site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
डेम्बेले बायर्नविरुद्ध खेल्ने
Sarbottam CementSarbottam Cement

एजेन्सी । बार्सिलोनाका प्रशिक्षक सेटिनले फ्रान्सेली विंगर ओस्मान डेम्बेलेले जर्मन क्लब बायर्न म्युनिखविरुद्ध खेल्ने बताएका छन् । उनले च्याम्पियन्स लिगअन्तर्गत क्‍वार्टरफाइनलको खेलका लागि बायर्नविरुद्ध खेल्न डेम्बेले फिट भएको बताएका छन् ।

डेम्बेले नोभेम्बरदेखि आफ्नो मांसपेसिका समस्या आएपछि मैदान बाहिर रहँदै आएका थिए । तर शुक्रबार लिस्बनमा लामो प्रतीक्षा डेम्बेलेलाई मैदानमा फर्काउने तयारी भएको बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“हामी राम्रो आत्माका साथ आएका छौं । यस खेलका लागि निकै नै प्रतीक्षामा छौं । यसका लागि हामीले तयारी राम्रो गरेका छौं,” सेटिनले प्र-म्याच कन्फ्रेसनमा भने, “हामी सबैका लागि सन्तोषको विषय छ कि डेम्बेले टोलीमा फर्किएका छन् । यदि हामी यसलाई उपयुक्त ठान्छौं भने उनी केही मिनेटका लागि मात्र भए पनि मैदानमा सहभागी हुन सक्ने स्थितिमा छन् । हामी उत्साही छौं कि उनी खेल्न सक्ने विश्वासमा छन् ।”

प्रशिक्षक सेटिनले बायर्न राम्रो लयमा देखिएको बताए । तर उनले बार्सिलोना आफ्नै खेलमा ध्यान केन्द्रित गर्नेमा विश्वस्त रहेको बताए । “अवश्य पनि हामी विश्वस्त छौं कि हामी सफल हुन सक्छौं । हामीलाई प्रतिद्वन्द्वीको सम्भावना, उनीहरूको संख्या र उनीहरूको क्षमता असाधारण सम्भावनाबारे थाहा छ, तर हामीसँग पनि यो सबै छ ।”

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७  १०:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC