site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
खानेकुराबाट कोरोना सर्छ भनेर डराउनु पर्दैन : डब्लूएचओ
Sarbottam CementSarbottam Cement

एजेन्सी । विश्व स्वास्थ्य संगठन, डब्लूएचओले अहिलेसम्मको अध्ययन अनुसन्धानमा खानेकुरा वा प्याकेजिङबाट भाइरस सर्न सक्ने कुनै प्रमाण नभएकाले यससबारे डराउनु नपर्ने बताएको छ ।

वास्तवमा बुधबार चीनको दक्षिण तर्फको सेन्जेन सहरमा ब्राजिलबाट निर्यात गरिएको फ्रोजन कुखुराको मासुको, बाहिरी प्याकेजिङ जाँच गर्दा कोरोना पोजेटिभ देखिएको खबर गरिएको थियो जसले यतिबेला मानिसहरूमा त्रास फैलाइरहेको बताइएको छ । तर अमेरिकाको सीडीसी र डब्लूएचओ दुवैले खानेकुराबाट भाइरस संक्रमण हुने सम्भावना अत्यन्तै कम रहेको बताउँदै आएका छन् । तापनि सेनजेनका स्वास्थ्य अधिकारीहरूले सो प्याकेजिङसँग सम्पर्कमा आएका सबै मानिस तुरुन्तै पत्ता लगाएर परीक्षण गरेको हो जसमा सबैको नतिजा नेगेटिभ आएको बताइएको छ । यसबाहेक स्टकमा राखिएका अन्य सबै सम्बन्धित उत्पादनहरूको जाँच गर्दा पनि नेगेटिभ नै आएको खबर गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तोमा आधिकारिक निकायहरूले सो मासुको प्याकेज भण्डारण गरी राखिएको पूरै क्षेत्रलाई ‘डिस्इन्फेक्ट’ गरी किटाणुमुक्त पारिसकेका छन् । यसमा सो प्याकेजिङमा कतिबेला र कहाँबाट भाइरस संक्रमित भयो भन्‍नेचाहिँ अझै स्पष्ट भएको छैन । 

यससम्बन्धी डब्लूएचओका आपत्‌कालीन कार्यक्रम प्रमुख माइक रायनले भनेका छन्, “मानिसहरूले खानेकुरा, त्यसको प्याकेजिङ, प्रोसेसिङ या डेलिभरी गरिएका खानेकुरासँग डराउनुपर्ने कुनै आवश्यकता छैन । यससम्बन्धी सबैले सुरक्षित र सहज महसुस गर्दा हुन्छ । किनकि हालसम्म भाइरस खानेकुराका माध्यमबाट सरेको कुनै प्रमाण छैन ।”

Global Ime bank

डब्लूएचओकै अर्की एपिडेमोलोजिस्ट मारिया भन करकोभका अनुसार महमारी सुरु भएदेखि चीनले सयौँ , हजारौँका सङ्ख्यामा बाहिरबाट आएका प्याकेजहरूको जाँच गर्दै आएको छ र यसमा एकदमै थोरै, दशभन्दा कम मात्र भाइरस पोजेटिभ भेटिएका छन् ।

त्यसैगरी यता ब्राजिलको कृषि मन्त्रालयले पनि चीनबाट आएको यो खबरको स्पष्टीकरण खोजिरहेको र अनुसन्धान भइरहेको जनाएको छ । आफूहरूले देशभित्र रहँदा सबै उत्पादनमा सावधानी अपनाउने गरेको तर सामानहरू बाहिर जाँदा त्यो कुन अवस्थामा हुन्छ भन्‍नेको चाहिँ जिम्मा लिन नसक्ने युकेडरका उत्पादन मन्त्री इभान ओन्टानेडाले सञ्‍चार एजेन्सी रोएटर्ससँग बताएका हुन् । -रोयटर्स
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७  १०:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC