site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 शिक्षामन्त्री बन्लान् त असल अभिभावक ?

म एक विद्यार्थी । चैत्रमा परीक्षा दिन तयार भएर बसेको थिएँ परीक्षाको दुई दिनअघि ‘लकडाउन’ सुरु भयो । दुई जना संक्रमित थिए त्यतिबेला ।  चार महिना बितिसक्यो । अहिले परिस्थिति झन् बिग्रेको छ । देशभित्र प्रमाणित कोरोना संक्रमितमात्र करिब २१ हजार छन् । कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ५९ पुगिसक्यो । अरू कति संक्रमित होलान् ? सम्झिँदा झसँग हुन्छु । 

लकडाउन खुल्यो । त्यसपछि कसले अधिकतम सूचना निकाल्ने भनेर सरकार र त्रिभुवन विश्वविद्यालयबीच एउटा प्रतियोगिता चलिरहेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा हुन्छ भन्छ तर सरकार न यातायात सञ्चालन गर्न दिन्छ न त एक जिल्लाबाट अर्को जिल्लामा सजिलै आउन जान दिन्छ । मलाई घोकन्ते विद्यामा आधारित भएर परीक्षा दिन मेरो घोक्ने सामग्री अर्थात् पुस्तकसम्म पहुँच हुने वातावरण कहिले मिलाइदिने ? 

त्रिभुवन विश्वविद्यालय विश्वको उत्कृष्ट हजारमा पर्छ रे ! देशकै ठूलो मानिने विश्वविद्यालय पछील्लो समयमा जति जिम्मेवार भएर विद्यार्थीको भविष्यप्रति चिन्तित हुनुपर्ने हो त्यो देखिँदैन । पछिल्लो समयमा त्रिभुवन विश्वविद्यालयले धमाधम परीक्षा सञ्चालनसम्बन्धी सूचना निकालेको छ । त्यसको कारण हामीमा कोरोना सँगसँगै परीक्षाको चिन्ता बढिरहेको छ । परीक्षा दिनुपर्छ भन्ने चिन्ता होइन । सञ्चालनको अव्यवस्था र संक्रमणको जोखिमको पीर हो । त्रिभुवन विश्वविद्यालयले ठोस निर्णय दिनसकेको छैन । संक्रमणको संख्या यसरी बढिरहेको अवस्थामा कसरी परीक्षा दिन जानु ?  

Prabhu Bank
Agni Group
NIC Asia

नेपालमा काठमाडौंमात्र छैन । कैयौं घन्टा हिँडेर पुगिने ठाउँबाट पनि विद्यार्थीहरु पढ्नलाई सहर छिरेका हुन्छन् । साता दिनमात्र लकडाउन होला भनेर किताब, कापी र अन्य पाठ्यसामग्री नबोकी घर गएका छन् । सञ्चार सेवा राम्रो नभएका ठाउँका विद्यार्थीको मानसिक अवस्था कस्तो भएको होला ? के यो सोच्ने दायित्व शिक्षामन्त्रीको होइन ? 

पाठ्यसामग्रीको समस्यामात्र होइन । महामारीको त्रास, आर्थिक अभाव, बन्द भएका कमाइका बाटाहरु, पारिवारिक ऋण, परीक्षा दिन आउँदा जाँदा यातायातमा हुने संक्रमण खतरा, दिनानुदिन बढिरहेको कोरोना संक्रमण दर, विज्ञहरुको चेतावनी, परीक्षा(केन्द्र आउँदा जादाका खतरा । यी सबैलाई नदेखे झँै गर्न हुन्छ ? हो, त्रिभुवन विश्वविद्यालय स्वायत्त संस्था हो । तर देश र जनता खतरामा भएका बेला निर्णायक भूमिका खेल्नु मन्त्रीको जिम्मेवारी होइन ? 

Global Ime bank

त्रिविको असंवेदनशील व्यवहारका कारण सेमेस्टर प्रणालीअन्तर्गत अध्ययन गरिरहेका विद्यार्थीको एक सेमेस्टरको नोक्सान भइसक्यो । अब अझै कतिन्जेल हाम्रो भविष्यलाई धोका दिने हो ? सबैको चित्त बुझाउन सकिँदैन । सरल र सहज तरिका अपनाएर अविलम्ब परीक्षा लिनुपर्छ ।  सेमेस्टर प्रणालीमा सम्भव हुने आन्तरिक मूल्यांकन वा कुनै वैकल्पिक विधिबाट मूल्यांकन गरी तत्काल माथिल्लो सेमेस्टरको पठनपाठन प्रत्यक्ष अप्रत्यक्षरुपमा अनलाइन माध्यमबाट सञ्चालन हुनुपर्छ्र । विद्यार्थी मूल्यांकनको जिम्मा सम्बन्धित विभाग र प्राध्यापकलाई दिइने अन्तर्राष्ट्रिय अभ्यास पनि छ । वार्षिक परीक्षाको लागि पनि कुनै उचित कदम लिनुपर्छ । हाम्रो लागि यो सुनौलो अवसर हो । नपढी पास गराइयोस् भनेको होइन । परीक्षाको विधि सुधार होस् र भौतिक उपस्थितिविना परीक्षा गराइयोस् । 

मन्त्रीको बोली कति विद्यार्थीको बलि लिएपछि खुल्ने हो ? वैज्ञानिकहरु कोरोना महामारी कहिले सकिन्छ भन्न सकिँदैन भन्दैछन् । के अब हामी पर्ख र हेर भन्दै हाम्रो पढाइ स्थगितमात्रै राखिरहने? कोरोना नियन्त्रणपछि मात्र परीक्षा हुन्छ अनि  पढ्न पाइन्छ भनेर वर्षौं  यत्तिकै बस्ने ? भौतिक परीक्षा गराएर भविष्यमा लाखौं विद्यार्थी संक्रमित भएमा त्यसको जिम्मा लिने हैसियत त्रिविसँग वा शिक्षामन्त्रीसँग छ? हजारौं विद्यार्थीको मृत्यु भएमा तिनको परिवारको सम्पूर्ण दायित्व सरकारले लिनसक्छ ? हैन भने बोल्न र ठोस कदम चाल्न पर्छ । गाडी खुलेपछिको आवतजावतको   अवस्था त्यसमा पनि लाखौं मानिस विनारोकटोक काठमाडौं छिर्दैछन् । यी सबै दृष्टिगत गरेर सही निर्णय लिई विद्यार्थीहरुको भविष्य बिग्रिनबाट जोगाइदिने कर्तव्यय पालन गरियोस ।  

अन्त्यमा ,हाम्रै छिमेकी मुलुकका लाखौं विद्यार्थी भएका विश्वविध्यालयले प्राध्यापकहरुले मूल्यांकन गरेर अध्ययन अध्यापन गराउने विधि लागु गराइसके । हाम्रै मुलुकको काठमाडांै विश्वविद्यालयले विद्यार्थीहरुको लागि उचित निर्णय लिएर माथिल्लो सेमेस्टर अथवा तहको पढाइ सुरु गरिसक्यो । 
सबैभन्दा पहिले हाम्रो शिक्षा क्षेत्रको दरिद्र मानसिकतालाई पखाल्नुपर्छ । उचित समय छ, परिवर्तन हुन नखोज्नेलाई शिक्षा पदाधिकारी भन्नुको साटो उखेलेर फालिदिनुहोस् । देशलाई भावी संकटबाट बचाउन विद्यार्थी र शिक्षाक्षेत्रसँग सम्बन्धित कुनै पनि मुद्दालाई बहानाबाजी नगरी चाँडोभन्दा चाँडो अन्योल हटाई समयसापेक्ष ठोस् निर्णय गर्न सम्बन्धित शैक्षिक संस्थाहरुलाई निर्देशन दिएर शिक्षामन्त्रीलाई असल अभिभावक बन्न आग्रह गर्छु । 

(त्रिविको विद्यार्थी) 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २२, २०७७  ०७:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC