site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
आर्थिक संकटमा बलिउडका ५ लाखभन्दा बढी ज्यालादारी मजदुर
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोना महामारीका कारण विश्वभरका चलचित्र, टेलिश्रृङ्खला छायांकन, रिलिज प्राय: ठप्प छन् । भारतको महाराष्ट्र सरकारले सानो टिमसहित दूरी कायम गरी संक्रमण नभएको ठाउँमा पुनः छायांकन सुरु गर्न अनुमति दिइसकेको छ । 

निर्देशन पालना गरी केही टेलिश्रृङ्खला छायांकन पनि भए । तर, पछिल्लो समय कलाकारलाई नै कोरोना संक्रमण हुन थालेपछि सुरु भइसकेका छायांकनका गतिविधि फेरि रोकिन थालेका छन् । 

जसले गर्दा मनोरञ्‍जन क्षेत्रमा दैनिक ज्यालामजदुरी गर्ने कामदारहरु कोरोनाका कारण बेरोजगार बन्दै गएका छन् । हुन त बलिउड कलाकारहरुले चलचित्र उद्योगमा दैनिक ज्यालामा काम गर्ने कामदारहरुलाई भनेर सहयोग पनि गरेका छन् । तर, एक-दुई महिना मात्रै पिरोल्ला भनेर सोचेको महामारीमा दैनिक मजदुरीमा काम गर्नेहरुले प्राप्त सहयोगले केही राहत त भयो । तर, पाँच महिनाभन्दा बढी समयसम्म पनि संक्रमण बढ्दै जाँदा त्यो सहयोगले मजदुरहरुलाई धेरै धान्‍न सकेन र अहिले दैनिकी गुजार्न पनि धौधौ नै परिरहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कुनै पनि टेलिश्रृङ्खलाको छायांकनमा पर्दा पछाडि बसेर काम गर्ने ठूलो टिम हुन्छ । अझ बलिउडमा त क्यामेरापछाडि बसेर काम गर्ने कामदारहरुको संख्या टेलिश्रृङ्खलमा भन्दा कैयौं ठूलो हुन्छ । 

एउटा चलचित्र निर्माण गर्दा त्यसले सयभन्दा बढी कामदारलाई रोजागरी दिइरहेको हुन्छ । पश्चिमी भारत सिनेमा कर्मचारी संघका अध्यक्ष बीएन तिवारीका अनुसार उनको संघको मातहतमा ३२ अन्य संघहरु छन् । जसमा स्पोट ब्वाय, मेकअप आर्टिस्ट, लाइट सहायक, ब्याक-ग्राउन्ड डान्सर, सह-निर्देशक, कार्पेन्टर, ड्राइभर, टेलर, भ्यानिटी-भ्यान सप्लायर्स, सेट डिजाइनर्सलगायत संघ पर्छन् ।

Global Ime bank

तिवारीका अनुसार बलिउडमा क्यामेरापछाडि छायांकन स्थालमा दैनिक ज्यालमा सक्रिय काम गर्नेहरु पाँच लाखको हाराहारीमा छन् । उनले भने, “पाँच लाख सक्रिय कामदार यो महामारीका कारण निराश छन् । त्यसमा कम्तिमा १० हजार कामदारहरुले लकडाउनको सुरुको समयदेखि नै आर्थिक संकटको सामना गरिरहेका छन् ।”

तलबमा काम गर्नेहरुलाई यो महामारीले त्यति असर नगरे पनि दैनिक ज्यालमा र प्रत्येक चलचित्रको आधारमा पैसा बुझ्‍ने कामदारहरुलाई भने निकै गाह्रो अवस्थामा पुर्‍याएको स्टाइलिस प्रियंका मिश्र बताउँछिन् ।

“यदि तपाईं इन-हाउस स्टाइलिस हुनुहुन्छ भने यो परिस्थितिबीच पनि केही सजिलो हुन्छ । किनभने तपाईंले तलब पाइराख्नु हुनेछ । जसले गर्दा तपाईंलाई कोठा भाडा तिर्न र आवश्यक खर्चका लागि समस्या हुँदैन,” मिश्रले भनिन् ।

तर आफूजस्तै दैनिक ज्यालामा काम गर्नेहरुलाई भने यो महामारीले ठूलो झट्का दिएको उनले बताइन् । गुजरातबाट मुम्बईमा बसेर संघर्ष गरिरहेकी उनलाई लामो समय काम नहुँदा पैसा आउने ठाउँ पनि बन्द भएसँगै जम्मा गरेको पैसा सकिँदै गएकाले दैनिकी चलाउन गाह्रो भएको छ ।

उनका अनुसार जुनियर स्टाइलिसको पारिश्रमिक ३० देखि ९० हजार हुन्छ भने त्यसभन्दा केही माथिकाले डेढ लाखदेखि तीन लाख र टप लेबलको स्टाइलिसले ३० लाखसम्म पारिश्रमिक पाउँछन् । 

लकडाउनअघिसम्म उनी सञ्जय दत्त र आलिया भट्टको बन्‍न लागेको चलचित्र ‘सडक’र अन्य टेलिश्रृङ्खलामा काम गरिरहेकी थिइन् । दी प्रिन्टका अनुसार चलचित्र क्षेत्रमा दैनिक ज्यालाका कामदारले दिनको ८ सयदेखि १५ सयसम्म कमाउँछन् । 

 

 

'स्पोट ब्वाई' ले दैनिक आठ सय रुपैयाँ पारिश्रमिक पाउँछन् भने लाइटसम्बन्धी काम गर्ने कामदारले १२ सय पाउँछन् । छायांकनको सेट मिलाउने कामदारले दैनिक ११ सय पारिश्रमिक बुझ्छन् । मेकअप, कपाल, पहिरन, क्यामेरा र साउन्ड असिस्टेन्टले दैनिक २ देखि ३ हजार दैनिक पारिश्रमिक पाउँछन् । 

यस्तै नृत्याङ्‍गाना र फाइटरहरुले भने दैनिक ३ देखि ५ हजारसम्म पारिश्रमिक पाउँछन् ।  सचिन सागावेकर १५ सय दैनिक ज्यालादारीमा लाइट असिसटेन्ट हुन् । लकडाउनअघि सम्म २००५ मा रिलिज भएको ब्लकबस्टर चलचित्र र एउटा सिरिजमा काम गर्दै थिए । 

चलचित्र छायांकन रोकिएसँगै आम्दानी ठप्प हुँदा परिवार पाल्न ऋण लिन उनी बाध्य भएका छन् । कोरोना महामारीको बन्दाबन्दीले स्पोट ब्वाय फहिम सेखलाई सडक ल्याइपुर्‍याएको छ । 

दैनिक कमाएको पैसा सकिएपछि कोठाको भाडा तिर्न नसकेर उनी सडकमा आए । फहिमसँग न टाउको लुकाउन छत भयो न त पेट भर्न खाना नै । केहीदिन सडकमै दिनरात काट्न बाध्य फहिमलाई भारतका शास्त्रीय नृत्यांगना दिव्याको सहयोगमा केही रकम र बस्‍नलाई कोठा प्रदान गरियो । 

माथि उल्लेखित महामारीको कहरमा नराम्ररी फसेका केही पात्रहरु मात्रै हुन् । चलचित्र उद्योगको ठूलो बजारमध्येको एक हो भारतीय चलचित्र क्षेत्र त्यसमा पनि बलिउड भारतको सबैभन्दा ठूलो चलचित्र बजार हो । 

तर कोरोनाका कारण बलिउड करोडौंको घाटामा छ । अब स्थिति सामान्य भएपश्चात यसलाई पुन: पहिलेकै स्थितिमा ल्याउन र यस उद्योगलाई बचाइराख्‍न बलिउड कलाकारहरु पारिश्रमिक कटौतीका लागि तयार भइरहेका छन् । 

बलिउड कलाकारहरु नै पारिश्रमिक कटौतीमा जाँदा यी पर्दा पछाडि बसेर दैनिक ज्याला मजदुरीमा काम गर्ने कामदारहरुको कतिको रोजगारी लामो समयसम्म नफर्किने हो वा अझै पारिश्रमिकमा सम्झौता गर्नुपर्ने हो त्यो समयले नै बताउनेछ ।  किनभने आजसम्म पनि कोरोनालाई नियन्त्रण गर्न सकिएको छैन् ।  एजेन्सीहरुको सहयोगमा
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७  ०९:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC