site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेकपाभित्र खेल्ने प्रयास नहोस्, एकताका साथ अघि बढ्दैछौं 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको लामो समयदेखिको विवाद सुधारोन्मुख देखिएको छ ।  प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको भेटवार्तापछि विवाद समाधानका लागि कार्यदल गठन गर्ने सहमति बनेसँगै विवाद सुधारोन्मुख देखिएको हो । 
पार्टीभित्र देखिएका समस्या पार्टीभित्र नै समाधान गर्न सकिन्छ भन्ने निष्कर्षमा अध्यक्षद्वय पुगेको समितिका संयोजक विष्णु पौडेलले बताए ।

न्युज एजेन्सी नेपालका संवाददातासँग कुराकानी गर्दै पार्टीभित्र देखिएको समस्यालाई संस्थागत ढंगले समाधान गर्न ६ सदस्य रहेको कार्यदल गठन भएको उनले बताए । कार्यदलले समस्या के हुन् ? समाधान के हुन सक्छ ? भन्ने विषयमा विस्तृत छलफल गरी प्रतिवेदन अध्यक्षद्वयलाई बुझाउने उनले बताए ।
प्रतिवेदन अध्ययन गरी अध्यक्षद्वले पार्टीको औपचारिक बैठकमा प्रस्तुत गर्ने उनले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

महासचिव पौडेलले पार्टीभित्र जुनसुकै समस्या देखिए पनि समस्याहरुको सकारात्मक समाधान गरी एकतालाई सबल बनाउँदै अगाडि बढ्नुपर्छ भन्ने निष्कर्षका साथ कार्यदल गठन भएको बताए । नेकपा महासचिव समेत रहेका पौडेलले नेकपा विभाजनको कल्पना गर्ने प्रवृतिको अगाडि अझ एकतावद्ध भएर अगाडि बढ्ने सन्देश प्रवाह भएको बताए ।

Global Ime bank

उनले भने, ‘‘पार्टीमा विग्रहको कल्पना गरेका थिए कतिपयले । नेकपामा कुनै प्रकारको बिग्रह हुँदैन । एकतावद्ध भएर अगाडि बढ्छ । नेकपाको एकता अक्षुण्ण रहन्छ भन्ने कुरा सुनिश्चित भएको छ ।’’

महासचिव पौडेलले नेकपा एकतावद्ध रहने कुरामा आस्वस्त रहन सबैलाई आग्रह गर्दै भने, ‘‘नेकपा एकतावद्ध रहने कुरामा आश्वस्त रहन सबैमा आग्रह गर्दछु । आफ्नो अभिभारा सफलतापूर्वक पूरा गर्न नेकपा अगाडि बढेको छ । नेकपामा विग्रहको खोजी गर्ने शक्तिहरु, प्रवृतिहरु र तत्वहरुलाई भन्न चाहान्छु, अब नेकपाभित्र खेल्ने यस प्रकारका कोशिस नगर्नुहोला । नेकपा आफ्नो अभिभारा बुझ्न सामर्थ्य छ । जनताले दिएको जिम्मेवारी पूरा गर्न प्रतिवद्ध छ ।’’

पार्टीभित्रका समस्याहरु जटिल अवस्थामा रहेको उल्लेख गर्दै उनले पार्टीका आन्तरिक समस्याका कारण सरकार सञ्चालनमा समेत समस्या रहेको बताए ।

‘‘समस्याहरु निकै जटिल अवस्थामा पुगेको सत्य हो । जसले गर्दा पार्टी र सरकारका काममा विभिन्न प्रकारका व्यवधान सिर्जना भए । प्रभावकारी ढंगले काम अगाडी बढ्न सकेनन । अब सरकार र पार्टीका काम प्रभावकारी ढंगले अगाडी बढाउँछौ । सरकार र पार्टी दुबै प्रभावकारी भूमिकाका साथ प्रस्तुत हुन्छन्,’’उनले भने । कार्यदलमा महासचिव पौडेलसँगै स्थायी समति सदस्यहरू शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे, जनादर्न शर्मा र पम्फा भुसाल रहेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७  १७:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC