site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोना नियन्त्रणका लागि सरकारलाई कांग्रेसका १३ सुझाव, नागरिकलाई चार अपिल
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसको कोभिड—१९ अनुगमन समितिले महामारीका रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि अबिलम्ब कदम चाल्न सरकारलाई फेरि सुझाव दिएका छ ।

समितिले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरेर सरकारलाई कोरोना नियन्त्रणका लागि सरकारले गर्नुपर्ने कार्यका बारेमा विभिन्न १३ बुँदे सुझाव दिएको हो ।

यी हुन् कांग्रेसको कोभिड—१९ अनुगमन समितिले दिएका सुझावहरु :

Prabhu Bank
Agni Group
NIC Asia

१.    लकडाउन खोलिए यता पनि नेपालको आर्थिक सामाजिक क्षेत्र पूर्णरुपमा सुचारु हुने अवस्था छैन । देशको शिक्षा तथा अर्थतन्त्रका धेरै क्षेत्रहरु लामो समय जोखिममा रहने अवस्था छ । हामीले यस विषयमा उठाउँदै आएका जोखिम न्यून गर्ने उपायतर्फ सरकार गम्भीर बनोस्, हामी फेरि यो माग गर्दछौं ।

२.    सम्भावित संक्रमितहरुलाई सीमामा प्रवेश रोक्न कडाईका साथ व्यवस्थापन गरियोस् ।

Global Ime bank

३.    संक्रमण समुदायमा गैसकेको स्थिति भएकोले सम्भावित संक्रमित ठाउँहरुको सघन अनुगमनका आधारमा त्यस्ता क्षेत्रहरुमा लक्षित गरी परिक्षणको दायरा व्यापक बनाइयोस् ।

४.   पूर्ण लकडाउन देशले धान्न नसक्ने हुनाले परिक्षणको नतिजाको आधारमा संक्रमित ठाउँहरुमा लक्षित लकडाउन र आइसोलेसनको व्यवस्था गरियोस् ।

५.   खाडी देशहरुमा रोजगार गुमाई भीसा अवधि पनि सकिएकाहरुलाई तत्काल नियमित उडान गरी सस्तो दरमा देश फिर्ता गर्ने व्यवस्था मिलाइयोस् । फिर्ता हुनेहरुलाई व्यवस्थित होल्डिङ सेन्टरमा राख्ने व्यवस्था गरियोस् । साथै, आर्थिक अभावमा ठूलो संकट झेलिरहेका नागरिकहरुलाई सहयोग पु¥याउन सम्बन्धित कुटनैतिक निकायहरुलाई परिचालन गर्न सरकारसँग माग गर्दछौं ।

६.    समुदायमा संक्रमण विस्तार सँगै ज्येष्ठ नागरिकहरु संक्रमित हुँदा मृत्यु दर बढ्दो छ । विरामीको संख्या पनि बढ्दो छ । तत्काल निजी अस्पतालहरुलाई पनि सहभागी गराई कोभिड–१९ को उपचारमा परिचालन गर्ने व्यवस्था मिलाइयोस् ।

७.    आवश्यक संख्यामा भेन्टिलेटर, हस्पिटल बेड, आइसियु कक्ष, अक्सिजन र अन्य स्वास्थ्य उपकरणहरुको चाहिदो व्यवस्था मिलाइयोस् ।

८.   स्वास्थ्यकर्मी र यसमा संलग्न अन्य सहयोगीहरुको हौसला कायम राख्न कोभिड–१९ जोखिम भत्ता तत्काल व्यवस्था गरियोस् । विमाको व्यवस्थालाई तत्काल कार्यान्वयनमा ल्याइयोस् ।

९.   कोभिड—१९ सम्बन्धित स्वास्थ्यकर्मीहरुको अभाव देखिएको छ । भविष्यमा थप स्वास्थ्यकर्मीहरुको आवश्यकतालाई समेत ध्यानमा राखी तत्काल आवश्यक तालिमको व्यवस्था मिलाई स्वास्थ्यकर्मीहरुको अभाव हुन नदिने व्यवस्था सुनिश्चित गरियोस् ।

१०.  क्वारेन्टाइन केन्द्रहरुलाई मापदण्ड अनुसार बनाउने व्यवस्था तत्काल गरियोस्, त्यसको लागि आवश्यक आर्थिक सहयोग स्थानीय निकायहरुलाई दिइयोस् ।

११.   कुनै पनि नागरिक कोभिड—१९ सम्बन्धी होस् वा अन्य विरामी हुन् उपचारको ढोका बन्द भएर मर्नु हुँदैन । वीरगञ्ज लगायतका अन्य ठाउँहरुमा उपचारको ढोका बन्द हुँदा मर्नु परेको घटना अत्यन्त दुःखदायी छ । यो अवस्थाको तत्काल अन्त्य गरियोस् ।

१२.  कोभिड–१९ रोकथामका लागि विभिन्न औषधीहरुको प्रभावकारिताका आधारमा प्रयोग भैरहेको छ । त्यसको निर्णय उपचारमा संलग्न विज्ञ डाक्टरहरुले गर्ने हो । सरकारले त्यस्ता औषधी तथा अन्य स्वास्थ्य उपकरणहरुको आयात निजी क्षेत्रलाई खुला गरोस् ।

१३.   कोभिड—१९ नियन्त्रणका लागि सरकारले बनाएको संयन्त्र पूर्ण रुपमा असफल भएको छ । तत्काल कोभिड—१९ नियन्त्रणका लागि प्रभावकारी नेतृत्वलाई जिम्मेवारी दिइयोस् । स्वास्थ्य मन्त्रालयमा समेत योग्यता, वरिष्ठता र व्यवसायिकतालाई वेवास्ता गरिदा नेतृत्व अप्रभावकारी देखिएको छ । वरिष्ठता र व्यवसायिकताका आधारमा स्वास्थ्य मन्त्रालयमा जिम्मेवारी दिइयोस् ।

कांग्रेसले कोरोना नियन्त्रणका लागि सरकार संवेदनशील नभएका कारण संक्रमणले व्यापक रुप लिन सक्नेभन्दै नागरिकलाई आफ्नो सुरक्षा आफै गर्न पनि आग्रह गरेको छ । अनुगमन समितिले कोरोनाका कारण समस्यामा परेका नागरिकहरुलाई सक्दो सहयोग गर्न पार्टीका नेता–कार्यकर्ताहरुलाई आह्वान पनि गरेको छ ।

समितिले नेता–कार्यकर्ताहरुलाई अनिवार्य रुपमा सावधानी अनुसरण गर्न पनि आग्रह गरेको छ ।  

कांग्रेसले अनिवार्य रुपमा अनुसरण गर्न भनेका कार्यहरु

१.    मास्क लगाउन कुनै पनि हालतमा नर्बिसौं ।

२.    एक अर्कासँग भेट्दा अनिवार्य रुपमा भौतिक दूरी कायम राख्न नभुलौं । 

३.    स्यानीटाइजरको प्रयोग गर्ने र सावुन पानीले पटक–पटक हाँत धुने कुरालाई अनिवार्य रुपमा अवलम्वन गरौं ।

४.   अत्यावश्यक काममा मात्र सार्वजनिक स्थलमा हिडडुल गरौं । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७  १७:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC