site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
गीतकारको गुनासो !
Sarbottam CementSarbottam Cement

काठमाडौं । एक महिनाअघि आएको रमाइलो गीत ‘के माया लाग्छ र ?’ ले सामाजिक सन्‍जाल टिकटकदेखि फेसबुकको वालमा समेत स्थान पायो । गीतमा प्रयोग गरिएका उख्खुमै, हुरहुरी, गुटुङटुङजस्ता शब्दले केटाकेटी, युवा र पाका उमेरसम्मका सबैको ध्यान तान्यो । दुई सातामै २० लाख युट्युब भ्युज कमाउन सफल उक्त गीतको भिडियोले एक महिनामै १ करोड भ्युज पनि पायो ।

‘के माया लाग्छ र ?’ को हिटको ह्‍याङ नसकिँदै यसका सर्जक गीतकार हर्क साउदले अर्को गीत दर्शकका लागि ल्याइसकेका छन् । इलामको पृष्ठभूमि रहेको नयाँ गीत ‘तीनपाते’ मा उनले तीनपाते लाई विम्बका रुपमा प्रयोग गरेका छन् । 

गीतको शीर्षक वा भनौं हुकलाइनबारे प्रस्ट्याउँदै भन्छन्, “तीनपाते चिया एकदमै महँगो हुन्छ । त्यो चिया टिप्‍ने उचित समय हुन्छ । समयभन्दा अघि र पछि टिप्दा त्यसको मूल्य हुन्‍न । त्यस्तै माया पनि अमूल्य हुने कुरालाई मैले तीनपाते मायासँग तुलना गरेको छु ।”

Prabhu Bank
Agni Group
NIC Asia

अघिल्लो गीतले जस्तो चर्चा नपाइहाले पनि विस्तारै यसले चर्चा बटुल्नेमा आशावादी हुँदै उनी सुनाउछन्, “यसको जनरा नै फरक हो । त्यो रमाइलो भयो भने यो सन्देशमूलक गीत भयो । हामीलाई चटपटे खाने बानी छ त्यसैले खीर खान अलिकति समय लाग्छ ।”

गीतकारको तीन वर्षको छोटो यात्रामा उनको रचना पनि कमै छन् । उनले जम्मा १३ वटा गीतको रचना गरेका छन् । जसमध्ये ‘साँइली’, ‘क्याप्टेन’को कर्ली-कर्ली कपाल, के माया लाग्छ र ? उनका हिट गीतमा गनिन्छन् । उनले अहिलेसम्म रचना गरेका गीतहरूमध्ये ’के माया लाग्छ र?’ को चर्चाले उनलाई विशेष खुसी र स्थान दिएको उनी विश्वास गर्छन् ।

Global Ime bank

उनको पहिलो गीत ‘साँइली’ दर्शकले निकै रुचाएका थिए । डेब्यु गीतबाटै राम्रो सुरुवात गरेका उनका रचना बजारमा आउँदा चर्चामा कि त गायक गायिका आउथेँ कि त भिडियोमा अभिनीत कलाकारहरू । तर ‘के माया लाग्छ र ?’ ले भने  उनकै खोजी भएको उनले अनुभूत गरे । यसको कारणबारे उनी भन्छन्, “यो गीत वरिपरि अरु नआएर पनि होला” उनी अगाडि थप्छन् “अर्को कुरा गीतमा शब्द र लेखाइको प्याटर्न पनि अरुभन्दा भिन्‍न भएकाले हुन सक्छ ।”

गीत हिट हुँदा प्राय: मिडियामा गायक र कलाकार नै देखिन्थे । उनको अघिल्लो गीतहरूमा पनि त्यस्तै भयो । तर योपटक भने सञ्चारमध्यमले उनको पनि खोजी गर्‍यो ।  हुन त दिग्गज अनि राम्रो गीतकारहरूलाई मिडियाले योभन्दा अघि पनि नसम्झेको भने होइन । रत्‍नशमशेर थापा, राजेन्द्र थापा, कृष्णहरि बराल, दिनेश अधिकारी, श्रीपुरुष ढकाल, क्षेत्रप्रताप अधिकारी आदिलाई मिडियाले राम्रो स्थान दिएका थिए र छन् पनि ।

नाम र दाम दुवै छैन

हर्क यो पेसामा नाम र दाम दुवै नभएको दुखेसो पोख्छन् । विगतमा फर्किंदै आफ्नै चलचित्रको एक हिट गीतको नरमाइलो घटना पोख्छन् । “एउटा ठूलो ब्यानरकै चलचित्र थियो । त्यसको एउटा गीत मैले लेखेको थिएँ । गीत रिलिजको दिन थियो म पनि उपस्थित थिएँ । तर उद्घोषकले गीतकार, संगीतकार र गायक तीनवटैमा एउटैको नाम लिए । जब की गीत लेख्‍ने व्यक्ति म त्यहीँ बसिरहेको छु ।” त्यसपछि उनी मन खिन्‍न बनाउँदै कार्यक्रम बीचमै छाडेर त्यहाँबाट निस्किए । 

यो त प्रतिनिधि घटना मात्रै हो । उनले यस्ता कैयौं घटनाको सामना गरिसकेका छन् । जुन घटनाले उनको मन भाँचिएको छ । यद्यपि उनी आफ्नो रचनामा यसको प्रभाव पार्न नदिने प्रयाशरत छन् । 

युटयुबको भ्युजको केही प्रतिशत गीतकारलाई जानुपर्छ

यस पेसामा नाम सँगसँगै दाम पनि नभएको गुनासो गीतकारहरूले वषौंदेखि गर्दै आइरहेका छन् । गीतकार हर्क पनि योबाट अछुतो हुने कुरै भएन । नेपालमा गीतकारले सुरुमै आफ्नो गीतको पैसाा लिएर कपिराइट लगानीकर्तालाई दिइसकेका हुन्छन् । जसका कारण युट्युबबाट जति कमाइ भए पनि त्यसमा गीतकारको कुनै हिस्सा हुँदैन ।

यद्यपि गीत-संगीतको यो चलनप्रति गीतकार साउद असन्तुष्टि दर्साउँछन् । उनका अनुसार युट्युबमा आउने भ्युजका आधारमा गीतकारले पनि केही प्रतिशत पाउने हुँदो हो त गीतकारको पनि एउटा राम्रो स्तर हुने कुरामा उनी जोड दिन्छन् । 

“मेरा कति गीतले करोड भ्युज कमाइसकेका छन् । भनेपछि त्यसको कमाइ पनि कहाँ पुगिसक्यो होला । तर विडम्बना त्यो गीतबाट मैले पाएको पारिश्रमिकले दुई बोरा चामल पनि मुस्किलले आउँछ होला,” उनले गीतकारको स्थिति चित्रण गरे ।
जस्तै उनले लेखेको ‘दुबो फूल्यो’ गीतले ३ करोड भ्युज कमाइसकेको छ भने उनको पछिल्लो गीत ‘के माया लाग्छ र’ र ‘कर्ली कर्ली कपाल’ को करोड भ्युज कटिसकेको छ । 

तर यस आधारमा आम्दानीको केही प्रतिशत त टाढाको कुरा निर्माण टिमले उनलाई सम्झिन पनि जरुरी ठान्दैन ।

नाम र दामबिना रचना गर्न बाध्य गीतकार

केही साताअघि भारतमा गीतकारहरूले क्रेडिटको माग गर्दै म्युजिक भिडियो निकाले । साउदलाई पनि उनका एक साथीले ‘तेरो हालत हेर’ भन्दै गीतको लिंक पठाएका थिए ।

नेपालमा गीतकारको अवस्था त्योभन्दा पनि दयनीय भएको उनको बुझाइ छ । “हामीले आफ्नो गीतले पाएको सफलताअनुरुप डिमान्ड गर्न सक्ने स्वतन्त्रता पनि छैन,” उनी तीतो यथार्थ सुनाउँदै भन्छन्, “यहाँ म नभए अर्को आउँछ भन्‍ने छ ।”

गीतकार संघले गीतकारहरूको (रेट) यति यति भनेर मापदण्ड तय नगरेकाले पनि गीतकार सधैं अन्याय र छायामै पर्ने उनी बताउँछन् । “चलचित्रमा, एल्बममा गाउँदा यति रकम, यति ओटा गीत हिट भइसकेको गीतकारको यति र अग्रजको यति भनेर रेट र क्लास छुट्याइदिनुभयो भने हामीले अन्यायबिना काम गर्न पाउने वातावरणको सिर्जना हुन्थ्यो की,” उनी भन्छन् ।

चलचित्र र म्युजिक भिडियो दुवैका लागि काम गरिसकेका उनी यी दुईमध्ये म्युजिक भिडियोमा काम गर्न रुचाउँछन् । 
चलचित्रको त बजेट पनि धेरै हुन्छ त्यहीअनुरुप पारिश्रमिक पनि म्युजिक भिडियोमा भन्दा बढी हुन्छ होला नि भन्‍ने प्रश्नमा उनी भन्छन्, “चलचित्रले त फ्री मै गरिदियोस् भन्‍ने चाहना राख्छ, चाहे जति नै ठूलो ब्यानर होस् । गीतकार, कम्पोजर, अडियो सबै ४०, ५० हजार भित्रै सकियोस् भन्‍ने गर्छ जबकि सोही गीतका लागि उनीहरूले २०औं लाखको सेट बनाउन तयार हुन्छन् । २० लाखमा १८ लाखको सेट बनाएर बाँकी २ लाख गीतकार, कम्पोजर अडियोको लागि छुट्योस् न ।”

यसरी जन्मियो हिट गीत ‘साँइली’ 

करिब १० वर्षदेखि बागबजारमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आइरहेका हर्क रहरै रहरमा संगीत क्षेत्रमा प्रवेश गरेका थिए । चर्चित संगीतकार तथा गायक कालीप्रसाद बास्कोटाको मित्रताले यसतर्फ मोडिएका उनी अब यो पेसालाई पनि सँगसँगै लैजाने योजनामा छन् ।

बास्कोटा उनको रेस्टुरेन्ट आइरहन्थे एकदिन आफ्नो नयाँ कम्पोजिसन गर्न सक्छौ भनेर हर्कलाई सोधे । अगाडि कहिले नखेले पनि उनलाई सक्छु भन्ने विश्वास थियो र हुन्छ भनिदिए ।

दर्शकको अगाध मायाले अझै जिम्मेवारी बोध महसुस गरिरहेका उनी यस्तै मौलिक शब्द र भाका आफ्नो आगामी दिनमा पनि देख्‍न पाउने वाचा गर्छन् ।

कुनै पनि गीत हिट हुनुलाई (कन्सेप्‍ट) र शब्दले महत्त्व राख्‍ने कुरामा हर्क विश्वास गर्छन् । तर शब्द उत्कृष्ट हुनलाई अध्ययन र अनुसन्धान जरुरी रहेको उनी बताउँछन् ।

एक बसाइँमै एउटा गीत लेख्‍ने हर्क हरेक गीतमा हराइसकेका पुराना मौलिक शब्दलाई पुनः ब्युत्याउने प्रयासमा हुन्छन् । केही शब्द आफ्नै मस्तिष्कमा भएका उतार्छन् भने केहीका लागि भने सोही परिवेश र क्षेत्र तथा भाषासँग सम्बन्धित लेखहरू पढ्ने गर्छन् ।

हर्कका अनुसार आजको समयमा गीत चर्चामा ल्याउन मद्दत गर्ने स्रोत भनेको ‘टिकटक’ नै हो । उनको पछिल्लो गीत ‘तीनपाते’ पनि टिकटकमा देखिन थालिसकेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २८, २०७७  १८:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC