site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
वाइवाइ नेपाल स्टारको डिजिटल राउण्डको अन्तिम श्रृंखला प्रसारण हुँदै 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सिङ्गिङ रियालिटी शो वाइवाइ नेपाल स्टारको दोस्रो राउण्ड षडज्का चार वटै श्रृंखला छायांकन सकिएको छ । तीन श्रृंखला प्रसारण भइसकेका छन् । देशका सातै प्रदेशमा सम्पन्न अडिसनबाट छानिएका १२० प्रतिस्पर्धीमध्ये ११७ जनाले दोस्रो षडज् राउण्डमा आफ्नो सहभागिता जनाएका थिए । विभिन्न प्राविधिक कारणले बाँकी तीन जनाले भने यो राउण्डमा सहभागी हुन नपाएको बताएका आयोजकले जनाएको छ । 

प्रसारित तीन श्रृंखलाबाट ३४ जना तेस्रो राउण्डको लागि छानिएका छन् भने अब डिजिटल राउण्डको चौथो तथा अन्तिम श्रृंखला प्रसारण हुन बाँकी छ । तेस्रो राउण्डको प्रतिस्पर्धामा उत्रिनका लागि आवश्यक ४८ प्रतिस्पर्धीमध्ये १४ जनाको नाम सार्वजनिक हुन बाँकी छ । 

Prabhu Bank
Agni Group
NIC Asia

शनिबार राति प्रसारण हुने श्रृंखवाइवाइ नेपाल स्टारलाबाट १४ जनाको नाम सार्वजनिक हुने बताइएको छ । 

पहिले तय गरिएको फम्र्याटबाट बाहिर निस्केर सामाजिक दूरी कायम गर्दै प्रविधिमैत्री हुँदै यो राउण्डलाई सुरू गरियो । जहाँ अडिशनबाट छानिएका हरेक प्रतिस्पर्धीले आफ्नो स्वर सुहाउँदै गीत चयन गरेर यथास्थानबाटै खिचेर पठाएको भिडियोलाई मञ्चमा बजाउँदै तीनजना निर्णायकहरुलाई मात्र मञ्चमा राखेर गीत सुन्दै मार्किङ गर्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । 

Global Ime bank

नेपाल टेलिभिजनको प्रस्तुतिमा की इन्टरटेन्मेन्टको निर्माण रहेको यो कार्यक्रमको प्रसारण नेपाल टेलिभिजनमा हेर्न सकिनेछ भने नेपाल टेलिभिजनकै युट्युब र मोबाइल एपबाट पनि हेर्न सकिन्छ ।


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७  १८:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC