site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एकै परिवारका तीनजनामा कोरोना पुष्टि भएपछि चितवनको पुतलीबजार सिल
Ghorahi CementGhorahi Cement

चितवन । 'ट्राभल हिस्ट्री' नै नभएका एक वृद्धसहित एकै परिवारका तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि नारायणगढको पुतली बजार क्षेत्र सिल गरिएको छ । 

बुधबार गरिएको परीक्षणमा कोरोना पुष्टि भएका ७९ वर्षीय वृद्धको छोरा र बुहारीको शुक्रबा कोरोना संक्रमण पुष्टि भएको हो । 

Agni Group

आज (शुक्रबार) बेलुकी ७ बजेदेखि लागु हुने गरी अर्को आदेश नभएसम्मका लागि उक्त क्षेत्र सिल गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको  छ ।

पुतलीबजार क्षेत्रको एउटै परिवारका ३ जना सदस्यमा कोरोना संक्रमण देखिएकोले थप जोखिम हुन नदिन सिल गरिएको चितवनका प्रहरी प्रवक्ता डीएसपी सूर्यबहादुर थापाले जानकारी दिए । उनका अनुसार उक्त क्षेत्रको भिमसेन मन्दिरदेखि मिनि सो मार्ग चोक र मेन रोडसम्मको क्षेत्र सिल गरिएको हो । उक्त क्षेत्रका एक सय घर सिल गरिएको उनले बताए ।

Global Ime bank

बुधवार भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ट्राभल हिस्ट्री नै नभएका बृद्धमा कोरोना पुष्टि भएको थियो । शुक्रबार संक्रमित व्यक्तीको सम्पर्कमा रहेका उनका छोरा र बुहारीको पनि कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार संक्रमित बृद्धको सम्पर्कमा रहेका छोरा र बुहारीमा कोरोना पुष्टि भएकोले अन्य सदस्यको पनि स्वाब संकलन गरी परीक्षण  गरिँदैछ  । 

यस्तै उनिहरुको सम्पर्कमा आएकाहरुको पनि कन्ट्याक ट्रेसिङ कार्य भईरहेको  तिवारीले बताए । कन्ट्याक ट्रेसिङ गरी संक्रमितको सम्पर्कमा आएका सबैको परीक्षण गरिने उनले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७  २३:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC