site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
इन्स्टाग्राममा भएको सुरक्षा समस्या पत्ता लगाउने नेपाली युवालाई ६ हजार डलर पुरस्कार 
Ghorahi CementGhorahi Cement

काठमाडौं । एक नेपाली युवाले इन्स्टाग्रामबाट डिलिट गरिएका तस्बिर र सन्देश कम्पनीको सर्भरमै रहने समस्या पत्ता लगाएका छन् । २१ वर्षीय नेपाली युवा सौगात पोखरेललाई इन्स्टाग्रामले ६ हजार अमेरिकी डलर पुरस्कार प्रदान गरेको छ ।

साइबर सुरक्षासम्बन्धी अनुसन्धान गर्ने नेपाली सौगात पोखरेललाई कम्पनीले सुरक्षा कमजोरी पत्ता लगाएबापत् पुरस्कार रकम प्रदान गरेको हो । पोखरेलले इन्स्टाग्राममा रहेको आफ्नो तथ्यांक डाउनलोड गर्ने टुल प्रयोग गरी आफ्नो विवरण हेर्दा आफूले धेरैअघि डिलिट गरेको फोटो र सन्देश पनि इन्स्टाग्रामको सर्भरमै रहेको पत्ता लगाएका थिए ।

Agni Group

प्रयोगकर्ताले फोटो र सन्देशहरु डिलिट गरेको केही दिनसम्म कम्पनीहरुको सर्भरमै रहनुलाई सामान्य मानेका थिए । इन्स्टाग्रामले पनि प्रयोगकर्ताले डिलिट गरेको फोटो र सन्देशहरु आफ्नो सर्भरबाट डिलिट हुन ९० दिन लाग्‍ने जनाउँदै आएको थियो ।

सन् २०१८ मा इन्स्टाग्रामले नयाँ युरोपेली डाटा नियमहरूको पालना गर्न सुरु यस्तो फिचर सुरु गरेको थियो । 

Global Ime bank

तर, सौगातले एक वर्षअघि डिलिट गरेको तथ्यांकहरु पनि इन्स्टाग्रामको सर्भरमै रहेको पत्ता लगाएपछि गत अक्टोबरमा पोखरेलले कम्पनीलाई जानकारी गराएका थिए । ट्विटर, इन्स्टाग्राम र फेसबुकले आफ्ना प्रयोगकर्तालाई उनीहरुको के-के तथ्यांक कम्पनीको सर्भरमा छ भन्‍ने जानकारी दिनको लागि डाटा डाउनलोड टुलको पहुँच उपलब्ध गराएको छ । 

इन्स्टाग्रामका प्रवक्ता 'टेकक्रन्च' सँग कुरा गर्दै उक्त सुरक्षा कमजोरी समाधान भइसकेको जानकारी दिएका छन्  ।

इन्स्टाग्रामको बग बाउन्टी प्रोग्राममार्फत् पोखरेलले गत अक्टोबरमा यो सुरक्षा कमजोरी औंल्याएका थिए । कम्पनीले केही साताअघि यो समस्याको समाधान गरेको छ । यस्तो सुरक्षा कमजोरी रहेको भए पनि हालसम्म यसको दुरुपयोग नभएको इन्स्टाग्रामको प्रवक्ताले दाबी गरेका छन् ।

ट्वीटरमा भएको यस्तै सुरक्षा कमजोरी पनि गत वर्ष समाधान गरेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७  २०:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC