site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोनाबाट मोरङमा दुई जनाको मृत्यु, संक्रमितका आफन्तद्वारा चिकित्सकमाथि हातपात
Sarbottam CementSarbottam Cement

विराटनगर । कोरोना संक्रमणका कारण बुधबार मोरङमा दुई जनाको मृत्यु भएको छ । कोसी अस्पतालमा उपचाररत विराटनगर ९ गुद्री बजार र मोरङको रंगेली ८ का अर्का एक जना पुरुषको मृत्यु भएको हो ।

गुद्रीका पुरुष गएराति अस्पतालमा भर्ना भएका थिए । यसैगरी रंगेलीका ४५ वर्षीय पुरुषमा श्वासप्रश्वासको समस्या भएपछि अस्पताल ल्याउनासाथ मृत्यु भएको थियो । मृतक दुबैको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको कोसी अस्पताल आइसोलेसन विभागका इञ्चार्ज डा. लक्ष्मीनाराययण यादवले बताएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

योसँगै मोरङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । यसअघि विराटनगर ५ का ७७ वर्षीय पुरुष र सुनवर्षी नगरपालिका ८ का पुरुषको धरानमा मृत्यु भएको थियो । 

यसैबीच उपचारको क्रममा मृत्यु भएका विराटनगरका पुरुषका आफन्तले कोसी अस्पतालका चिकित्समाथि हातपात गरेका छन् । जन्डिस र दुखाइको समेत समस्या लिएर आएका पुरुषलाई चिकित्सकले आइसोलेसनमा राखेर उपचार सुरु गरेका थिए ।

Global Ime bank

तर, मृत्यु भएपछि स्वाब परीक्षणको नतिजा नआउन्जेल शव लान नमिल्ने भनेपछि आफन्तले चिकित्सकमाथि नै हातपात गरेका हुन् । 

अस्पतालका फिजिसियन डा. दीपक सिग्देलले संक्रिमितको सम्पर्कमा रहेका व्यक्तिहरुबाट चिकित्स र स्वास्थ्यकर्मीहरुमाथि हातपात भएको बताए । 

उनले भने,“चिकित्सक र स्वास्थ्यकर्मी नै क्वारेन्टिननमा बस्नुपर्ने अवस्था भयो ।” उनले उपचार गर्ने चिकित्सकलाई दुर्व्यवहार नगर्नसमेत आग्रह गरे । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २१, २०७७  १७:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC