site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
रेडमी नोट ९ प्रो म्याक्स बजारमा, मी पावर बैंक २ आई पनि उपलब्ध
Sarbottam CementSarbottam Cement

काठमाडौं । शाओमीले नेपाली बजारमा रेडमी नोट सिरिज स्मार्टफोनको नवौं पुस्तामा नयाँ स्मार्टफोन थपेको छ । यस वर्षको सुरुवातमा सार्वजनिक भएका रेडमी नोट ९ र रेडमी नोट ९ प्रो को साथ यो यस सिरिजको तेस्रो स्मार्टफोन हो ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीका अनुसार रेडमी नोट ९ प्रो म्याक्सले आफ्नो सेग्मेन्टको हार्डवेयर र सफ्टवेयरको नवीनतलाई चुनौती दिएको छ । फोनको औरा डिजाइन, प्रो क्यामेरा र अधिकतम प्रदर्शनको उत्कृष्ट संयोजनलाई प्रशंना गर्ने उनको दाबी छ ।

रेडमी नोट ९ प्रो म्याक्समा औरा डिजाइन दिइएको छ । ६.६७ इन्च एफएचडी प्लस डट डिस्प्लेका साथ फोनमा इन डिस्प्ले क्यामेरा छ । यसको रियरमा चारवटा क्यामेराको सेटअप छ ।

Prabhu Bank
Agni Group
NIC Asia

रेडमी नोट ९ प्रो म्याक्समा जेड एक्सिस लिनियर भाइब्रेसन मोटर छ ।

फोनमा क्वालकम स्न्यापड्र्यागन ७२०जी र ८ एनएम चिपसेट छ जसमा कस्टुम क्रायो आर्टिटेक्चर छ । रेडमी नोट ९ प्रो म्याक्समा ५०२० एमएएचको ब्याट्री छ भने ३३ वाट फास्ट चार्जर उपलब्ध छ ।

Global Ime bank

फोनमा क्वाड क्यामेरा सेटअपको सुविधाअन्तर्गत ६४ एमपी सामसङ आइसोसेल ब्राइट जीडब्लु १ सेन्सर, ११९ डिग्री फिल्ड अफ भ्युका साथ ८ एमपी अल्ट्रा—वाइड सेन्सर, ५एमपी म्याक्रो सेन्सर र २ एमपी डेप्थ सेन्सर छ । फ्रन्टमा ३२ एमपीको सेन्सर छ । प्रयोगकर्ताहरुले पहिलो पटक रेडमी स्मार्टफोनमा अँध्यारो वातावरणमा पनि सेल्फी लिन सक्ने व्यवस्था गरिएको छ ।

रेडमी नोट ९ प्रो म्याक्समा भिडियोग्राफीका लागि सुपर स्टेबलाइजेसन टुल छ भने भिडियो निर्मातालाई आकस्मिक भिडियो निर्माणलाई आवश्यकताअनुसारको राम्रो बनाउन अनुमती दिन्छ ।

शाओमीले पहिलो पटक मी पावर बैंक २ आई नेपाली बजारमा उपलब्ध गराएको छ ।

रेडमी नोट ९ प्रो म्याक्स तीन कलर भेरियन्ट— इन्टरस्टेलर ब्ल्याक, अरोरा ब्लु र ग्लेसियर ह्वाइटमा उपलब्ध छ । यसको ६ जीबी + १२८ जीबीभेरियन्टको मूल्य ३१ हजार ९ सय ९९ र  र ८ जीबी + १२८ जीबी स्टोरेज भेरियन्टको ३४ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।

मी  पावर बैंक २आई दुई भेरियन्ट १० हजार एमएएच र २० हजार एमएएच  क्रमशः १८ सय ९९ र ३१ सय ९९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७  १४:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC