site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सेयर बजारमा उछाल, नेप्से ३८ अंकले बढ्दा डेढ अर्ब बढीको कारोबार
Ghorahi CementGhorahi Cement

काठमाडौं । गत साता ४ प्रतिशतभन्दा माथिले घटेको नेप्सेमा यो साता भने उत्साह देखिएको छ । साताको पहिलो कारोबार दिनमा ११ अंक माथिले बढेको नेप्सेमा दोस्रो दिन आज सोमबार उछाल नै आएको छ । सोमबार बजार परिसूचक नेप्से करिब ३८ अंकले वृद्धि हुँदा पुन: १४०० अंक माथि उक्लिएको छ भने कारोबार रकम पनि डेढ अर्ब नाघेको छ । 

आइतबार १३९२.६८ अंकमा बन्द भएको नेप्से सोमबार ३७.७४ अंकले बढेर १४३०.४२ अंकमा बन्द भएको छ । सोमबार कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । 
आइतबार करिब ९८ करोडको मात्रै कारोबार भएको बजारमा सोमबार भने १८९ कम्पनीको ४२ लाख ५२ हजार ८०८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५५ करोड ५५ लाख १९ हजार रुपैयाँको कारोबार भएको छ ।

बैंकहरुले चालु गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दै गर्दा विवरणमा कोभिडको प्रभाव कम देखिँदा लगानीकर्तामा उत्साह बढेको देखिन्छ । गत आर्थिक वर्षको मुनाफाबाट धेरैथौरै लाभांश आउने अपेक्षा तथा सस्तो ब्याजदरमा सेयर कर्जा पाउनुका साथै लगानीको अन्य क्षेत्र नहुँदा बजारमा सेयर बजारमा सकारात्मक प्रभाव परेको देखिन्छ । 

Agni Group

सोमबार प्रि-ओपनिङ सेसनबाटै उकालो लागेको बजार कारोबार सुरु भएको २० मिनेटपछि केही अवरोध देखिए पनि बजारमा बिक्री चापभन्दा खरिद चाप बढी हुँदा उछाल देखिएको हो । 

सोमबार नेप्सेमा कारोबार रकममा भने नेपाल पुनर्बिमा कम्पनी अग्र स्थानमा देखियो । कम्पनीको सेयर १२ करोड ३१ लाख ५४ हजार रुपैयाँबराबरको किनबेच भयो । यस्तै  पुनर्बिमालाई पछ्याउँदै नेपाल लाइफ इन्स्योरेन्सको सेयर पनि १२ करोड ८ लाख १२ हजारको कारोबार भएको छ । एनएमबी बैंक, एनआइसी एशिया बैंक र नेपाल बैंक धेरै कारोबार हुने कम्पनीमा छन् । 

Global Ime bank

 

 

२ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट 
नेप्सेमा सोमबार कारोबार भएका १८९ कम्पनीमध्ये दुईवटाको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । गत साताबाट नेप्सेमा कारोबार सुरु भएको अजोड इन्स्योरेन्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । त्यस्तै  गत साता नै नेप्सेमा सूचीकृत भएर कारोबार सुरु भएको साधना लघुवित्तको सेयर मूल्यमा पनि पोजेटिभ सर्किट लागेको छ । यस्तै घोडाघोडी लघुवित्त, एभरेष्ट इन्स्योरेन्स र सांग्रिला डेभलपममेन्ट बैंकको सेयर मूल्य पनि ८ प्रतिशतभन्दा माथिले बढेको छ । 

नेप्सेको सिस्टममा समस्या, कारोबार विवरण फरक देखियो

उच्च अंकले बढेको बजारमा पनि गुमाउने शीर्ष ५ कम्पनीमा दिव्यश्वरी हाइड्रोपावर, गुराँस लघुवित्त, वेस्ट फाइनान्स, खानीखोला हाइड्रोपावर र घलेम्दी  हाइड्रोपावर छन् । बजार उच्च अंकले वृद्धि हुँदा पनि म्युचुअल फन्ड समुहको उपसूचक भने घटेको छ । अन्य उपसूचक भने सकारात्मक छन् । निर्जीवन बिमा समूहको उपसूचक सर्वाधिक ४.४२ प्रतिशतले वृद्धि हुँदा बजारलाई लिड गर्ने  बैंकिङ समूहको उपसूचक २.७७ प्रतिशतले बढेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७  १५:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC