site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अस्ट्रेलिया–इङ्ल्यान्डले एकदिवसीय र टी-ट्वान्टी सिरिज खेल्ने
Sarbottam CementSarbottam Cement

एजेन्सी । अस्ट्रेलियाले एकदिवसीय र टी–ट्वान्टी सिरिज खेल्न इङ्ल्यान्ड भ्रमण गर्ने भएको छ । तीन खेलको टी–ट्वान्टी सिरिज र एकदिवसीय खेल खेल्न अस्ट्रेलियाले इङ्ल्यान्ड भ्रमण गर्ने इङ्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले जनाएको छ । 

टी–ट्वान्टी सिरिज साउथह्याम्पटनमा एकदिवसीय सिरिजभन्दा अगाडि सुरु हुने बोर्डले जनाएको छ । टि–ट्वान्टी सिरिज सेप्टेम्बर ४  बाट सुरु हुनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै सेप्टेम्बर ११ देखि म्यानचेस्टरस्थित वर्ल्ड ट्राफोर्डमा एकदिवसीय सिरिज सुरु हुनेछ ।  तीन खेलको एकदिवसीय सिरिज आईसीसी विश्वकप सुपर लिग क्रिकेटको रुपमा हुने बोर्डले जनाएको छ । अस्ट्रेलिया २४ अगस्तमा इङ्ल्यान्ड पुग्‍ने छ ।

इङ्ल्यान्ड यतिबेला पाकिस्तानसँग तीन खेलको टेस्ट सिरिज खेल्दैछ । त्यसपछि तीन खेलकै टी–ट्वान्टी सिरिज खेल्नेछ । पाकिस्तानसँगको टी–ट्वान्टी सिरिज सेप्टेम्बर १ तारिखमा सकिनेछ । 

Global Ime bank

महामारी हुन पूर्व अस्ट्रेलियाले जुलाईमा इङ्ल्यान्ड भ्रमण गर्ने तय भएको थियो । तर, सम्पूर्ण खेलकुद गतिविधि स्थगित भएपछि यो सिरिज पनि स्थगित भएको थियो । 

हाल बन्द ढोकाभित्र कोरोनाविरुद्धका नियमको पालना गर्दै वेस्ट इन्डिज र आयरल्यान्डले इङ्ल्यान्ड भ्रमण गरिसकेका छन् भने पाकिस्तानले सिरिज खेलिरहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७  १५:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC