site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मुख्यमन्त्री राउतको नेतृत्वको टोलीद्वारा विशेष प्याकेजको माग
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

जनकपुर । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतसहितको टोलीले आज प्रदेश नं २ मा कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि सङ्घीय सरकारलाई ध्यानाकर्षण गराएको छ । 
 
मुख्यमन्त्री राउतको नेतृत्वमा सामाजिक विकासमन्त्री नवलकिशोर साह र मुख्य न्यायाधिवक्ता दीपेन्द्र झासहितको टोलीले आज काठमाडौंमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल र श्रममन्त्री रामेश्वर रायसँग भेट गरी कोरोना भाइरस रोकथामका लागि विशेष प्याकेज ल्याउन आग्रह गरेको मुख्यमन्त्री सञ्चार सचिवालय प्रदेश नं २ ले जनाएको छ । 
 
सो टोलीले प्रदेश नं २ अहिलेको अवस्थामा अतिप्रभावित भएकाले तत्काल विशेष प्याकेज ल्याउन आग्रह गरेको छ । सो अवसरमा मुख्यमन्त्री राउतको टोलीले प्रशासन तथा सुरक्षा निकायलाई थप चुस्त दुरुस्तरुपले काम गर्नुपर्ने तथा सीमा क्षेत्रमा थप कडाइ गर्नुपर्नेतर्फ विशेष ध्यान दिनुपर्ने विषयमा चासो राखेको थियो ।
 
उक्त अवसरमा उपप्रधानमन्त्री पोखरेलले वीरगञ्ज नेशनल मेडिकल कलेजमा कोभिड उपचारका लागि ५०० श्ययाको आइसोलेशन कक्ष तुरन्त व्यवस्थापन गर्नेगरी सङ्घीय सरकारबाट निर्णय गरिने सम्बन्धमा सुनिश्चितता गर्नुभएको सो सचिवालयले जनाएको छ ।
     
यस प्रदेशका लागि तत्काल ५० हजार भिटिएम रिजेन्टको उपलब्धता तथा पिसिआर परीक्षणका लागि दुई वटा आरएनए मेसिन उपलब्ध गराउनेबारेसमेत छलफल भएको छ । मुख्यमन्त्री राउतले प्रदेश नं २ मा रहेका गम्भीर बिरामीलाई तत्काल काठमाडौँ ल्याउने गरी हेलिकप्टर तम्तयारी राख्न र कोरोना उपचार सम्बन्धमा कुनै कमी हुन नदिनका लागि चिकित्सकको विशेषज्ञ टोली तत्काल पठाउन तथा सबै निजी अस्पतालमा कम्तीमा २० प्रतिशत आइसोलेसन श्यया उपलब्ध गराउनसमेत ध्यानाकर्षण गराउनुभएको छ ।

नारायणी अस्पताललाई सामान्य अस्पतालका रुपमा राख्ने तथा बिरामी भर्ना एवं उपचारमा लापरवाही गर्ने निजी अस्पताललाई कारवाही गर्ने विषयमा समेत सहमति जुटेको सो सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । – रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७  ००:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC