site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

भारतको विहार र उत्तरप्रदेश प्रान्तका मुख्यमन्त्रीहरूले नेपालले बाढी नियन्त्रणमा सहयोग नगरेको गुनासो आफ्ना प्रधानमन्त्रीसमक्ष गरेको समाचार भारतीय सञ्चार माध्यममा आएका छन् । बाढीको अवस्था बुझ्न आयोजना गरिएको भर्चुअल बैठकमा विहारमा मुख्यमन्त्रीले कोसीमा नेपाली पक्षको असहयोगका कारण का मगर्न नपाएकाले बाढीको खतरा रहेको गुनासो गरे । उत्तरप्रदेशका मुख्यमन्त्रीले गण्डक नहरमा नेपालमा हुनेगरेको काम हुननसक्ता बाढीको जोखिम बढेको दाबी गरेको समाचारमा बताइएको छ । समाचारमा भारतका प्रधानमन्त्रीले नेपालका सन्दर्भमा कुनै निर्देशन वा आश्वासन दिएको भने उल्लेख गरिएको छैन । भारतीय सञ्चार माध्यममा पनि लगभग यही दृष्टिकोण प्रचार प्रसार भएको देखिन्छ । पक्कै पनि विवेकी र आलोचनात्मक चेत भएकाहरूबाहेक जनसाधारणको पनि यस्तै धारणा हुनसक्छ । जेहोस्, भारतीय संस्थापनको बाढीका विषयमा रहेको दृष्टिकोण यस बैठकबाट प्रकट भएको छ । 

पक्कै पनि विहार र उत्तरप्रदेशका जनताले बर्सेनि बाढीको प्रकोप भोग्नु परेको छ । नेपालमा ठूलो वर्षा भयो भने भारतीय भूमिमा पनि बाढी आउँछ । तर, यसको कारण भने विहार र उत्तरप्रदेशका मुख्यमन्त्रीले भनेजस्तो नेपालको असहयोग होइन । कोसी र गण्डकमा नहरको नियन्त्रण भारतीय पक्षले गर्छ । बाँकी नदीहरूमा कतै पनि भारतको बाढीलाई प्रभावित पार्नसक्ने कुनै संरचना नेपालले बनाएको छैन । यसैले नेपालले असहयोग गरेका कारण बाढीको कहर काट्नु पर्ने भयो भन्ने दुवै प्रदेशका मुख्यमन्त्रीको आरोप सही देखिँदैन । बरु, यी दुई प्रान्तमा नेपालको सीमा नजिक बनाइएका सडक, तटबन्ध र बाँधजस्ता संरचनाबाट पानीको प्राकृतिक बहाव रोकिँदा नेपाली भूभाग डुबानमा पर्दैआएको छ । आफ्नो यही गल्ती लुकाउन मुख्यमन्त्रीहरूले नेपालतिर औँला तेर्स्याएका त हैनन् ? 

Agni Group

नेपालको सीमा तीनतिर भारतसँग जोडिएको छ । भारतका बंगाल, विहार, उत्तरप्रदेश र उत्तराखण्ड प्रान्तसँग स्थल सीमा जोडिएको छ । यीमध्ये बंगालबाहेक अरू प्रान्तमा केन्द्रमा सत्तारुढ भारतीय जनता पार्टी सरकारमा छ । यसैले पनि यी मुख्यमन्त्रीहरूको आरोपलाई नेपालले गम्भीरतापूर्वक लिएर नेपाली र भारतीय जनताले बुझ्ने गरी यथार्थ सार्वजनिक गर्नु उचित हुनेछ । प्रशासनिक कुनै कारणले साँच्चै उनीहरूले गुनासो गरेजस्तै नेपालले सहयोग नगरेको हो भने त्यो गलत भयो । बाढीको विनाश र मानवीय तथा वातावरणीय क्षतिका दृष्टिले हेरेर यस्ता मामिलामा सम्बन्धित अधिकारीहरू संवेदनशील हुनुपर्छ । नेपालका सबै नदी दक्षिण बगेका छन् र नेपालमा धेरै पानी परेमा नदीले भारतमै लैजान्छन् । वर्षामा ओइरिएको बढी पानी यता रोक्न सकिँदैन र रोक्न खोज्नु पनि हुँदैन । 

नेपालको सीमाभित्र उच्च बाँधहरू बनाउन सके भारतमा बाढी रोकिन्थ्यो भन्ने सोच स्वयंमा खतरनाक हो । यहाँको भौगोलिक अवस्थाका बारेमा विचार गर्नेबित्तिकै ठूला बाँधबाट अकल्पनीय क्षति हुनसक्छ भन्ने स्पष्ट हुन्छ । भारत सरकारले गंगा र कोसीको चरित्रअनुसार आफ्नो भूभागमा भूउपयोग नीति अपनाएको भए सायद बाढीबाट जनधनको ठूलो क्षति हुने थिएन । कोसी वा गण्डकीको बाढी बाँध बाँधेर वा अरू कुनै प्रकारले तह लगाउन खोज्नु खहरे खोलामा तटबन्द गर्नुजस्तै मूर्खता हो । यसैले नेपालले भारतलाई स्पष्ट शब्दमा असहयोग गर्ने नीति रहेको स्पष्ट पारिदिनु उचित हुनेछ । के अर्को साता हुने भनिएको नेपाल – भारत बैठकमा नेपाली अधिकारीहरूले बाढी नियन्त्रणमा असहयोग गरेको आरोपको अनौपचारिकै सही प्रतिवाद गर्लान्  त ?   
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २८, २०७७  १६:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC