site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सुरुङमार्ग निर्माणमा स्थानीयवासीलाई प्राथमिकता दिन माग
Sarbottam CementSarbottam Cement

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजना निर्माणमा चन्द्रागिरिवासीलाई प्राथमिकता दिनुपर्ने बताएको छ । सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नेपालकै पहिलो चन्द्रागिरिमा निर्माण हुन लागेको सुरुङमार्गमा आवश्यक पर्ने जनशक्ति व्यवस्थापनमा चन्द्रागिरिलाई प्राथमिकता दिनुपर्ने माग गरेको छ । 

सुरुङमार्ग निर्माण आयोजना र चन्द्रागिरि नगरपालिकाबीच शुक्रबार भएको छलफलमा सुरुङमार्ग निर्माणका क्रममा आयोजना र नगरपालिकाबीच हातेमालो गरेर अगाडि बढ्ने सहमति भएको छ । सुरुङमार्ग निर्माणका क्रममा आवश्यक पर्ने सामग्री, जनशक्तिका लागि चन्द्रागिरिका बासिन्दालाई प्राथमिकता दिएर अगाडि बढ्ने विषयमा छलफल भएको नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)को सहुलियत ऋण सहयोगमा निर्माण हुन लागेको सो सुरुङमार्ग निर्माणको काम सुरु भएको छ । मुआब्जा वितरणको काम सकेर गत वैशाखदेखि सुरुङमार्ग निर्माणको काम सुरु भएको हो । यस आयोजनाका लागि जाइकाको रु १६ अर्ब ऋण सहयोग र नेपाल सरकारको रु छ अर्ब लगानी रहेको छ ।

जलविद्युत् र खानेपानी आयोजनाका लागि सुरुङ मार्ग निर्माण भएपनि यातायात नै सञ्चालन हुने गरी पहिलोपटक निर्माण हुन लागेको यो आयोजना चार वर्षमा सम्पन्न हुने लक्ष्य राखिएको छ । चन्द्रागिरि नगरपालिका–१ टोटेपाखाबाट सोही नगरपालिकाको सिस्नेखोलासम्म पुग्ने सो सुरुङमार्गको लम्बाई ५.५६ किलोमिटर रहेको छ । - रासस
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७  २३:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC