site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एन्फाको पहलमा ११ खेलाडीसहित २५ जनाको पीसीआर जाँच
Sarbottam CementSarbottam Cement

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका खेलाडी ११ खेलाडीको पीसीआर परीक्षण गरेको छ । 

एन्फाले सोमबार पाटन अस्पतालमा ११ खेलाडीसहित २५ जनाको पीसीआर परीक्षण गरेको एन्फा प्रवक्त किरण राईले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

बन्द प्रशिक्षण सुरु गर्न क्‍वारेन्टिनमा बसेका खेलाडीहरु मध्येबाट ११ खेलाडी, दुई अफिसियल र १२ पदाधिकारी गरी २५ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता राईले जानकारी दिए । आज परीक्षण गरिएका खेलाडी र पदाधिकारीको रिपोर्ट भने दुई-तीन दिनमा आउनेसमेत उनले बताए । 

खेलाडी र पदाधिकारी गरी ७० जनाको पीसीआर परीक्षण गर्ने योजना बनाएको एन्फाले बाँकी व्यक्तिहरुको परीक्षण मंगलबार गर्ने जनाएको छ । यसअघि ललितपुर महानगरपालिकाले क्वारेन्टिनका रुपमा प्रयोग गर्दै आएको एन्फा होस्टेल समयमै खाली गर्न नसकेपछि खेलाडीको पीसीआर परीक्षणमा ढिलाइ भएको थियो । 

Global Ime bank

फिफा विश्वकप २०२२ एएफसी एसियन कप २०२३ को संयुक्त छनोटको तयारीमा रहेको एन्फाले भदौ १ बाट प्रशिक्षण थाल्ने तयारी गरेको छ । एन्फाले बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई तीन समूहमा राखी प्रशिक्षण गर्ने जनाएको छ । नेपालले विश्वकप छनोटअन्तर्गतका बाँकी तीन खेल घरेलु मैदान दशरथ रंगशालामा खेल्नेछ ।

आज पीसीआर परीक्षण भएका खेलाडी र पदाधिकारी
किरण श्रेष्ठ (प्रशिक्षक), आविष्कार पुडासैनी (फिजियो), रञ्‍जित धिमाल, मिक्छेन तामाङ, विशाल राई ‘बी’, रवि पासवान, विमल राना, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्तान, छिरिङ गुरुङ, पुजन उपरकोटी र देवेन्द्र तामाङ ।
होस्टेल स्टाफ
भान्सा स्टाफ  : ६ जना
क्लिनर : २ जना
केयर टेकर : ४ जना

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७  १३:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC