site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एक लाखभन्दा बढी चालक अनुमतिपत्र वितरण गर्न बाँकी
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै एक लाखभन्दा बढी चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहेको छ । 

कार्यालयमा भीड भएको भन्दै अनुमतिपत्र वितरण हाललाई स्थगित गरिएको जनाएको छ । कार्यालयले विभागबाट छापिएर आएका धेरै अनुमतिपत्र वितरण गर्न बाँकी रहेका जानकारी दिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सरकारले गत चैतदेखि जारी बन्दाबन्दी असारदेखि खुल्ला गरेपछि कार्यालयले असार र साउनको दोस्रो सातासम्म अनुमतिपत्र वितरण गरेको थियो । 

बन्दाबन्दीपछि झण्डै ४० हजार अनुमतिपत्र वितरण गरिएको कार्यालय प्रमुख डम्बरबहादुर कार्कीले बताए । कार्यालयमा दूरी कायम गर्न कठिन भएकाले हालका लागि नयाँ अनुमतिपत्रको परीक्षा र अनुमतिपत्र दिने दुवै काम रोकिएको छ । उनले भने, “अहिले हामीले नवीकरण मात्रै गरिरहेका छौँ ।”

Global Ime bank

यातायात व्यवस्था विभागले बन्दाबन्दीको अवधिमा समेत अनुमतिपत्र छपाइ गरिरहेको थियो । गत पुससम्मको अनुमतिपत्र छपाइ भएर आइसकेको उनले जानकारी दिए । 

विभागले छपाइ जारी राखेकाले चैत पहिलेका अनुमतिपत्र समेत छपाइ चाँडो भइसक्ने बताइएको छ । वितरण र नयाँ अनुमतिपत्रका लागि परीक्षा भने तत्काल खुल्ला नहुने देखिएको छ । उनले भने, “उपत्यकामा सङ्क्रमण बढिरहेकाले यहाँका सबै कार्यालयले यी सेवा बन्द गरेका छौँ ।”

केही वर्ष पहिलेसम्म चालक अनुमतिपत्र बनाउन यही कार्यालयमा भीड हुन्थ्यो । अहिले उपत्यकामा चार कार्यालयबाट यो सेवा दिइँदै आइएको छ । 

सबैभन्दा बढी यात्रुको भीड भने एकान्तकुनास्थित कार्यालयमा नै देखिन्छ । बन्दाबन्दीपछि कार्यालयमा भीडभाड अत्यधिक भएकाले सङ्क्रमणको त्रास रहेको थियो ।  - रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७  २३:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC