site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
राजनीतिक गाईजात्रा

रक्षाबन्धनपछिको एक साता गाईजात्रा मनाउने चलनअनुसार अहिले त्यो सांस्कृतिक पर्व जारी छ । पितृ वा मृत आफन्तलाई सम्झना गर्ने,गराउने ‘स्मृति पर्व’को परम्परासँग जोडिएर आध्यात्मिक, सांस्कृतिक र नेपाली समाजको श्रद्धाको परिचायक गाईजात्रासँग अहिलेको निकृष्ट राजनीतिक जात्रालाई तुलना गर्नु उपयुक्त त लाग्दैन ।

तर, उत्कृष्ट श्रद्धा पर्वमा बन्ने, बनाइने विकृत रुपाकृति वा व्यंग्यात्मक हास्य पक्षसँग चाहिँ राजनीतिको नाममा अहिले यहाँ गरिएको चालबाजीलाई तुलना गर्दा सटीक लाग्छ । पीडित नागरिकको ‘शोकधून’को आर्त बेला कथित राजनीतिका खेलाडीको निर्वस्त्र ‘मल्लयुद्ध’ले पराइलाई समेत हास्य आश्चर्य दिएको हुनुपर्छ । यस्तो निकृष्ट युद्धमा सबैभन्दा अगाडि सरकारधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) छ । 

कम्युनिस्टको विश्वास र आस्थाप्रति धेरै टिप्पणी गर्नु छैन । हलेदो भनेर चिनेपछि कोट्याउनु जरुरी हुँदैन । यसप्रति विश्वमा धेरै टिप्पणी भइसकेको छ । नेपालमा कम्युनिस्ट नेतृत्वको सरकार भएको कारण यिनको व्यवहार र चरित्रले मुलुकी जीवनमा पार्ने प्रभाव, दुष्प्रभावमाथि बहस अनिवार्य हुने नै भयो । कोरोना महाव्याधिले देश, जनता आक्रान्त छन् । बाढी, पहिरो र डुबानले सयौंको ज्यान लियो, हजारौँ विस्थापित छन् । देशको आर्थिक स्थिति र प्रशासनिक गति शिथिल छ । 

Prabhu Bank
Agni Group
NIC Asia

राजनीति नै ‘लिक’मा छैन । परराष्ट्र नीति दुर्घटना उन्मुख बनाइएको छ । देशको अस्तित्वको सामु समस्याहरुले सुरसाको जस्तो मुख बाएको छ । यस्तो बेला नेकपाभित्रको शक्ति युद्धले सबै समस्यालाई ओझेलमा पारेर जनतालाई थप संकटमा धकेलेको छ । राजनीतिमा निर्लज्जता यस्तो उदाहरण सायद अन्त कतै पाइँदैन । 

प्रतिपक्षको कुरा नगरौँ । ऊ हुनुको अस्तित्व नागरिकले खासै बोध गरेका छैनन् । सरकारको भूमिकाको पहिलो प्रभाव रहने हुनाले नागरिकहरु उसैको कारणले सुखी वा पीडित हुने हुन् । यतिबेला सरकार र सम्बद्ध दल सिर्जित बेथितिले नेपाली नागरिक पीडित बनाइएका छन्, बेथिति उत्कर्षमा छ । देश, प्रणाली र संविधान दुर्घटना उन्मुख हुँदैछ । 

Global Ime bank

नेकपामा शक्तिसंघर्ष स्वाभाविक थियो । यतिखेर मुखरमात्र भएको हो । देश संकटमा फसेको बेला घर्षण अस्वाभाविक लागेको हो । नेकपा वा यसका विभिन्न तहका नेता र सांगठनिक संरचना यतिबेला ‘लम्पूm’ साबित भएका छन् । कुनै निर्णय गर्न नसक्ने ‘कथित’ संगठन, नेता र कार्यकर्ता दुई अध्यक्ष मिल, मिलाऊ भन्दै पन्छिएका छन्, लाचार छन् । 

सिद्धान्तहीन धरातलमा कम्युनिस्ट दुई दलको एकतामा नामको समानताबाहेक शक्ति, स्रोतको भागबण्डा नै अन्तरनिहित उद्देश्य थियो । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच जोडाइको रसायन राज्यस्रोतमाथि सुखसयल गर्ने आकर्षण हो । बाह्य प्रेरणा समेतले ऊर्जा पाएको एकताको नेकपा त्यतिबेलासम्म एक रहन सम्भव छ जतिबेलासम्म त्यही प्रेरणा प्रेरित दबाबले थेगिरहन्छ । जसको सर्वाङ्ग प्रेरणा पनि उघ्री सकेको छ । 

शान्ति प्रक्रियामा मिसिएपछि कहिले पहिलो वा विगतको राजनीतिक उहापोहलाई प्रभावित गर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘एकता’ भनिए पनि नेकपा एमालेमा आत्मसपर्मण गरेका हुन् । पूर्व एमालेका केही ठूला भनिने नेता आफूसँग रहेको आत्मरति यतिबेला अध्यक्ष दाहालले लिए पनि यो सैद्धान्तिक होइन । शक्ति स्रोतको भागबण्डाको बार्गेनिङमा अध्यक्ष केपी ओलीको एकाधिकार आरोपित सहकार्यमात्र हो ।     

अवसरवादका माहिर प्रयोक्ताको पहिचान बनाएका  दाहालले आफ्नो अस्तित्व हैसियतमाथि हुँदैआएको स्खलनबाट बच्न एमालेमा समर्पण गरेका हुन् । हिंसाचारका सहयात्रीलाई सँगै राख्न असफल दाहाललाई महत्त्वाकांक्षी अपेक्षा पूरा गर्न एमालेमा मिसिनु बाध्यता पनि थियो होला । अवसरलाई शक्तिमा बदल्ने आत्मविश्वासले यो रोजाइको नियतिप्रति उनले बेवास्ता गरे वा उपेक्षा गरे । 

प्रतिस्पर्धि कम्युनिस्ट घटकलाई आफूभित्र पचाएर मूलधार हुने अवसर उपयोग गर्न तत्कालीन नेकपा एमालेले जबज त्यागिदियो र दुई अध्यक्षको अवधारणामा सहमति दियो । बनेको ठूलो नेकपाको अध्यक्ष पाउँदा दाहाललाई आत्मगौरव नै भएको हुनुपर्छ । प्रथम अध्यक्ष केपी ओली र आफ्नो सहमतिमा पार्टी सञ्चालन गरिने एकता सहमति सूत्र वा विधानको धारा पढ्दा दाहाललाई समान हैसियतको अनुभूति पनि भएको हुनुपर्छ । 

त्यही धाराको माध्यम प्रधानमन्त्री तथा अध्यक्ष ओलीले पार्टी संरचना र नेताहरुको आग्रहलाई निरर्थक बनाएपछि दाहाललाई मानका खातिर अध्यक्ष भएको अनुभूति हुने नै भयो । दाहालको अध्यक्ष पद ‘पेण्डुलम’को हैसियतमा झुण्डिएको छ । आफ्नो प्रभाव देखाउन दाहाल कहिले अध्यक्ष ओली र अहिले वरिष्ठ नेताहरुसँग खुसामद गर्न बाध्य पाइएका छन् । 

दाहाल पक्षले भागबण्डाको लागि होइन, पार्टी नीति, विधि र सिद्धान्तको लागि कुरा उठाएको स्पष्टीकरण जति दिए पनि केही वर्षदेखि नेपालका राजनीतिक दल विधिमा चल्न छाडेको जानकारी चासो राख्नेले पाएकै छन् । विधिको कुरा उठाउनेहरुको विगत र वर्तमान  बुझ्नेहरु पनि छन् । त्यसमाथि कम्युनिस्ट परम्पराको विधि नै पदको थिचाइ हो । यिनै नेताले आफ्नै गुटका लागि मात्रै सरकारी नियुक्ति र पार्टी दायित्व सुम्पने अध्यक्ष ओलीको रबैया आरोपमा आलोचना गरेको सुनिएकाले विरोधको जग भागबण्डा नै हो भन्ने बुझाएको छ ।  

जे जहाँको प्रेरणा भए पनि नेकपा बन्नुमा तत्कालीन दुवै दलको ‘घिउ र तरबार बेचुवा’ जस्ता एकअर्कालाई पचाउने (छक्याउने) रणनीति पक्कै थियो । आकारको हैसियतमा पार्टीका पद संख्या बाडियो । एमाले ठूलो थियो, ठूलो हिस्सा उसैको भागमा पर्यो । अध्यक्ष पदले त्यतिबेला दाहाललाई दिएको ढाढस र उत्साहको हावा यतिबेला खुस्किएको थाहा पछि उनले आगामी अवसरको सुरक्षा कवच कता देख्छन् र के गर्छन् रोचक पर्खाइ हो । 

एमालेका केही नेता प्रधानमन्त्री ओलीसँगको असन्तुष्टिमा दाहाल नजिक देखिए पनि ती एमाले नै हुन् । सहमतिमा गरिने भनिएको ‘एकता’ महाधिवेशन भयो र उनीहरु एमाले धारमै फर्किए भने नेतृत्व पाउने तिनैले हो र एमाले भावधारामा आउने पनि तिनै हुन् । किनभने एमालेको पुरानो कार्यकर्ता पंक्ति जहाँको त्यहीँं छ, भत्किएको छैन । निश्चित छ, जनताको बहुदलीय जनवाद(जबज)का विरोधी दाहालको प्रतिस्पर्धी महाधिवेशनमा जबज समूह नै हुनेछ वा दाहालले त्यही जबजमा प्रत्यक्ष समर्पण गर्नुपर्छ । उनलाई त्यो मौका सायदै आउला वा अहंले त्यो रोजाइ गर्न दिनेछैन । 

एमालेहरुलाई थाहा छ जबजले आफूहरुलाई सबल राजनीतिक शक्तिमा स्थापित गरेको हो । अब पनि प्रजातान्त्रिक छवि दिएर त्यस्तो शक्ति बचाउन जबज नै काम लाग्ने उनीहरुले बुझेका छन् । त्यसमाथि महाधिवेशनमा उम्मेदवारी नदिए पनि निर्वाचनको प्रतिस्पर्धी कमान कट्टर जबजवादी अध्यक्ष ओलीले समाले भने बनाइएको नेकपाको अध्यक्ष हुने दाहालको धोको यहीं नै विसर्जित हुनेछ । केही दिनअघि राष्ट्रपतिकै रोहबरमा जबज स्वीकार गर्न भनिएको शीतलनिवास प्रसंगले पनि दाहाललाई तत्त्वबोध हुनुपर्छ । 

एकतापछि राजनीतिक, आर्थिक र राजकीय स्रोत साधनको फाइदा तत्कालीन एमाले धारले भरपूर पाएको छ, लिएको छ । खासगरी अध्यक्ष ओली र अधिसंख्यक जबजवादीले । त्यो स्रोत दाहालका पुराना समर्थकमाथि साम, दाम, दण्ड, भेदका लागि पनि प्रयुक्त छ । दाहालहरु यही अवसरको अभावमा नियास्रिएका हुन् । यहाँ विधि विधानको कुरै छैन । बनाउने सहमतिबाट चल्ने विधान अनि धम्की दिने बहुमतको ? यतिबेला नेकपाभित्रको बहुमत निरर्थक छ । 

प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा मागेर एक पदको ‘बार्गेनिङ’मा झरेको त्यस्तो बहुमत जसले न कुनै निर्णय लिनसक्छ वा न कुनै समस्या सुल्झाउने हैसियत नै राख्छ । बहुमतको दुहाई दिनेहरुले विवाद सुल्झाउन दुई सर्वेसर्वा अध्यक्षलाई सुम्पिनु वा कमिटीहरुको बैठक बोलाउन निवेदन दिनु नौटं.की साबित भएको छ । जिम्मेवारी दिएर गरुंगो देखाउन खोजिए पनि वा बहुमतको साथ पाएका भनिने कार्यकारी अध्यक्ष दाहालको निर्णायक ओजमाथि लेखिएको ‘पेन्डुलम’ गतिभन्दा भिन्न छैन । अध्यक्ष दाहालको यो नियति एकताकै बेला कोरिएको हो । 

दाहाललाई बहुमतको सबार ‘भालुको कम्पट’ साबित भएको छ । न ओर्लन सक्छन् न सधाउन । व्याधि र विपद्ले आक्रान्त जनतालाई थप पीडा थप्ने नेकपाको नेतृत्व हिस्सा न सरकारलाई सघाउन तयार छ न प्रधानमन्त्री ओलीको टाउकोमाथि उज्याएको लाठो बिसाउनै तयार छ । निर्णय गर्न वा मनाउन नसक्ने बहुमतले अध्यक्ष ओलीसँग समर्पण गरे भयो नि ! व्याधि, विपद् त थियो नै थप नेकपाभित्र महिनौ मञ्चित गाईजात्रे प्रहसन नेकपाकै ओली सरकारलाई  नालायकी लुकाउने अवसर भएको छ ।   

    
          

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २२, २०७७  १०:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC