site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
वामदेवले दोहोर्‍याए - नेकपामा तीन गुट छन्, म कतै पनि छैन
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्र तीन विचारधारा निर्माण भएको र आफू कतै पनि नलागेको दोहोर्‍याएका छन् । पार्टीभित्र कुनै समय भैंसेपाटी गठबन्धनको सूत्राधार मानिएका नेता गौतमले गुटमा संलग्‍नता अस्वीकार गरेका हुन् ।

आफ्नो सचिवालयमार्फत नेता गौतमले आफूलाई स्वतन्त्र राख्‍ने कोसिस गरेको बताएका छन् । “अहिले हाम्रो पार्टीभित्र देखापरेका अन्तरविरोध हल हुन नसग्दा तीनवटा विचार समूह बनेका छन् । यी समूहसँग केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल जोडिनु भएको छ । म समूहगत रूपमा यी कसैसँग जोडिएको छैन र जोडिन पनि चाहन्‍न । तर ओली र प्रचण्डले भेट्न बोलाउँदा म जाने गरेको छु । सल्लाह–सुझाव र राय पनि दिने गरेको छु । मैले आफूलाई स्वतन्त्र राख्ने कोसिस पनि गरेको छु । पछिल्लो मैले पार्टीमा राखेको ६ बुँदे प्रस्ताव त्यसकै एउटा उदाहरण हो,” उनी पुनः आफ्नो ६ बुँदे प्रस्तावमा उभिएका छन् । र, उनले त्यसलाई मध्यमार्गी धाराका रूपमा व्याख्यासमेत गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

नेता गौतमले सुशील भट्टराईलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय आफ्नो  सुझाव–सिफारिसमा नभएको बताएका छन् ।

“सुशील भट्ट वा कुनै पनि व्यक्तिको नियुक्तिका निम्ति मैले प्रधानमन्त्री वा कोही व्यक्तिसँग पनि केही भनेको छैन । यो मेरो सरोकारभन्दा बाहिरको विषय हो,” उनले प्रष्ट्याएका छन् ।

Global Ime bank

 उपाध्यक्ष गौतमले ‘पार्टी अध्यक्ष’ केवल व्यक्तिमात्र नभएको र यो पार्टीभित्रको सर्वस्वीकार्य संस्था भएको बताएका छन् ।

“त्यसैकारण पार्टी अध्यक्षहरू दुवै वा एक्लै उहाँहरूले उहाँलाई मैले भेट्ने गरेको छु । मैले समय–समयमा भेट गरेका बेला ओलीकै अगाडि उहाँलाई गम्भीर आलोचना गर्ने गरेको छु । प्रचन्डलाई पनि उहाँकै अगाडि उहाँको आलोचना गर्ने गरेको छु ।

पार्टी अध्यक्ष दुवै वा एक्लै बोलाएको बैठक वा भेलालाई मैले गुट मान्दिनँ । त्यसो भएर मलाई यो वा त्यो गुटसँग सम्बन्धित गराएर उल्लेख नगरिदिन अनुरोध गर्छु,” उनले अन्तिममा अनुरोध गरेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७  १७:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC