site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ट्विटरमा नयाँ फिचर थपियो– निश्चित व्यक्तिले मात्र रिप्लाइ दिन पाइने 
Ghorahi CementGhorahi Cement

एजेन्सी । ट्विटरले हालै मात्र ट्वीटमा रिप्लाइ गर्ने सम्बन्धी नयाँ फिचर सार्वजानिक गरेको छ जसमा कति जनाले वा क–कसले रिप्लाइ दिन पाउँछ भन्ने प्रयोगकर्ताले निर्धारित गर्न सक्नेछन् ।  यो सबै ट्विटर प्रयोगकर्ताका लागि उपलब्ध छ जसमा तीनवटा अप्सन हुन्छ – सबैले रिप्लाइ गर्न पाउने, आफूलाई फलो गर्ने अकाउन्टले मात्र रिप्लाइ गर्न पाउने वा आफूले मेन्सन गरेको व्यक्तिले मात्र रिप्लाइ गर्न पाउने । 

यसमा अन्त्यका दुई अप्सन छनोट गरेमा निर्धारित व्यक्तिबाहेक अन्य अकाउन्टले रिप्लाइ गर्न सक्ने छैनन् । वास्तवमा ट्विटरले यो फिचर गत मे महिनामै ल्याएको थियो तर त्यस समय यो केबल परीक्षणको चरणमा थियो । 

Agni Group

यसरी यो नयाँ फिचरले ट्विटर प्रयोगकर्तालाई आफूले चाहेको व्यक्तिसँग मात्र अन्तरक्रिया गर्ने अवसर दिलाइ अनावश्यक ट्विटको सामना गर्नु नपर्ने बनाइदिने विश्वास गरिएको छ । त्यसैगरी यसले अनलाइन ट्रोल र नराम्रा कमेन्टहरुलाई पनि सीमित गराउने आशा गरिएको छ । 

यसमा कुनैपनि ट्विट पोस्ट गर्नु अगाडि ट्वीटरले ‘हु क्यान रिप्लाइ’ अर्थात कस्ले रिप्लाइ गर्न पाउँछ भनेर प्रश्न गर्नेछ जसमा हामीले सबै, आफूलाई फलो गर्ने अकाउन्ट वा आफूले मेन्सन गरेको व्यक्ति मात्र मध्येमा कुनै एक चुन्न सक्छौँ । यसले ट्वीटर संवादलाई अर्थपूर्ण बनाउने र प्रयोगकर्ताहरुले पनि सुरक्षित महसुस गर्ने कम्पनीले बताएको हो । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २८, २०७७  १५:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC