site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नारायणी अस्पतालका चिकित्सक र नर्ससहित साढे ३ सय कर्मचारीले दिए सामूहिक राजीनामा
Sarbottam CementSarbottam Cement

फाइल तस्बिर । 


काठमाडौं । नारायणी अस्पतालका ३ सय ५० कर्मचारीले सामूहिक राजीनामा दिएका छन् ।  अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले कोरोना संक्रमितको उपचारमा २४ घण्टा खटिने चिकित्सक, नर्स, स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने लगायतका कार्य भएपछि बाध्य भएर सामूहिक राजीनामा दिन बाध्य जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार राजीनामा प्रमुख जिल्ला अधिकारीलाई बुझाएका छन् । "तर, स्वीकृत भएको छैन," उनले भने, "अहिले सेवा दिइरहेकै छौं ।"

चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र अन्य कर्मचारीको शान्ति सुरक्षा गरिनुपर्ने, स्वास्थ्यकर्मीलाई आक्रमण गर्नेलाई कारबाही गर्नुपर्ने लगायत माग गर्दै राजीनामा बुझाएको उनले बताए । 

Global Ime bank

गत साउन २४ गते विहान वीरगञ्ज छपकैयाकी एक २० वर्षीय युवतीको अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो  । सोही विषयलाई लिएर साउन २५ गते अस्पतालको आकस्मिक कक्षमा छिरेर तोडफोड गरेका थिए । 

तोडफोडका क्रममा अस्पतालका झ्यालका सिसा फुट्नुका साथै स्वाब संकलन गर्ने बुथमा समेत क्षति भएको छ । उनीहरुले अस्पतालका चिकित्सकविरुद्ध नाराबाजी समेत गरेको अस्पतालकै एक नर्सले बताइन् ।

  

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २७, २०७७  २१:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC