site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले कमायो करिब साढे ४ अर्ब नाफा 
Ghorahi CementGhorahi Cement

काठमाडौं । गत आर्थिक वर्ष ०७६-७७ मा पुर्ण सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंकको खुद मुनाफा घटेको छ । बैंकले गत आर्थिक वर्षको चौथौ त्रैमासमा खुद मुनाफा घटेको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

गत आर्थिक वर्षमा ४ अर्ब ४५ करोड २५ लाख ३३ हजार खुद मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्ष ०७५-७६ को भन्दा ११.७७ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ५ अर्ब ४ करोड ६५ लाख २० हजार खुद मुनाफा आर्जन गरेको थियो । 

Agni Group

नेपाल राष्ट्र बैंककले स्प्रेड रेटमा घडाई गर्दा बैंकको खुद ब्याज आम्दमनी घट्नुको साथै कर्मचारी र सञ्चालन खर्चमा वृद्धि हुँदा बैंकको नाफामा प्रभाव परेको हो । अघिल्लो आर्थिक वर्षमा ९ अर्ब  ९४ करोड ८१ लाख १६ हजार खुद ब्याज आम्दनी गरेको बैंकले गत आर्थिक वर्षमा गत ९ अर्ब ३१ करोड ५१ लाख ५१ हजार खुद ब्याज आम्दानी गरेको छ । 

यस्तै अघिल्लो आर्थिक वर्षमा ६ अर्ब  ४७ करोड ४ लाख ३५ हजार सञ्चालन मुनाफा कमाएको बैंकले गत आर्थिक वर्षमा ६ अर्ब ३ करोड ३३ लाख ४९ हजार सञ्चालन मुनाफा आर्जन गरेको छ ।

Global Ime bank

गत आर्थिक वर्षको अन्त्यसम्म बैंकको कुल निक्षेप २ खर्ब ३० अर्ब ४२ करोड ७७ लाख ११ हजार र कुल कर्जा लगानी १ खर्ब ५० अर्ब ८० करोड ८० लाख ३७ हजार पुगेको छ ।  अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ८९ अर्ब २५ करोड ५३ लाख ३६ हजार निक्षेप संकलन गरेर १ खर्ब ४२ अर्ब २ करोड २८ लाख ७६ हजार कर्जा लगानी गरेको थियो । 

९ अर्ब ४७ लाख ६ हजार चुक्ता पुँजी पुगेको बैंकको बैंकको जगेडा कोषमा १३ अर्ब ८ करोड ८८ लाख २५ हजार रहेको छ । यस्तै सेयधनीलार्ईलाई बाँड्ने संञ्चित कोषमा २ अर्ब ३५ करोड ३४ लाख २४ हजार छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब ३ करोड  ५८ लाख ९५ हजार छ । 

बैंकको निष्क्रिय कर्जामा सुधार भएको छ । अघिल्लो आर्थिक वर्षमा ४.७९ प्रतिशत रहेको निष्क्रिय कर्जा गत आर्थिक वर्षमा घटेर ४.०८ प्रतिशत पुगेको छ । यस्तै बैंकको पुँजीकोष अनुपात १२.६८ प्रतिशत, सीसीडी रेसियो ६२.४८ प्रतिशत, आधार ब्याजदर ५.८ प्रतिशत र स्प्रेड रेट ४.२६ प्रतिशत छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७  २०:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC