अमिताभले होम क्वारेन्टिनमा बसिरहँदा हेरेको दोस्रो विश्वयुद्धलाई चित्रण गर्दै आफ्नो ब्लग सुरु गर्छन् ।
युद्धको क्रममा हजारौं ज्यान गए, युद्ध उपकरणहरु महासागर तथा जमिनमा विनाश गरियो, सहरहरु ध्वस्त भए, युद्धको सुरुमा कति निर्दोष नागरिकले जीवन बलिदान दिए । र एकदिन एक-दुई व्यक्तिहरुले (पावर) को पहुँचमा सम्पूर्ण विश्वमाथि विजय प्राप्त गर्ने निर्णय लिए, अन्ततः उनीहरुको अन्त्य पनि सोही तरिकामा भयो । उनीहरुले पनि लाखौंको जीवन मृत्युको मुखमा पुर्याए ।
यो मैले दोस्रो विश्वयुद्धको सुरुवातदेखि अन्तसम्म हेर्दाको परिवेश हो, यो सबैको व्यर्थता ।
अब उनी आफ्नो होम क्वारेन्टिनको एक्लोपनलाई यसरी वर्णन गर्न थाल्छन्...
तपाईं आफ्नै घरमा एक्लै थुनिएर बस्नुभएको छ । तपाईंका परिवार, आफन्तसँग तपाईंको कुराकानी र भेटघाट हुन्छ तर जेलमा जस्तो, अझै भन्नुपर्दा चलचित्रको पर्दामा जस्तो, आफन्तहरुसँग तपाईंको कुराकानी त हुन्छ तर सिसाको पर्खालभित्र अनि धेरैजसो फोनमार्फत ।
उनीहरु तपाईंसँग केही इन्चको दूरीमा मात्रै छन्, तर पनि तपाईं र उनीहरुको दूरी एकदमै लामो महसुस हुन्छ ।
अब भने उनी सामाजिक सञ्जालमा आएका नकारात्मक प्रतिक्रियाहरुतर्फ यसरी मोडिन्छन्...
प्रतिक्रिया र टिप्पणी अहिलेसम्म कहिले पनि यत्तिको गहिरो र अप्रासंगिक लगोको थिएन, यी प्रतिक्रियाहरु एक ठाउँमा जान्छन्, पुन निर्माण र संशोधन हुनका लागि ।
व्यावसायिक प्रयोगका लागि साधारण शब्दहरु पनि बङ्ग्याएर, मसाला भरेर ७४९ करोड जनसंख्या भएको बजारमा पुग्छ । जहाँ यी कुरा अनावश्यक रुपमा तन्काएर यसबारे छलफल गरिन्छ ।
यो सबै केका लागि त ? यो सबै अनावश्यक तन्काइ, खिचातानी समाजको नैतिकताका लागि नभई मात्रै चौबीस घण्टा बजिरहने टीभीमा भर्नका लागि । बेकार विषय ।
अस्पतलाबाट डिस्चार्जपछि मेडिकल रुटिन पालना गर्नुबाहेक केही काम नभएको खाली समयमा दिमाग पहिलेको भन्दा पनि द्रुत गतिमा घुम्दो रहेछ । कति लिखित शब्दहरु र तनावपूर्ण विचार जसले तपाईंलाई र तपाईंसँग कुराकानी गर्ने व्यक्तिलाई मात्रै नभई यी विषयलाई अझै तन्काउने विचार गरिरहेकाहरुको प्रतिक्रियाहरु ।
र, अन्ततः यी विषयहरु ती व्यक्तिहरुको चाहनाअनुरुप नै संशक्त रुपमा भिडमा फैलिन्छ । यो विषयलाई अनावश्यक विवादमा ल्याएर उनीहरुले यो विषयमाथि साँच्चै बहसमा ल्याउन खोजेको भन्दा पनि मात्रै आफ्नो (एक्सपोजर) का लागि हो ।
यसबारे तर्कवितर्क गर्नेहरुले (समाजिक सञ्जालका फलोअर्स र कमेन्टरहरु) पनि यो विषयमा बोल्न खोजेका होइनन्, केवल आफ्नो स्वार्थ र लोकप्रियताका लागि हो ।
मलाई थाहा छ के भन्नुपर्छ, मैले भन्नुपर्ने कुराहरु लेखेको मस्यौदा केही विवरण थप्न बाँकी रहेकाले थन्किएको छ ।
त्यसैले अहिलेका लागि म यति भन्न चाहन्छु कि, के आजको समयमा हरेक व्यक्ति ‘एक सम्मानित विचार लेखक’ औपचारिक प्लेटफर्मको प्रतीक्षामा छन् ?
यो ४० र ५० दशकको सयम होइन, जहाँ विचार पोख्न खुला थियो र एक-अर्काबीच विश्वासको कडी थियो । त्यो आज बाँकी छैन, आज मासिसहरु आफूलाई लोकप्रिय बनाउने सही विषयको खोजीमा मात्रै छन् ।
फेरि पनि गोबेल्सको सबैभन्दा धेरै अभ्यास गरिएको ‘पावर मेसिन’ सिद्धान्त पछ्याउँदै सबैले थाहा नभइसकेको कुराको खोजीमा जान तयार छ ।
बलिउड महानायक अमिताभ बच्चनले होम क्वारेन्टिनमा बस्दाको अनुभव, पछिल्लो समय सामाजिक सञ्जालमा आफूले गरेको पोस्टमा आइरहेको नकारात्मक टिप्पणी र प्रतिक्रियाबारे आफ्नो विचार अगस्त ५ को आफ्नो ब्लगमा समेटेका छन् ।