site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
संक्रमितको उपचारका लागि बेड नहुँदा घरमै बस्‍नुपर्ने बाध्यता, गम्भीर नबने ठूलो दुर्घटना
Ghorahi CementGhorahi Cement

काठमाडौं । वीरगन्‍जमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्ररूपमा बढिरहेको छ । कोरोना निन्त्रणका लागि सरकारले निषेधाज्ञा जारी गरेको छ । वीरगन्जमा कोरोना भाइरसको संक्रमणको अवस्था, जोखिम र स्वास्थ्य सतर्कतालगायतका विषयमा नारायणी अस्थायी कोभिड १९ अस्पतालका संयोजक डा.उदय नारायण सिंहसँग बाह्रखरीकर्मी सञ्‍जिता खनालले गरेको कुराकानीको सम्पादित अंश :

कोरोना भाइरसको संक्रमण वीरगन्जमा समुदायस्तरमै फैलिएको हो ?

कोरोना भाइरसको संक्रमण वीरगन्जमा समुदायस्तरमै फैलिएको छ  । किनभने साउन १ गते यता पीसीआर परीक्षण रिपोर्ट हेर्दा वीरगन्‍ज महानगपालिकाका अधिकांश वडाहरुमा कोरोना संक्रमित भेटिएका छन् । पछिल्लो समय कुनै 'ट्राभल हिस्ट्री' नभएका र संक्रमितसँग नभेटिएका घरमै बसेका व्यक्तिहरुमा समेत कोरोना देखिएको छ । जुन ठूलो संख्यामा संक्रमित भेटिएका छन् । 
वीरगन्ज महानगरपालिका-११ मा एकैदिन नयाँ ४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । जुन समूहमा कोरोना देखिएको छ । धेरैभन्दा धेरै केसहरु जसका कारण कोरोना वीरगन्जमा समुदायमै फैलिएको छ । संक्रमितहरूमा देखिएको लक्षणको अवस्थाले पनि स्थिति थप जटिल बनाएको छ ।

Agni Group

कोरोना संक्रमण वीरगन्जको कुन-कुन वडामा बढी फैलिएको छ ?

सबैभन्दा बढी वीरगन्जको वडा नम्बर ३, ४, ६, १० र ११ मा सबैभन्दा बढी कोरोना संक्रमण देखिएको छ । तर छिटफुट अन्य वडाहरु पनि देखिएको छ । कोरोना संक्रमण देखिएका उमेर समूह हेर्दा अधिकांश २० देखि ४० वर्ष उमेर समूहका रहेका छन् । १० देखि १५ काबीचका र ६० माथिका समेत कोरोना संक्रमित भएका छन् ।

Global Ime bank

कोरोना संक्रमितको व्यवस्थापन कसरी गर्नु भएको छ ?

कोरोना संक्रमणको व्यवस्थापनमा ठूलो चुनौती छ । कोभिड-१९ हाम्रो नारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल ५० शय्याको छ । विगत १० दिनदेखि पूर्णरुपमा अस्पताल संक्रमितले भरिएका थिए । तर सोमबारबाट थप एक निजी अस्पताल (वीरगन्ज हेल्थ केयर) लाई कोभिड अस्पताल तोकेसँगै त्यसमा ३५ जना कोरोनाका विरामी उपचाररत रहेका छन् । 

सोमबारबाट थप एक निजी अस्पताल (वीरगन्ज हेल्थ केयर) लाई कोभिड अस्पताल तोकेसँगै त्यसमा ३५ जना कोरोनाका बिरामी उपचाररत छन् । केही होटल आइसोलेसन, सिदार्थ क्वारेन्टिनमा, कारागार र कर्भड हलको धर्मशालामा रहेका छन् । त्यसबाहेक पनि छन् । अस्पतालमा शय्या नपाएर घरमै होम आइसोलेनमा बस्नेको संख्या पनि बढी छ । २५० भन्दा बढी संक्रमित होम आइसोलेनमा रहेका छन् ।

होम आइसोलेनमा रहेका संक्रमितलाई कसरी सेवा दिइ रहनुभएको छ ? 

वीरगन्ज महानगरपालिका र स्वास्थ्य कार्यालयले एउटा टिम बनाएको छ । यो टिमले नै होम आइसोलेसनमा रहेका संक्रमितलाई सम्पर्क गर्छ । तर, त्यो टिमबाट राम्रो सेवा नपाएको संक्रमितहरुले गुनासो गर्ने गरेका छन् । होम आइसोलेसनमा रहेका अधिकांश संक्रमितहरुमा लक्षणसहितका छन् । 
उनीहरुलाई यसरी बच्‍न यसरी बस्‍न भनेर सल्लाह दिने गरेको छु । यता अस्पतालमा रहेका संक्रमित हेर्ने काम त छँदैछ । उता होम आइसोलेसन रहेकालाईसमेत हेर्नुपर्ने थप जिम्मेवारी छ । कतिपय होम आइसोलेनमा बसेकाहरु स्वास्थ्य जोखिम बढ्दै गएपछि अस्पताल आउने गरेका छन् । 

तपाईंलाई वीरगन्जमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न तीनै तहका सरकारले के-के गनुपर्ने जस्तो लाग्छ ?

गत साउन ५ गतेतिर नै कोरोना भाइरस वीरगन्जमा नियन्त्रणबाहिर गएको हो । हामीले यसबारे सरकारलाई जानकारी  गराएका थियौं । अस्पतालको शय्या भरिएर संक्रमित होम आइसोलेसनमा बसेका छन् । तर सरकारले एउटा भौतिक पूर्वाधार समेत तयार गर्न सकेन । जुन अहिले २५० भन्दा बढी कोरोना संक्रमित होम आइसोलेनमा बस्‍न बाध्य छन् । 

अर्को, पहिला लक्षण नभएका कोरोना संक्रमित भेटिएका थिए तर लक्षणसहितका संक्रमित बढ्दै गएका छन् । आवश्यक औजार उपकरण राम्रो व्यवस्थान गर्न केन्द्र सरकारले कुनै चासो दिएको छैन ।

'हटस्पट' भएको स्थानमा एउटा कोरोना संक्रमित उपचार गर्न सरकार एक छुटै अस्पताल निमार्ण हुनुपर्ने हो । कतिपय संक्रमित भेन्टिलेटरमै  पुगेका छन् । नारायणी अस्थायी कोभिड अस्पतालका मात्र २८ जना स्वास्थ्यकर्मीहरु संक्रमित भएका छन् । तीमध्ये १२ जना अस्पतालमै उपचाररत छन् भने अन्य होम क्‍वारेन्टिनमा बसेका छन् ।  हामीसँग संक्रमितलाई थप उपचार दिने जनशक्ति छैन । यसै अस्पतालका  ९ जना  चिकित्सक समेत संक्रमित भएका छन् ।

साउन १ गते यता मात्र कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । अस्पतालमा जनशक्तिको चरम अभाव छ ।  स्वास्थ्य उपकरणको समेत अभाव रहेको छ ।

विशेषज्ञसहितको विशिष्ट सेवा र क्रिटिकल केयर सुधार हुनुपर्छ तर अझै त्यो हुन सकेको छैन । कोरोनाको उपचार गर्न दुई अस्पताल सञ्चालनमा छन । तर सरकारले अबको १५ दिनभित्रमा  ३ सयदेखि ५ सयसम्म कोरोना संक्रमितको उपचार कोभिड अस्पताल निमार्ण गनुपर्ने, आवश्यक क्रिटिकल केयर सेन्टर र थप जनशक्ति जस्तै पारामेडिकल, नर्स आदिको व्यवस्थापन छिटोभन्दा छिटो गर्नुपर्दछ ।

अस्पतालले कोरोना आशंका भएका र संक्रमितको उपचार कसरी दिइरहेको छ ? 

पहिला हामीले कोरोना आशंका र संक्रमितको उपचारमा गरेपछि सात दिन काम गर्ने र १४ दिन क्वारेन्टिनमा जाने व्यवस्था गरेका थियौं । तर अहिले १५ दिन आइसोलेनमा काम गरेपछि १५ दिन बस्‍नुपर्ने हुन्छ ।

अस्पतालको आइसोलेनमा उपचाररत कोरोना संक्रमितलाई घर पठाउँदा पीसीआर गर्नुहुन्छ  ? 

पहिला सरकारले ल्याएको कोभिड-१९ परीक्षणको ‘नेशनल टेष्टिङ् गाइडलाइन ’को पालना गरिरहेका थियौं  । तर पछिल्लो समय संक्रमितको चाप अस्पतालमा ह्वातै बढ्यो ।  १० दिनमै पीसीआर परीक्षण गरेर नेगेटिभ रिपोर्ट आएका व्यक्तिलाई घर पठाउने गरेका छौं । सकेसम्म सबैलाई १० दिनमा परीक्षण गर्ने र रिपोर्ट नेगेटिभ आएमा १४ दिनमा पठाउने गरेका छौँ । 

कोरोनाको उपचार हुने दुईवटा अस्पतालमा कतिवटा आईसीयू र भेन्टिलेटर छुट्याउनु भएको छ ?

नारायणी अस्थायी कोभिड अस्पतालमा १० शय्याको आईसीयू र २ वटा भेन्टिलेटर छ भने निजीस्तरको वीरगन्ज हेल्थ केयरमा ३० शय्या आईसीयू र करिब १२ वटा भेन्टिलेटर रहेका छन् । 

हरेक नागरिकले आफ्ना आफ्नो क्षेत्र बच्‍ने उपायको पालनालाई मेरो दायित्व हो भनेर बुझ्न जरुरी छ । सरकारले लगाएको निषेधाज्ञा पालना गरेर सावधानी गरिदिन वीरगन्जबासीलाई अनुरोध गर्दछु । वीरगन्जमा निषेधाज्ञाका पालना भएन भने ठूलो दुर्घटना हुनसक्छ ।

त्यस कारण सरकारले लगाएको निषेधआज्ञाको पालना गर्ने, समय समयमा साबुन पानीले हात धुने, आफ्नो वरिपरी रहेका व्यक्तिलाई कोरोनाको शंकास्पद भएको हो कि भनेर परीक्षण गर्न सुझाउने । कोरोना हाम्रो घरदैलोमा पुगेको अवस्था छ । घरमै सदस्यसँग भौतिक दूरी कायम गरौं । पसलबाट किनेर ल्याएका खानेकुराहरु राम्रोसँग सफा गरेर मात्र प्रयोग गरौं । मास्कको उचित प्रयोग गरौं ।  यदि तपाईंलाई कुनै पनि कोरोना लक्षण देखिएमा तुरुन्तै परीक्षण गनुपर्छ  । स्वस्थ्य रहौं घरमै बसौं ।

यसैगरी, होम आइसोलेसनमा बसेका संक्रमित व्यक्तिले एकान्तमा बस्‍ने, आफूले खाएको थाल वा प्लेट आफैँ सफा गर्ने, कपडा, शौचालय छुट्टै प्रयोग गर्ने । यदि तपाईंलाई केही नहोला तर घरका बुढापाकामा कोरोना सरेमा गम्भीर समस्या देखिने  हुँदा लापरबाही नगर्न अनुरोध गर्दछु ।


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २२, २०७७  ०९:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC