site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोना जोखिम बढेपछि दाङमा रातको समयमा हिँडडुल गर्न नपाइने
Sarbottam CementSarbottam Cement

दाङ । कोरोना भाइरसको बढ्दो जोखिमलाई मध्यनजर गर्दै दाङमा भदौ १ गतेदेखि ८ गतेसम्म राति पूर्णरुपले बन्द गरिने भएको छ । 

जिल्ला प्रशासन कार्यालय दाङमा शुक्रबार बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले यही भदौ १ गतेदेखि ८ गतेसम्म साँझ ७ बजेदेखि बिहान ५ बजेसम्मका लागि निषेधाज्ञ जारी गरेको हो । बैठकले रातको समयमा बजार, यातायात, हिँडडुलमा समेत पूर्णरुपले बन्देज लगाउने निर्णय गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षत्तामा गाउँपालिका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, विषयगत कार्यालयहरु, उद्योग वाणिज्य संघ, च्याम्बर, नेपाल पत्रकार महासंघलगायतको उपस्थितिमा बसेको बैठकले चाडपर्वको नाममा समाजमा बढी रहेको भिडभाडलाई कम गर्न कुनै पनि समयमा हुने नाचगान, भेला, गोष्ठि, सेमिनार, कार्यक्रमलाई पूर्णरुपले रोक लगाउने, मठमन्दिरमा हुने दैनिक नृत्यकर्म बाहेक अन्य सबै खाले पूजापाठलाई बन्द गर्ने निर्णय गरेको छ । 

बैठकले बजारलाई व्यवस्थित गर्न अनिवार्यरुपमा स्वास्थ्य सामग्री प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने, माइकिङलगायतका कार्यहरु गर्ने, यातायात क्षेत्रलाई पनि व्यवस्थितरुपमा सञ्चालन गराउने निर्णय गरेको छ । 

Global Ime bank

बैठकले जिल्लामा सबै खाले गतिविधिलाई अनुगमन गर्नका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ, च्याम्वर, नेपाल पत्रकार महासंघ, स्वास्थ्य कार्यालय, स्थानीय तहहरुसहितको जिल्ला अनुगमन समिति गठन गरेको छ । 

प्रमुख जल्ला अधिकारी गोविन्द प्रसाद रिजालले दाङलाई कोरोनाबाट मुक्त राख्नका लागि राति पूर्णरुपले बन्देज र दिउँसो नियन्त्रणमूखी उपाएको खोजि गरिएको बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७  १६:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC