site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
वाउ महोत्सव सुरु, जहाँ हुँदै छ महिला सशक्तीकरणका कुरा
Sarbottam CementSarbottam Cement

काठमाडौं । वुमन अफ दी वर्ल्ड अर्थात् वाउ, विश्वका महिलाहरूको महोत्सवको चौथो श्रृंखला सुरु भएको छ ।

वाउ विश्ववयापी आन्दोलन हो । लैगिंक समानता, महिला तथा किशोरीले हासिल गरेका उपलब्धि मनाउनु र संसारभरि नै उपलब्धि हासिल गर्नबाट रोक्न सक्ने अफ्ठ्याराहरूको पहिचान गर्नु यसको उद्देश्य हो । महिलाका समस्याबारे गहन छलफलका साथै कथा, कविता, गीत, संगीत र कलामार्फत प्रस्तुत गरिने रंगीन कार्यक्रम यसपटक कोभिड १९ कारण भर्चुअल रुपमा सुरु भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

ब्रिटिस काउन्सिल नेपालले आयोजना गर्दै आएको वाउको पहिलो अंकमा पूर्व मिस नेपाल माल्भिका सुब्बाले आदिवासी जनजाति महिला र सशक्तीकरण विषयमा प्राकृतिक ज्ञान र सीपले भरिपूर्ण आदिवासी महिलालाई आर्थिक सशक्तीकरण कसरी गर्न सकिन्छ भन्‍ने विषयमा बहस गरेकी छिन् ।

छलफलमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष चिनी मायाा माझीले आदिवासी महिलाले कानुनी र सामाजिक रुपमा राज्यको विभेद सहदै आएको आरोप लगाइन् । उनले चितवन राष्ट्रिय निकुञ्जमा भएको चेपाङको हत्या र चेपाङ बस्तीमा भएको आगलागीको घटनालाई इंगित गर्दै राज्यको कानुन नै आदिवासीविरुद्ध भएको खेद प्रकट गरिन् । भन्छिन्, ‘‘आदिवासी महिलाको प्राकृतिक स्रोत-साधनसँग अन्योन्याश्रित सम्बन्ध हुन्छ । प्राकृतिक भूमी नै उनीहरूको मातृभूमि हो । त्यो भूमिमा उब्जेका कुरालाई पुन: उमार्न सकिने गरी उनीहरू प्रयोग गर्छन् । प्रकृतिको नाश आदिवासीले होइन, सरकारले गरिरहेको छ ।’’

Global Ime bank

यस्तै, करिब १३ वर्षदेखि लिम्बु शैलीका ढाका उत्पादन गर्दै आएकी ढाका व्यवसायी कल्पना योङ्हाङले ढाकाको कपडा सदियौँदेखि किराती संस्कृति र पहिचानको अभिन्‍न अंग रहिआएको बताइन् । उनले आदिवासीको सीपले उनीहरूलाई आर्थिक रुपमा स्वावलम्बी हुन मद्दत गरेको सुनाइन् । ०६४ मा १५ हजार ऋण लिएर ढाकाको व्यवसाय खोलेकी योङ्हाङले एउटा हाते तानबाट सुरु गरेको व्यवसायमा अहिले २ सय तान छन् । 

वाउ महोत्सव साउन २५ देखि असोज ७ सम्म साँझ ५ देखि ६ बजेसम्म हुनेछ । आगामी कार्यक्रममा सामाजिक विषयदेखि बोक्सी प्रथा, शैली बस्नेतसँग सातवटा हिमालको भर्चुअल दर्शन, महिला र मानसिक स्वास्थ, बालसाहित्य र लैगिक समानता, समलिंगी भावना र बाहिरो महिलाबारे छलफल हुनेछ ।

सन् २०११ मा लन्‍डनबाट मनाउन सुरु भएको वाउ महोत्सव सन् २०१७ बाट नेपालमा पनि मनाउन थालिएको हो । महोत्सवको पहिलो र दोस्रो श्रृंखला काठमाडौँ गरिएको थियो भने तेस्रो वाउ मधेसका रुपमा जनकपुरमा भएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७  १५:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC