site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चीनले भन्यो– भारतसँग रणनीतिक विश्‍वास कायम गर्नु पहिलो प्राथमिकता 
Ghorahi CementGhorahi Cement

बेइजिङ । चिनियाँ विदेश मन्त्रालयले विवादित सीमा क्षेत्रहरुमा शान्ति कायम गरेर भारतसँग रणनीतिक विश्वास कायम गर्नु चीनको कूटनीतिक प्राथमिकता भएको बताएको छ । विदेश मन्त्रालयले आगामी दिनमा चीनले छिमेकी मुलुकहरुका साथ ‘साझा हित’ विस्तार गर्ने प्रयास गर्ने पनि जनाएको छ ।

समाचार एजेन्सी सिन्हुआको प्रश्नको जवाफमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजियानले चीन र भारतले मिलेर सीमामा शान्ति, सुरक्षा कायम गर्नुपर्ने र द्विपक्षीय सम्बन्धहरुलाई मजबुतीका साथ अगाडि बढाउनुपर्नेमा बताए ।

Agni Group

उनले भने, “हामी छिमेकी देश र अन्य विकासशील देशहरुका साथ पारस्परिक विश्वास र साझा हित बढाउने दिशामा काम जारी राख्छौं ।”

समाचार एजेन्सी सिन्हुआले विदेश मन्त्रालयका प्रवक्तासँग कोविड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय कूटनीतिमा परिवर्तन आएको अवस्थामा चीनले अमेरिका, रूस, युरोपियन युनियन, जापान र भारतका कस्तो प्रकारका कूटनीतिक प्राथमिकताहरु तय गरिरहेको छ भन्ने बारेमा प्रश्न गरेको थियो ।

Global Ime bank

यद्यपि, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले पूर्वी लद्दाखमा लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा जारी दुई देशबीचको तनावका बारेमा भने केही प्रतिक्रिया नदिएको बीबीसीले जनाएको छ ।

एलएसीमा दुवै देशका सैनिकहरुका बीचमा हिंस्रक झडपपछि भारत र चीनबीच कैयौं पटक कूटनीतिक र सैन्य छलफल भइसकेको छ । तर, ती छलफलहरु परिणाममुखी हुन सकेका छैनन् । -बीबीसी

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २७, २०७७  १५:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC