site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सेती प्रादेशिक अस्पतालमा प्रयोगशाला सञ्‍चालन
Ghorahi CementGhorahi Cement

धनगढी । सुदूरपश्चिम प्रदेशको ‘कोभिड–१९ ‘डेडिकेटेड’ अस्पतालका रुपमा रहेको सेती प्रादेशिक अस्पताल धनगढीमा अर्को प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । 

शुक्रबार पहिलो दिन उक्त नयाँ प्रयोगशालाबाट शंकास्पद २९४ नमूना जाँच गरिएकामा तीन नमूना कोरोना पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । 

Agni Group

विगतदेखि नै अस्पतालमा सञ्चालनमा रहेको अर्को प्रयोगशालामा आज गरिएको नमूना परीक्षणमा थप १४ जनामा कोरोना पोजेटिभ देखिएको छ । “आवश्यक जनशक्तिको व्यवस्थापन भएमा दुवै प्रयोगशालाले अब दैनिक एक हजार नमूना जाँच्न सक्ने देखिन्छ”, श्रेष्ठले भने, “यसका लागि जनशक्ति व्यवस्थापनको काम भइरहेको छ ।” 
  
प्रदेश सरकारले गएको चैत महिनामा सेती प्रादेशिक अस्पताल धनगढी, डोटी अस्पताल र बैतडी अस्पतालमा एक-एक प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो । सेती प्रादेशिक अस्पतालमा प्रयोगशाला सञ्चालनमा आए पनि डोटी र बैतडी जिल्लामा भने अझै सञ्चालनमा आउन सकेको छैन । 
 
डोटी र बैतडीमा प्रयोगशाला सञ्चालन गर्न आवश्यक पर्ने भौतिक पूर्वाधार जुटाउने काम भइरहेको जनाइएको छ ।  क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले पिसिआर मेसिनलगायतका स्वास्थ्यसम्बन्धी उपकरणको व्यवस्थापन भइसकेकामा मेसिन राख्न चाहिने भौतिक पूर्वाधार जुटाउने काम अन्तिम चरणमा पुगेको बताए । 
  
आगामी चार-पाँच दिनमा डोटी र बैतडीमा समेत पूर्वाधारको काम पूरा भई पीसीआर मेसिन सञ्चालनमा ल्याइसक्ने डा अवस्थीले बताए । प्रदेशमा पछिल्ला दिनमा भारतबाट फर्किनेलाई क्वारेन्टाइनमा नराखी सिधै घर पठाउने कार्य भइरहँदा कोरोना समुदायस्तरमा फैलिने जोखिम बढेको छ ।
  
“सीमाबाट भित्रिनेलाई क्वारेन्टाइनमा राख्ने जिम्मेवारी गृह प्रशासन र सम्बन्धित स्थानीय तहको हो”, अवस्थीले भने, “सीमाबाट भित्रिनेलाई पाँचदेखि सात दिन क्वारेन्टाइनमा राख्नुपर्ने भए पनि त्यसो नभइरहँदा जोखिम थप बढेको छ ।” 

सुदूरपश्चिम प्रदेशमा बिहीबारसम्म कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या चार हजार ७३७ जना पुगेको छ । प्रदेशमा हालसम्म नौ जनाको मृत्यु भएको छ ।
 
सामाजिक विकास मन्त्रालयका अनुसार सबैभन्दा बढी प्रदेशको राजधानी जिल्ला कैलालीमा एक हजार ३१६ जना सङ्क्रमित पुगेका छन् । यस्तै डोटीमा ७३०, अछाममा ७१७, बाजुरामा ४५१, कञ्चनपुरमा ५८२, बैतडीमा ३१९, बझाङमा २८३, डडेलधुरामा ३०१ र दार्चुलामा ३८ जना सङ्क्रमित पुगेका छन् । 

Global Ime bank

प्रदेशमा अहिलेसम्म पीसीआर विधिबाट ३८ हजार १४ जनाको नमूना जाँच भइसकेको छ । - रासस
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २४, २०७७  ०१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC