site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा कोभिड–१९ को संक्रमणको अवस्था बुझ्न र भावि फेरि लकडाउन गर्ने कि नगर्ने भनेर सल्लाह लिन बोलाएको विज्ञहरूकै भेलामा पनि सरकारको विरोध भएकोमा गुनासो गरेछन् । साँच्चै, सरकारको विरोध किन भएको होला ? प्रधानमन्त्री ओलीले भनेजस्तै धेरैले विरोधकै लागि विरोध गरेका हुन् त ? कि सरकारका कामकाजकै कारण विरोध भएको हो ? प्रधानमन्त्री ओलीले त बिर्सिसके होलान् भरतपुर महानगरपालिकाले चितवनमा ‘कोरोना अस्थायी अस्पताल’ बनाएको प्रचार तामझामसहित गरिएको थियो । औद्योगिक प्रदर्शनी केन्द्रको भवनलाई टालटुल पारेर बनाइएको त्यो अस्पताल असार २ गतेदेखि नै बन्द राखिएको छ । ‘निर्मलीकरण’का लागि भन्दै बन्द गरिएको अस्पताल खुल्ने कुनै लक्षण पनि नभएको समाचार सार्वजनिक भएको छ । यो समाचार वा त्यसमा आधारित टिप्पणी सरकारको विरोधका लागि विरोध हो ? 

कोभिड–१९ को संक्रमण सुरु हुन लागेकै बेला २०७६ साल चैतको पहिलो सातामा उद्घाटन गरिएको गरिएको कोरोना अस्थायी अस्पताल ७२ घन्टामा बनाइसकेको भनेर सरकार र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताले निकै फुइँफाइँ गरेका थिए । पैसा कति खर्च भयो भन्ने विषय त कहिल्यै पारदर्शी भएन तर वाग्मति प्रदेश सरकार र भरतपुर महानगरपालिकाले गरी १ करोड ६ लाख दिएको समाचार उतिबेलै सार्वजनिक भएको हो । स्रोतको यति चर्को अभाव भएका अवस्थामा त्यसरी सत्तारुढ दलका कुनै नेताको सनक र स्वार्थमा यसरी करोडौं रुपियाँ व्यर्थमा खेर फाल्ने सरकारको जनता वा सञ्चार माध्यममा विरोध हुनु अनुचित वा अस्वाभाविक हो त ? वास्तवमा जनताले यसको विरोध नगर्नु वा सञ्चार माध्यममा त्यसको चर्चा नहुनु पो अस्वाभाविक र अनुचित हो ।  
राज्य सञ्चालनमा क्रममा भएका अरू बेथितिलाई बिर्सने नै हो भने पनि कोभिड–१९ को व्यवस्थापनमा भएका बदमासीहरू वर्षौंसम्म प्रधानमन्त्री ओली र उनको सरकार तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विरोधको कारण बनिरहनेछन् ।

विश्व स्वास्थ्य संगठनले सिफारिसै नगरेको र धेरै मुलुकले प्रतिबन्ध लगाइसकेका अवस्थामा पनि नेपाल सरकारले रेपिड डायग्नोस्टिक टेस्ट (आरडीटी)को खरिद र प्रयोगमा किन त्यति धेरै जोड दियो त भन्ने प्रश्नको उत्तर नेपाली जनताले पाएका छैनन् । तर, प्रधानमन्त्री ओली निकट सत्तारुढ दलका नेताका आफन्तहरूको ओम्नी नामको व्यापारी कम्पनीको स्वार्थमा जनताको जीवनसँग खेलबाड गरिएको हो भन्ने त सबैले थाहा पाइसकेकै छन् । आरडीटी परीक्षणमा नेगेटिभ देखियो भन्दै घर पठाइएकाहरूमा अपेक्षाकृत भरपर्दो पीसीआर परीक्षण गर्दा फरक नतिजा देखिएका थुप्रै उदाहरण छन् । त्यसरी पठाइएकाहरूबाट कोभिड–१९ समुदायमा फैलिएको उदाहरण पनि छ । अनि जनताले सरकारको त्यस्तो बदनियतपूर्ण अपराधको विरोध नगरेर के गरुन् ? धन्न युवा अभियन्ताले ज्यानको बाजी थापेर विरोध गरे र सरकार आरडीटी परीक्षण रोक्न बाध्य भयो । नत्र, त्यसैका कारण पनि संक्रमण थप घरघरमा पुग्नसक्थ्यो । सरकारको विरोध यिनै र यस्तै कारण अर्थात्, सरकारकै गलत र बदनियतपूर्ण हर्कतबाट भएको हो् । प्रधानमन्त्रीको विरोध संत्रास (फोबिया) बिस्तारै ‘मनोग्रन्थी’ बन्न लागेको देखिन्छ । विरोध नहोस् भन्ने चाहने हो भने यस्ता गलत काम हुन नदिनुस् । नत्र, विरोध रोकिँदैन बरु चर्किदै जान्छ ।  

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २१, २०७७  १५:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC