site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
बेरुत विस्फोटमा मृत्यु हुनेको संख्या सय पुग्यो, ४ हजारभन्दा बढी घाइते
Sarbottam CementSarbottam Cement

बेरुत । लेबनानको राजधानी बेरुतको बन्दरगाहमा मंगलबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या एक सय पुगेको छ ।

उक्त विस्फोटमा करिब चार हजारभन्दा बढी घाइते भएका छन् । विस्फोटमा परी एक सयभन्दा बढी बेपत्ता भएका छन् । उनीहरुको खोजी भइरहेको जनाइएको छ । विस्फोटबाट सिंगो सहरै हल्लिएको थियो भने २४० किलोमिटरको दूरीमा रहेको साइप्रसमा पनि धक्का महसुस गरिएको जनाइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

विस्फोटलगत्तै धुवाँको मुस्लो देखिएको थियो । लेबनानका राष्ट्रपति माइकल अउनले दुई हजार ७५० अमोनियम नाइट्रेट भएको गोदाममा विस्फोट भएको बताएका छन् । उनले तीन दिनको शोक दिवस घोषणा गरेका छन् । बुधबार बोलाइएको क्याबिनेट बैठकमा उनले बुधबारदेखि लागु हुने गरी तीन दिनको शोक दिवसको घोषणा गरेका हुन् । 
 

Global Ime bank

 

उनले बैठकमा भने, "त्यो भयानक दृश्यलाई बयान गर्ने कुनै शब्द छैन । बेरुत मंगलबार राति विपत्‌ग्रस्त सहरमा परिणत भएको थियो ।"  -बीबीसी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २१, २०७७  १८:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC