site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank


‘इनफ इज इनफ’ का अभियन्ताहरूले आजको सम्झौता कार्यान्वयनका लागि अर्को अनशन गर्नु पर्ला कि नपर्ला ? यही मागको कार्यान्वयनका लागि अर्कोपटक आन्दोलन र अनशन गर्नु नपरोस् भन्ने कामना गरौँ । ‘इनफ इज इनफ’का अभियन्ता ईःले २३ सम्म जनहितका मागहरू कार्यान्वयन गराउन अनशन गर्दा पनि सामाजिक सञ्जाल र सञ्चार माध्यम खासै उद्वेलित भएनन् । तर, समाज वा सञ्चार माध्यम उदासीन र सरकार धोकेवाज भए पनि ईःको सत्याग्रहको महत्त्व कम हुँदैन । स्वास्थ्य मन्त्रालय र ‘इनफ इज इनफ’का प्रतिनिधिबीच आइतवार सम्झौता भएपछि अभियन्ता ईःले अनशन स्थगित गरेका हुन् । उनले पहिलो अनशन पाटन दरबार स्क्वायरमा गरेका थिए र सरकारले माग पूरा गरेपछि स्थगित गरेका थिए ।
सम्झौता त भयो तर न सरकारले सम्झौता कार्यान्वयन गर्छ भनेर ढुक्क हुन सकिन्छ न सरकारमाथि अरू कसैले दबाब देलान् भनेर आशा गर्न नै सकिन्छ । किनभने क्वारेन्टिनको राम्रो व्यवस्था गर्नुपर्ने, विदेशबाट फर्कने चाहनेहरूलाई उचितरूपमा फर्काउनुपर्नेजस्ता ‘इनफ इज इनफ’का अभियन्ताका मागहरू कुनै पनि अनुचित थिएनन् । यी माग त अरू कसैले नगरेकै भए पनि सरकार स्वयं अग्रसर भएर पूरा गर्नुपथ्र्यो । महामारीको व्यवस्थापनका लागि सरकारी र गैरसरकारी क्षेत्रका स्वतन्त्र विज्ञहरूसमेत समावेश गरेर सुझाव समिति बनाउनुपर्ने माग पनि अनुचित होइन । महामारीको राष्ट्रिय संकटका बेलामा सरकार स्वयंले गर्नुपर्ने काम हो त्यो पनि । यस्ता माग पूरा गराउन पनि नागरिकले दुई दुईपटक अनशन गर्नुपर्छ भने यस देशको सरकारबाट के अपेक्षा राख्ने ? 
सरकारसँग गरेको सम्झौता कार्यान्वयनका लागि फेरि अनशन गर्नुपर्ने मुलुक नेपालबाहेक अरू बिरलै होलान् । सरकारले सत्याग्रहीलाई ठाडै धोका दिँदा पनि खासै चासो नलिने समाज पनि नेपालीमात्र होला । यस निस्पृहताको मूल्य नेपाली समाजलाई निकै महँगो पर्ने लक्षण देखिइसकेको छ । कोभिड –१९ को व्यवस्थापनमा विज्ञहरू र नागरिकका तर्फबाट दिइएका सुझावहरूलाई सरकारले सुरुमै गम्भीरतापूर्वक लिएको भए अहिलेको भयावह अवस्था सायद उत्पन्नै हुनेथिएन । आरडीटी परीक्षणमा सरकार सञ्चालकहरूको रहस्यमय जोडले भ्रष्टाचारको संकेत गरेको थियो । सरकारकै ठेक्का दिने र धरौटी जफत गर्ने सार्वजनिक गरिएका निर्णयले अनियमितताको पुष्टि भयो । यसैले अब ‘इनफ इज इनफ’ अभियन्ताहरूले सम्झौताको सही कार्यान्वयनका लागि पनि उत्तिकै सजग र जुझारुपन देखाउनुपर्छ । आजसम्मको व्यवहारबाट त सरकार मौका पाउनेबित्तिकै फेरि पन्छन्छ भन्ने सिद्ध हुन्छ । देश हितमा ज्यानको बाजी थापेर अभियानमा लागेका युवालाई धोका दिन खोजियो भने सरकारकै लागि प्रत्युत्पादक हुनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २५, २०७७  १६:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC