site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
रियाको कल रेकर्डमा थुप्रै बलिउड कलाकारको नाम, आमिर खानका तीन म्यासेज 
Sarbottam CementSarbottam Cement

एजेन्सी । सुशान्त सिंह राजपूतको मुद्दामा 'इनर्फोसमेन्ट डिरेक्टोरेट' (ईडी)ले पैसाको मामिलमा रियासँग सोधपुछ गरिरहेको छ । 

तीन पटकसम्म सोधपुछ गर्दा पनि सत्य कुरा अझै लुकेको आशंकामा ईडीले रियाको दुई वटा फोन, ल्याप्टप र उनको परिवारको फोन पनि निगरानीमा राखेको छ । मंगलबार ईडीले रियाको फोन जफत गरेको थियो । हालै ईडीले रियाको कल लिस्टमा थुप्रै बलिउड कलाकारको नाम भएको सार्वजनिक गरेको छ । 

यस्तै ईडीले रियाको परिवारसँग सोधपुछ जारी नै राखेको छ । रियाको कल लिस्टमा श्रद्धा कपूर, आदित्य रोय कपूर, राणा दग्गुबाजी, सरोज खान, महेश भट्टदेखि आमिर खानको नाम पनि आएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

रियाको सीडीआर (कल डिटेल रेकर्ड) लिस्टमा बलिउडका तीन खानमध्ये एक आमिर खानको नाम पनि आएको छ । रिर्पोटका अनुसार, रियाले आमिरलाई एकपटक कल गरेको थियो, जसको जवाफमा अभिनेताले रियालाई तीन म्यासेज गरेको पाइएको छ । 

रियाको कल लिस्टमा आमिरको नाम भएको खबर आईएएनएसले जनाएको छ । सुशान्तको मृत्युको खबरमा आमिर, सलमान र शाहरुख तीनै खानले केही बोलेका छैनन् । यस्तै रियाले रकुल प्रितलाई ३० पटक फोन गरेको देखिएको छ भने रकुलले रियालाई १४ पटक कल ब्याक गरेको पाइएको छ ।

Global Ime bank

सीडीआर लिस्टमा  ‘आशिकी २’ अभिनेता आदित्य रोय कपूरको नाम पनि आएको छ । रियाले आदित्यलाई १६ पटक कल गरेको छ भने त्यसको जवाफमा आदित्यले रियालाई ७ पटक कल ब्याक गरेको देखिन्छ । 

रिया र श्रद्धा कपूरबीच पनि फोनमा कुरा भएको रिर्पोटमा देखिएको छ । रियाले श्रद्धालाई तीन पटक फोन गरेकी छन् भने श्रद्धाले दुई पटक कल ब्याक गरेको देखिन्छ । रियाको सीडीआर लिस्टमा ‘बाहुबली’ अभिनेता राणा दग्गुबाजीको पनि नाम पनि छ । रियाको तर्फबाट दग्गुबाजीलाई ७ पटक फोन गएको छ भने दग्गुबाजीले रियालाई ४ पटक कल ब्याक गरेका छन् ।

यस्तै रिया र दिवंगत कोरियोग्राफर सरोज खानबीच पनि फोनमा कुरा भएको कल रेकर्ड रिर्पोटले देखाएको छ । रियाले सरोज खानलाई ५ पटक कल गरेकी थिइन् । 

रियाको सीडीआर लिस्टमा सबैभन्दा बढी निर्देशक महेश भट्टको नाम देखिन्छ । ८ देखि १३ जुनको समयावधिमा उनीहरुबिच धेरै कुराकानी भएको लिस्टले देखाएको छ । यसबीचमा रियाको फोनबाट महेशको फोनमा ९ पटक कल गरिएको र बाँकी सबै उताबाट कल आएको रिर्पोटबाट पत्ता लागेको छ । - नवभारत टाइम्स

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २९, २०७७  १९:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC