site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसले भन्यो– प्रधानमन्त्रीज्यू !  अनशनकारीले न सत्ता मागेका छन् न भत्ता, वार्ता गर्न किन साइत कुरेको ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारमा जिम्मेवारीवोध र शासकीय क्षमता नभएको निष्कर्ष निकालेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरेर आमरण अनशनमा रहेका युवाहरुसँग तत्काल वार्ता गर्न आग्रह गरेका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्, “कोरोनाविरुद्धको संघर्षमा युद्धस्तरमा कार्य गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुरुवात देखिनै विभिन्न सुझाव र माग अघि सार्दै आएको छ । पर्याप्त स्वास्थ सामग्री ब्यवस्थापन, खरिदमा भएको भ्रष्टाचारमा कार्वाही, समुदाय स्तरमा व्यापक पीसिआर परिक्षण, आरडिटी खारेजी, मापदण्ड अनुसार क्वारेन्टाइन ब्यवस्थापन, कोभिड अस्पतालहरु विस्तार, आइसोलेसन वार्ड र अत्यावश्यक भेन्टिलेटरको व्यापक ब्यवस्था, बिदेशमा अप्ठ्यारोमा परेकालाई निःशुल्क उद्वार, सिमा नाकामा कडाई, श्रमिक, बेरोजगार र विद्यार्थीलाई राहत लगायतका मागहरू वक्तव्य, प्रत्यक्ष संवाद, संसदमा ध्यानाकर्षण देखि स्वदेश–बिदेशबाट एकसाथ ज्ञापनपत्र मार्फत नेपाली कांग्रेसले निरन्तर सरकार समक्ष प्रस्तुत गरेको छ । तर जनताको जीवन रक्षा गर्न युद्धस्तरमा कार्य गर्ने जिम्मेवारीबोध र शासकीय क्षमता दुबै कुरा सरकारसँग देखिएन । परिणाममा सरकारका विरुद्ध जनआक्रोश बढ्नु र प्रदर्शनहरु हुनु स्वभाविक थियो ।”

Prabhu Bank
Agni Group
NIC Asia

शर्माले जारी गरेको विज्ञप्तिमा सरकार गम्भीर नहुनु अत्यन्तै दुःखद् भएको उल्लेख छ ।

“विभिन्न माग राखेर राजधानीमै युवाहरू आमरण अनशनमा बसेका छन् । त्यही माग अघि सारेका छन् जो विगत देखि दल र संचार माध्यमहरुले उठाउंदै आएका थिए । सरकार स्वयंले अघिल्लो अनशनमा स्वीकारेर गरेको सम्झौता पालना गर्न दबाब दिइरहेका छन् । तर अनशनमा बसेको बीस दिन पूरा भई सक्दा संवाद र समाधानका लागि सरकार गम्भीर नदेखिनु अत्यन्तै दुःखद छ,” विज्ञप्तिमा भनेका छन्, “कोरोनाबाट नेपाल र नेपालीको रक्षा गर्न युद्धस्तरमा कार्य गर्न दबाबका लागि सडक प्रदर्शन र अनशनमा ओर्लनु पर्ने अवस्था आउनु सरकारका लागि लज्जास्पद घटना हो । नेपाली कांग्रेस अनशनरत युवाहरूको भावनालाई अविलम्ब सम्बोधन गरेर जीवन रक्षा गर्न र कोरोना विरुद्धको संघर्षमा व्यापक बढेको चुनौती सामना गर्ने ढंगले नवीन रणनीति एवं अपेक्षित गतिका साथ कार्य गर्न सरकार समक्ष माग र सार्वजनिक अपील गर्दछ ।”
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७  १५:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC