site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चितवनमा निषेधाज्ञा जारी, अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन नपाइने 
Ghorahi CementGhorahi Cement

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले चितवनको भरतपुर महानगरपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“पछिल्लो समयमा कोभिड १९ संक्रमितको संख्यामा वृद्धि भइरहेकाले संक्रमण समुदायस्तरमा फैलन सक्ने जोखिम बढेको कारण यसको संक्रमणलाई थप फैलिन नदिई संक्रमण रोकथाम र नियन्त्रण गर्न मानिसहरुको आवतजावतलाई नियन्त्रण गर्नुपर्ने आवश्यकतालाई मध्यनगर गरी साउन ३० गते राति १२ बजेदेखि लागु हुनेगरी भदौ ५ गते राति १२ बजेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम भरतपुर महानगरपालिकाको सम्पूर्ण क्षेत्रभित्र लागु हुनेगरी निषेधाज्ञा जारी गरिएको छ ।”

Agni Group

निषेधाज्ञा जारी भएको क्षेत्रमा अत्यावश्यकीय खाद्य सामग्री खरिद गर्न बिहान ५ बजेदेखि ८ बजेसम्म र बेलुका पनि ५ बजेदेखि ८ बजेसम्म बाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्कन र हिँडडुल गर्न पाइनेछैन ।

लामो दुरीका मालबाहक ढुवानीका साधन, दमकल, एम्बुलेन्स, शव बाहन, तरकारी, फलफूल तथा दूध ढुवानीका लागि प्रयोग भएका सवारी साधन, पशुपंक्षीको दाना बोक्ने सवारी साधन, खानेपानी तथा इन्धन ढुवानीका लागि प्रयोग हुने ट्याङ्कर, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधनबाहेक सबै प्रकारका निजी तथा सार्वजनिक सवारीसाधन दुई पाङ्ग्रसमेत सञ्चालन गर्न पाइनेछैन ।

Global Ime bank

धार्मिक, सांस्कृतिक र सामाजिक (विवाह ब्रतबन्ध)लगायतका भेला जमघट हुने कार्य सञ्चालन गर्न पनि नपाइने जारी विज्ञप्तिमा उल्लेख छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७  १७:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC