ५० प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको छ । स्याउबाटै समृद्ध बनेका जुम्लाका किसान यस वर्ष नफलेपछि चिन्तित छन् । 

वर्षभरि दुःख गर्दा पनि स्याउ नफल्दा १० जनाको परिवार कसरी पाल्ने भन्ने पिरलो हुन थालेको तिला गाउँपालिका – १ राराका स्याउ किसान महेन्द्र बुढाले बताए । 

Agni Group

कृषि विकास कार्यालयका जुम्लाका अनुसार जिल्लाका १६ हजार घरपरिवारले स्याउखेती गर्दै आएका छन् । 

स्याउ रोपिएको जमीनमा  अन्न उत्पादन हुँदैन । 

Global Ime bank

“यस पटक न किसानसँग स्याउ छ, न त खाने अन्न ।  असिना पानी, खडेरी र कालो तुषारोले स्याउ सखाप पारिदियो”, वरिष्ठ स्याउ किसान रामसिंह रावलले भने ।

गत वर्ष जिल्लामा स्याउबाटै रु ३४ करोड आम्दानी भएकामा यस वर्ष असिनापानी र कालो तुषारोले ५० प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए । 

पाँच वर्ष अघिदेखि स्याउको बीमा सुरु भए पनि जिल्लाभर एक हजार २४७ जनाले मात्रै स्याउको बीमा गरेको शिखर बिमा कम्पनी शाखा जुम्लाले जनाएको छ । - रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ३१, २०७७  ०४:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC