site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
भर्चुअल कविता वाचनमा रचनामाथि तत्कालै टिप्पणी
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल स्रष्टा समाजले अनलाइनका माध्यमबाट भिन्‍न प्रकृत्तिको विशेष साहित्यिक कार्यक्रम आयोजन गर्‍यो । 

भर्चुअल रुपमा सहभागी कविद्वारा रचना वाचन गरिएलगत्तै उपस्थित समीक्षकहरू विनोद मञ्जन तथा महेश पौडेलले समीक्षात्मक टिप्पणी गरेका थिए । कार्यक्रममा कविहरू विमर्श दाहाल, असिम सागर, सरस्वती तिमिल्सिना, ज्योति जङ्‍गल, डीबी टुहुरो, श्रीबाबु कार्की उदास, देवकी तिमिल्सिना समीक्षा र रीता खत्रीले कविता वाचन गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

वाचित कविताहरूको धरातलका विषयमा चर्चा गर्दै विनोद मञ्जनले कवितामा कल्पनाशीलता र शिल्पपक्ष प्रचुर हुनुपर्ने र कवितामा आकर्षक विम्बको प्रयोग हुनुपर्ने विषयमा जोड दिँदै कविता आनन्द र सन्देश दिने खालका हुनुपर्ने बताए ।  

कार्यक्रमका अर्का समीक्षक महेश पौडेलले कविताका अवयवहरू र रचना प्रक्रियाबारे बताउँदै अचेलका कवितामा सामयिकता बढी हावी भएको उल्लेख गरे ।

Global Ime bank

कार्यक्रमका सहजकर्ता स्रष्टा समाजका अध्यक्ष विधान आचार्यले रचना वाचनलगत्तै समीक्षात्मक टिप्पणी गरिँदा स्रष्टालाई आफ्नो कमी-कमजोरी थाहा हुने र सुधार गर्न सहज हुने ठानेरै यस किसिमको कार्यक्रम आयोजना गरिएको बताए । 

नेपाल स्रष्टा समाजले बन्दाबन्दी तथा असहज परिस्थितिबीच पनि प्रविधिमार्फत नियमित रूपमा साहित्यिक कार्यक्रमहरूको आयोजना गर्दै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७  १०:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC