site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसको पुनर्जागरणका लागि रामचन्द्र पौडेलले अघि सारे ७ दृष्टिकोण
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेसको पुनर्जागरणका लागि आफ्ना ७ बुँदे दृष्टिकोण सार्वजनिक गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत अघि सारेको दृष्टिकोणमा पार्टीमा नवजीवन, लोकतान्त्रिक समाजवाद, समुन्नतिका आधार, हाम्रो बसोबास, व्यवस्थाको प्रश्न, सामाजिक धार्मिक सद्भाव, परराष्ट्र सम्बन्ध रहेका छन् ।
यस्ता छन् पौडेलले अघि सारेका ७ दृष्टिकोण 

Prabhu Bank
Agni Group
NIC Asia

१. पार्टीमा नवजीवन – ‘निमुखालाई न्याय र विपन्नलाई आय’ साकार पार्न कर्मशील कांग्रेसको निर्माण । सैद्धान्तिक विचलन नभएको स्वच्छ छवि । देशभक्ति र फराकिलो राष्ट्रवादी विचार । संसद, सडक र बस्ती–बस्तीमा भरोसाको केन्द्र कांग्रेस । न्याय, पारदर्शी मुल्यांकन र निष्पक्षता पार्टी एकताको आधार ।
 
२. लोकतान्त्रिक समाजवाद – उत्पादनमुखी अर्थनीति, गाउँमुखी विकास, जनमुखी शासन । युवा–केन्द्रित रोजगारी सिर्जना । श्रमको सम्मान गर्ने संस्कृति । एकीकृत सामाजिक सुरक्षा । सार्वजनिक दायित्व बहन गर्ने गतिशील निजी क्षेत्र । जिम्मेवारीबाट नपन्छिने, जतासुकै हस्तक्षेप नगर्ने कल्याणकारी राज्य । मानवीय न्याय, स्वतन्त्रता, मानवीय खुशी र सुखी समाजवादका अन्तिम लक्ष्य ।
 
३. समुन्नतिका आधार – प्रविधि प्रयोगी दक्ष नागरिक । स्वच्छ उर्जा । उच्च उत्पादकत्व सहितको रोजगारमुखी कृषि । बहुआयामिक वातावरण–मैत्री पर्यटन । प्रतिस्पर्धी बजारसँग गाँसिएको उद्योग–व्यवसाय । दूरी र लागत घटाउने पूर्वाधार ।
 
४. हाम्रो बसोबास – स्वच्छ पानी, हावा र खुला मैदानसहितका सुरक्षित बस्तीहरुको सञ्जाल । स्थानीय रोजगारी र आम्दानी, सबैलाई गुणस्तरीय शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवा, सुरक्षा र सम्मान । नेपाली गाउँको मौलिक चरित्र झल्काउने आधुनिक नगरीकरण ।
 
५. व्यवस्थाको प्रश्न – ७० वर्षको संघर्षबाट प्राप्त बहुलवादमा आधारित संसदीय समावेशी प्रणालीको जगेर्ना । मौलिक हक र विधिको शासनको प्रत्याभुति । भ्रष्टाचार विरुद्ध कठोर संघीय सुशासन । बारम्बार नयाँ प्रयोगको निरुत्साहन, निरन्तर क्रमिक सुधारको मार्ग प्रशस्त गर्ने पद्धति ।
 
६. सामाजिक–धार्मिक सद्भाव – समाजका हरेक समुहबीच सहकार्य । सनातनदेखि चलिआएको धर्म, परम्परा र संस्कृतिको संरक्षण । सामाजिक पुँजीको जगमा सामुदायिक विकास ।
 
७. परराष्ट्र सम्बन्ध – नेपालको अखण्डता र स्वाभिमानको रक्षा । बलियो अर्थ–कुटनीतिक अभ्यास । भाइचारामा आधारित असंलग्न नीति । विभिन्न ध्रुवमा विभक्त विश्व व्यवस्थामा नेपाल र नेपालीको मौलिक पहिचानको प्रवद्र्धधन ।


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७  १७:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC