site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आईसीयूमा उपचाररत संक्रमित कुन प्रदेशमा कति ?
Sarbottam CementSarbottam Cement

काठमाडौं  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाका अनुसार पछिल्लो चौबीस घण्टामा आईसीयू र भेन्टिलेटरमा ८८ संक्रमित उपचाररत छन् । जसमध्ये ८५ संक्रमितको आईसीयूमा र तीनजनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । 

प्रदेश १ मा एकजना, प्रदेश २ मा ४३ जना, वाग्मती प्रदेशमा ३५ जनाको आईसीयू र तीनजनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यसैगरी, प्रदेश ५ मा  ६ संक्रमितको आईसीयूमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारीले जानकारी दिए । गण्डकी, कर्णाली र सुदूपश्चिम प्रदेशमा आईसीयू र भेन्टिलेटरमा संक्रमित नरहेको समेत मन्त्रालयले जनाएको छ । 

होम-आइसोलेसनमा बस्‍ने कुन प्रदेशमा कति ?
कोरोना संक्रमण देखिएर होम-आइसोलेसमा २२४ जना बसेको पाइएको छ । 

Global Ime bank

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार होम-आइसोलेसनमा प्रदेश १ मा ४०, प्रदेश ५ मा १४५, कर्णाली प्रदेशमा चारजना छन् । 

प्रदेश २, गण्डकी प्रदेश र सुदूपश्चिम प्रदेशमा कुनै पनि संक्रमित होम-आइसोलेसनमा नरहेको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमितको उपचारका लागि एक हजार १३४ आईसीयू बेड र पाँच सय ७६ भेन्टिलेटर छुट्याएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २७, २०७७  १८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC