site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रत्यायोजित समितिमा उपसमिति गठन
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले काम कारबाहीलाई व्यवस्थित रुपमा सम्पादन गर्न तीनवटा उपसमिति गठन गरेको छ ।

समितिको सोमबार बसेको बैठकमा सभापति रामनारायण बिडारीले कोभिड रोकथाम तथा नियन्त्रणका लागि काम गर्न अप्ठ्यारो भएको अवस्थामा समितिका कार्यहरु व्यवस्थित र प्रभावकारी रुपले सम्पादन गर्न उपसमिति गठन गरिएको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रियसभा नियमावलीको नियम १५२ बमोजिम विभिन्‍न कार्यदेश र कार्यावधि भएको उपसमितिहरु गठन गरिएको बिडारीले बताए । समितिले प्रत्यायोजित व्यवस्थापन उपसमिति, सरकारी आश्वासन उपसमिति, राष्ट्रिय महत्त्वका दस्ताबेज अभिलेख संरक्षण उपसमिति गठन गरेको हो । सबै समितिको कार्यअवधि तीन महिनाको छ ।

प्रत्यायोजित व्यवस्थापन उपसमितिमा संयोजक राधेश्याम अधिकारी र सदस्यहरुमा अगमप्रसाद वान्तवा राई, नरपति लुवार  र नैनकला ओझा छन् । यो उपसमितिले मन्त्रालयले बनाएका प्रत्यायोजित विधायनहरु अध्ययन गरी समितिमा प्रतिवेदन पेस गर्नुपर्ने छ ।

Global Ime bank

यस्तै सरकारी आश्वासन समितिमा संयोजक शेरबहादुर कुँवर र सदस्यहरु विना पोखरेल, शान्तिकुमारी अधिकारी जीसी र हरिराम चौधरी छन् । यो समितिले सरकारका तर्फबाट भएका आश्वासन र प्रतिबद्धताहरुको अध्ययन गर्ने र प्रतिवेदन पेस गर्नेछ । 

राष्ट्रिय महत्त्वका दस्ताबेज अभिलेख संरक्षण उपसमितिमा संयोजक समिति सभापति रामनारायण बिडारी र सदस्यहरु गोपाल भट्टराई, चन्द्रबहादुर खड्का, तुलसाकुमारी दाहाल,  सुमित्रा बीसी छन् । यो उपसमितिले राष्ट्रिय महत्त्वका दस्ताबेज अभिलेख सरंक्षणका सम्बन्धमा छलफल र अध्ययन गरी नीतिगत विषयहरु समेटेर प्रतिवेदन तयार गरी समितिमा पेस गर्नुपर्नेछ ।

कोभिड १९ संक्रमणको अवस्था बढ्दै गएकाले समितिको बैठक १५ दिनसम्म नबस्‍ने भएको छ । सभापति बिडारीले १५ दिनपछिको स्थिति हेरेर बैठक बस्‍ने वा नबस्‍ने निर्णय हुने बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७  १६:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC