site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
 कञ्‍चनपुरको क्‍वारेन्टिनमा करेन्ट लागेर एक महिलाको मृत्यु 
Sarbottam CementSarbottam Cement

कञ्‍चनपुर । कञ्‍चनपुरको कृष्णपुर नगरपालिका-६ मा रहेको एक क्‍वारेन्टिनमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । 

कृष्णपुर-६ स्थिति महाकाली नमुना माध्यमिक विद्यालय, वसन्तपुरमा रहेको क्‍वारेन्टिनमा करेन्ट लागेर मंगलबार २३ वर्षीया राधा वडको मृत्यु भएको मृतकका जेठाजू लक्ष्मण वडले पुष्टि गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार मृतक राधा, उनका श्रीमान शम्भु वडसहित परिवारका ६ जना सदस्य मंगलबार नै भारतको बैंग्लोरबाट आएका थिए । उनीहरु क्‍वारेन्टिनमा पुगेर सरसफाईका लागि धारामा जाने क्रममा धारमा जोडिएको मोटरबाट करेन्ट लागेर मृत्यु भएको हो । 

उनलाई करेन्ट लागेर छटपटिँदासमेत कोरोना सर्छ भन्‍ने त्रासले कसैले पनि उद्धार नगरेको पीडित परिवारको गुनासो छ । नगरपालिकालाई खबर गर्दा समेत एम्बुलेन्स नभएको जवाफ फर्काएको र प्रहरीले पनि बेवास्ता गरेको बताइएको छ । 

Global Ime bank

कसैले सहयोग नगरेपछि उनका जेठाजूले पिठ्यूँमा बोकेर तीन किलोमिटर टाढा पुर्‍याएपछि 'अटोरिक्सा' पाइएपछि उक्त रिक्सामा राखेर अत्तरियास्थित पदमा अस्पताल पुर्‍याइएको थियो । पद्‌मा अस्पताले उनलाई सेती प्रादेशिक अस्पताल रिफर गरेको थियो । 

सेती अस्पताल पुर्‍याएको केही समयपछि नै उनको मृत्यु भएको हो । 

यसअघि उक्त धारामा जोडिएको मोटरबाट करेन्ट लागेर एक कुकुर पनि मरेको र धारामा जाने अन्य व्यक्तिलाईसमेत करेन्टको झड्का लागेको थियो । पटक-पटक उक्त विद्युतको तार बनाउन आग्रह गर्दा क्‍वारेन्टिन व्यवस्थापले कुनै वास्ता नगरेका कारण आफ्नो परिवारको सदस्यले मृत्युवरण भएको पीडित परिवारको गुनासो छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २७, २०७७  २२:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC