site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पक्राउ परेका विद्यार्थी नेतालाई रिहा गर्न नेविसंघको माग
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयबाट पक्राउ परेका विद्यार्थीहरुलाई तत्काल रिहा गर्न माग गरेको छ ।

नेविसंघका अध्यक्ष राजीव ढुंगानाले शुक्रबार बिहान प्रेस विज्ञप्ति जारी गरी साउन २७ गते विश्वविद्यालय परिसरबाट पक्राउ गरेका विद्यार्थीहरुलाई तत्काल रिहा गर्न माग गरेका हुन् । प्रहरीले साउन २७ गते विश्वविद्यालयमा तोडफोड गरेको आरोप लगाउँदै विद्यार्थी नेताहरु सम्झना खत्री, श्यामराज ओझा, हरि जोशी, विष्णु पौडेल, गणेश थानी, रमेश कुँवरलगायत आठ जनालाई पक्राउ गरेको थियो ।

उपकुलपतिको निर्देशनमा सुनियोजित ढंगबाट विश्वविदालयमा तोडफोड गरेर नेविसंघ नेताहरुलाई षडयन्त्रपूर्वक पक्राउ गरिएको नेविसंघले दाबी गर्दै आएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै अध्यक्ष ढुंगानाले वीरगन्जका स्वास्थ्य संस्थाहरुमा नियमित स्वास्थ्य सेवा प्रदानको माग राख्दै शान्तिपूर्ण प्रदर्शन गर्ने क्रममा गिरफ्तारीमा परेका विद्यार्थी नेताहरुलाई पनि रिहा गर्न माग गरेका छन् । वीरगन्जमा साउन २६ गते भएको प्रदर्शनमा गिरफ्तार गरिएका विद्यार्थीहरुलाई सोही राति रिहा गरेर प्रहरीले साउन २८ गते पुनः पक्राउ गरेको छ । उनीहरुमाथि प्रहरीले झुटो मुद्दा लगाएर फसाउन खोजेको भन्दै नेविसंघले आपत्ति जनाएको छ ।

 

Global Ime bank

 

“दुवै स्थलबाट पक्राउ परेका विद्यार्थी नेताहरुलाई तुरुन्त रिहा गर्न सरकारसँग जोडदार माग गर्दछु । विद्यार्थीको र आम जनसमुदायका जायज मुद्दा उठाउँदा प्रहरी दमन र झुटा मुद्दाको सहाराले फसाउन खोज्‍ने निरंकुश चरित्र प्रदर्शन नगर्न ओली सरकारलाई चेतावनी दिन चाहन्छु,” अध्यक्ष ढुंगानाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यसैबीच नेविसंघका महामन्त्री दीपक भट्टराईले शान्तिपूर्ण आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि झुटा मुद्दा लगाउने विश्वविद्यालयका उपकुलपतिलाई नछाड्ने चेतावनी दिएका छन् । “शान्तिपूर्ण प्रदर्शन गरिरहेका साथीहरुलाई गिरफ्तार गरी झुटा मुद्दा लगाउने उपकुलपतिलाई हामी छोड्नेवाला छैनौं । यसको परिणाम उपकुलपतिले व्यहोर्छन्,” उनले भने, “सँगै केही प्रहरी अधिकारीहरुले नियतवश विद्यार्थीहरुलाई दुःख दिने काम गरिरहेका छन् । यसको हिसाब नेविसंघले राखेको छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७  ११:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC