site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भ्याक्सिन भनेको के हो ?

भ्याक्सिन भनेको औषधि होइन । रोग लागेपछि गरिने उपचार पनि होइन । आखिर के हो त भ्याक्सिन ? 

उत्तर : भ्याक्सिन भनेको के हो भन्ने चर्चा गर्नुभन्दा पहिले हाम्रो शरीरमा कोरोनाभाइरसले आक्रमण गरे के हुन्छ भन्ने जानौ । हाम्रो शरीरमा कोरोनाभाइरसले आक्रमण गर्‍यो भने सुरुमा हाम्रो शरीरभित्र भएका सुरक्षा संयन्त्र परिचालित हुन्छन् । हाम्रो शरीरमा बाहिरबाट भाइरस, ब्याक्टेरियालगायत शत्रुह आए भने आक्रमण गर्न सेना, प्रहरी,  सशस्त्र प्रहरी जस्ता ३ तहका सुरक्षाकर्मीको तैनाथी प्रक्रिया सुरु हुन्छ । यो प्रक्रिया करिब ३-४ दिनसम्म लम्मिन सक्छ ।  एक पटकमा लाखौं करोडौं सिपाही तैनाथ हुन्छन् र तिनीहरू लामो समयसम्म शरीरमै बस्छन् । इम्युनिटि पावर भनेको त्यही सुरक्षा हक्ति हो । 

प्रश्न : हाम्रो शरीरमा भाइरसले आक्रमण गरेपछि के हुन्छ ?

Prabhu Bank
Agni Group
NIC Asia

उत्तर : शरीरभित्र ३ तहका सुरक्षाकर्मी र भाइरसबीच घमासान युद्ध हुन्छ । यो युद्धका बेला ज्वरो आउन पनि  सक्छ । जुनसुकै संक्रामक रोगमा ज्वरो आउनु भनेको शरीरभित्र रोग विरुद्ध लडाइँ जारी छ भन्ने हो । सुरक्षा शक्ति ( इम्युनिटी पावर ) धेरै भए शरीरले जित्छ, भाइरसले हार्छ । रोग निको हुन्छ । शरीरका सुरक्षाकर्मी (antibody ) कम छन् भने भाइरसले जित्छ शरीरले हार्छ ।  मानिसको मृत्यु पनि हुन सक्छ । 

प्रश्न : अब भ्याक्सिन भनेको के हो त ? 

Global Ime bank

उत्तर : बाठा वैज्ञानिकहरूले शरीरको सुरक्षा व्यवस्थालाई नै झुक्याउने  गरी बनाएको प्रविधि हो भ्याक्सिन । 

प्रश्न : हाम्रो शरीरलाई भ्याक्सिनले कसरी झुक्याउँछ ? 

उत्तर : कोरोनाको भ्याक्सिन भनेको 'विष निकालेको' कोरोनाभाइरस नै हो । विष निकालेको कोरोनाभाइरस हाम्रो शरीरमा खोपमार्फत हाल्यो भने हाम्रो शरीर 'साँच्चिकै विष भएको' कोरोनाभाइरस आयो कि  भनेर झुक्किन्छ । त्यसपिछ लाखौं करोडौं सुरक्षाकर्मी तैनाथ गरेर भाइरससँग युद्ध गर्न तयार पारेर राख्छ । भविष्यमा सक्कली विष भएको  कोरोनाभाइरसले (अहिले हाम्रो समाजमा वरपर भएको कोरोनाभाइरस जस्तो )  आक्रमण गर्‍यो भने ती पहिला तैनाथ सिपाहीहरूले यी संक्रमण गराउन सक्ने कोरोनाभाइरसलाई समाप्त पार्छन् । त्यसपछि मानिसलाई रोग नै लाग्दैन ।

यही हो खोप लगाउने भनेको । खोप लगाएपछि रोग लाग्दैन  भनेको पनि यही कारणले हो । 
यसै गरी पोलियोको भ्याक्सिन भनेको विष निकालिएको पोलियोभाइरस नै हो । दादुराको भ्याक्सिन पनि त्यही हो । यो भ्याक्सिनको चलन धेरै दशक अगाडिदेखि चलेको हो । 

(हाल कार्यरत : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर ) 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २९, २०७७  १७:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC