site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

कोभिड–१९ का परिणामस्वरूप नेपालका स्वास्थ्य संस्थामा बच्चा जन्माउने दर ह्वात्तै घटेको, बच्चा जन्मदैँमा मरेको जन्मने दर बढेको र शिशु मृत्युदर बढेको निष्कर्ष एउटा अध्ययनबाट निस्केको छ । यसले सम्पन्न र विपन्नबीच मातृशिशु स्वास्थ्यका क्षेत्रमा असमानता बढाएको अध्ययनको निष्कर्ष छ । उपासला विश्वविद्यालय, स्वेडेन र लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनसँग मिलेर नेपाली अनुसन्धाता डा. आशीष केसीको नेतृत्वमा भएको अध्ययनको निष्कर्ष हालै प्रतिष्ठित स्वास्थ्यका क्षेत्रको विश्वमै प्रतिष्ठित पत्रिका ‘द ल्यान्सेट ग्लोबल हेल्थमा’का प्रकाशित भएको छ । कोभिड–१९ को बन्दाबन्दीपछि अस्पतालमा भएको जन्म, जन्मजात मृत्यु र जायजन्मसम्बन्धी प्राथमिक तथ्यांकका आधारमा गरिएको यो पहिलो अध्ययन रहेछ । बन्दाबन्दीभन्दा पहिलेका तुलनामा स्वास्थ्य संस्थामा हुने जायजन्मको संख्यामा लगभग आधा (४९.९ प्रतिशत) कम भएको र त्यसमा पनि जातिगत असमानता बढेको देखिएको छ । अस्पतालमा भएको जन्मजात मृत्युको संख्या पनि प्रतिहजार १४ बाट ५० प्रतिशत बढेर २१ पुगेको छ । 

नेपालले मातृशिशु स्वास्थ्यका क्षेत्रमा सन् १९९० को दशक यता उल्लेखनीय प्रगति गरेको थियो । खोप सेवालगायत प्रजनन स्वास्थ्य र मातृशिशु स्वास्थ्यका क्षेत्रमा गरिएको लगानी तथा त्यसको उपलब्धिको प्रतिफल देखा पर्न थालिसकेको थियो । नेपालमा प्रजनन दरमा अपेक्षाकृत छिटो आएको कमी, मातृशिशु मृत्युदरमा हासिल उपलब्धि र खोपलगायत प्रतिरोधात्मक स्वास्थ्य सेवाको विस्तारको सराहना विश्वले नै गरेको थियो । दुर्भाग्य, राम्ररी संस्थागत हुन नपाउँदै सबै उपलब्धि गुम्ने डर देखियो । मातृशिशु स्वास्थ्यका हकमा नेपाल सन् २०३० भित्र ‘दिगो विकास लक्ष्य’ हासिल गर्ने क्रममा रहेको मुलुकमध्येमा पथ्र्यो । विगत तीन दशकमा नेपाल मातृ मृत्यु दर ७६ प्रतिशत र नवजात शिशु मृत्यु दर ६२ प्रतिशत घटाउन सफल भएको थियो । तर, यी सबै उपलब्धि अहिले जोखिममा परेका छन् । नेपालीमा एउटा भनाइ छ – भुईँको टिप्न खोज्दा पोल्टाको खस्यो’ । कोभिड–१९ पछि नेपालको स्वास्थ्य सेवाको अवस्था पनि त्यस्तै हुन पुगेको देखिएको छ । पोल्टाको खस्यो भुईँको टिप्न सकिएन । 

Prabhu Bank
Agni Group
NIC Asia

कोभिड–१९ को संक्रमण हेर्दाहेर्दै धान्न नसकिने गरी फैलन थालेको छ । जनस्वास्थ्यका क्षेत्रमा भएका उपलब्धिहरू भने गुम्ने जोखिम देखिइसकेको छ । कोभिड–१९ को संक्रमणपछि अरू रोग लागेका बिरामी उपचार नपाएर अकालमा मरेको समाचार दिनहुँ आइरहेका छन् । अस्पतालहरूले कोभिड–१९ को शंकामा भर्ना लिन र उपचार गर्न नमान्दा मर्नेहरूको संख्या क्वारेन्टिन वा आइसोलेसनमा उपचार नपाएर मर्नेहरूको भन्दा निकै बढी छ । जनस्वास्थ्य विशेषगरी मातृशिशु स्वास्थ्यका क्षेत्रमा भएको उपलब्धि गुम्दै जान थाल्नु पनि यत्तिकै गम्भीर चिन्ताको विषय हो । यसैले सरकारले सकेसम्म यो उपलब्धि गुम्न नदिन विशेष उपाय गर्नुपर्ने देखिन्छ । कम्तीमा उपचार नपाएर मातृशिशु मृत्यु नहोस् र खोपलगायतका प्रतिरोधात्मक सेवा नरोकिऊन् भन्नेमा सबै तहका सरकार गम्भीर हुनुपर्छ । कोभिड–१९ मा मात्र केन्द्रित भएर जनस्वास्थ्यका अरू समस्यामा पर्ने असरलाई बेवास्ता गरिँदा बढी क्षति हुनसक्छ । स्वास्थ्य तथा जनसंख्यामन्त्रीले यस्ता समस्यामा ध्यान दिए  जनताका आँखामा ‘मोतिबिन्दु’ पनि लाग्ने थिएन र ‘मति’ सप्रियोस् भनेर कृष्णको पुकारा पनि गर्नुपर्ने थिएन कि ! 

       

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २९, २०७७  १६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC