site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
तीन हजार पैदल यात्रुलाई निःशुल्क मास्क 
Ghorahi CementGhorahi Cement

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि आएसँगै चन्द्रागिरि नगरपालिकाले निःशुल्क माक्स वितरण गरेको छ । महानगरीय प्रहरी प्रभाग बलम्बु र समुदाय प्रहरी साझेदारी ११ नम्बर वडा समितिले शुक्रबार सडकमा माक्स नलगाई पैदल यात्रा गर्नेलाई निःशुल्क माक्स वितरण गर्नुका साथै जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । 

कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रवक्ता एवम् वडा नं ११ का अध्यक्ष हरिभक्त महर्जनले पछिल्लो समय उपत्यकामा कोभिड–१९ को जोखिम बढिरहेकाले बाटोमा हिँड्ने व्यक्तिलाई माक्स वितरण गरिएको जानकारी दिए । नगरपालिकाभित्रका सतुङ्गल बजार, विष्णुदेवी, खरिबोट, सिप्रदी, बालकुमारी, बलम्बु क्षेत्रमा झण्डै तीन हजार पैदल यात्रुलाई हालसम्म निःशुल्क माक्स वितरण गरिसकेको छ । 

Agni Group

कार्यक्रममा महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख, प्रहरी निरीक्षक खेमराज राउतले अनिवार्य माक्सको प्रयोग गरी, सामाजिक दूरी कायम राखेर यात्रा गर्न सबैलाई आग्रह गरे । प्रहरीले यात्रुलाई आवश्यक कामबाहेक घरबाहिर ननिस्कन, जोर बिजोर प्रणालीअनुसार यात्रा गर्न आग्रह गरेको छ । 

यस्तै महानगरीय प्रहरी वृत्त थानकोटले भने माक्स नलगाई हिँड्नेलाई रु १०० जरिवाना गर्न थालेको छ । सरकारले अनिवार्य रुपमा माक्सको प्रयोग गर्नुपर्ने बताइरहेको बेलामा प्रहरीले त्यसलाई कार्यान्वयन गर्नका लागि माक्स प्रयोग नगर्नेलाई जरिवाना गर्न सुरु गरेको हो ।  

Global Ime bank

बृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले माक्सको प्रभावकारी कार्यन्वयनका लागि चन्द्रागिरि नगरपालिकाभित्र ‘खै माक्स ?’ अभियान सञ्चालन गर्न लागेको जानकारी दिए । 

थानकोट प्रहरीले चित्लाङ नाका हुँदै सवारी पासबिना उपत्यका प्रवेश गर्ने निजी तथा सार्वजनिक सवारी साधनका चालकलाई कारबाही गर्दै आएको छ । प्रहरीले सङ्क्रामक रोग ऐन २०२० अन्तर्गत कारबाही गरेको प्रनाउ श्रेष्ठले बताए ।

हालसम्म थानकोट प्रहरीले बिना पास उपत्यका भित्रिने २८ सवारी चालकलाई कारबाही गरिसकेको छ । आगामी दिनमा पनि उक्त अभियानलाई निरन्तरता दिने वृत्तले जनाएको छ । - रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २४, २०७७  ०२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC