site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंमा सीडीओको आदेश– भदौ १५ सम्म यी क्षेत्र हुनेछन् बन्द
Sarbottam CementSarbottam Cement

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अघोषित निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जारी गरेको आदेशअनुसार शुक्रबार राति १२ बजेदेखि भदौ १५ गते राति १२ बजेसम्म विभिन्न गतिविधिमा रोक लगाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

जारी आदेशअनुसार खुला स्थानमा मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न र सभा जुलुस गर्न पाइनेछैन ।

त्यस्तै भीडभाड हुने गतिविध गर्न पाइनेछैन । दैनिक हुने नित्यपुजा बाहेकका सम्पूर्ण धार्मिक गतिविधिहरु बन्द गरिनेछ । उद्योग व्यापार अन्तर्गतका स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलापहरु गर्न पाइनेछैन ।

Global Ime bank

चाडपर्वलगायतका धार्मिक सांस्कृतिक कार्य गर्नका लागि हुने जमघट गर्न पाइनेछैन ।

शैक्षिक संस्थाहरु सञ्चालन गर्न पाइने छैन भने सबै प्रकारका सभा, गोष्ठी, तालिम सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, शैलून, ब्युटी पार्लर, स्पा, स्वीमिङ पूल, जिमखना, समूहमा खेलिने खेलकूद र खेल प्रस्तुति, पुस्तकालय, संग्रहालय, चिडियाखाना संचालन गर्न पाइनेछैन ।

फुटपाथ, खुला ठाउँ र ठेलागाडा वा साइकलमा हुने विभिन्न व्यवसाय, कवाडी संकलन गर्न पाइनेछैन ।

उद्योग व्यवसाय सञ्चालनका लागि स्वास्थ्य मापदण्ड विपरीत श्रमिक–कामदारको ओसार पसार गर्न पाइनेछैन भने होटल तथा रेष्टुराँमा टेक अवेमात्रै सञ्चालन गर्नुपर्नेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७  १९:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC